प्रस,पर्सा, १६ माघ/
नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द्र झाले संविधान निर्माणका लागि प्रमुुख तीन दल उदासिन भएको बताएका छन्।
बीरगंजमा आज नेपाल पत्रकार महासंघ पर्साद्धारा आयोजित शान्ति र संविधान निर्माणका लागि दबाव मूलक र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष झाले जनान्दोलनलाई सफल बनाएका पत्रकारहरुले जनचाहना अनुरुप संविधान बनाउनका लागि दलहरु संवेदनशिल नभएपछि पुन आन्दोलित हुनुपरेको बताएका छन्। दलहरु संवेदनशिल नभए सशक्त आन्दोलन हाँक्ने चेतावनी दिंदै अध्यक्ष झाले थपिएको समयमा संविधान नबन्ने अवस्था आए आन्दोलन तताउने दलहरुलाई चेतावनी दिएका छन्।
अध्यक्ष झाले पत्रकार महासंघ पत्रकारहरुको साझा मुद्दा श्रमजिवी पत्रकार ऐन र प्रेस स्वतन्त्रताका मागहरुलाई थाती राखेर पत्रकार महासंघ जनताको संविधान बनाउन लागि परेको बताए। नेताहरु आफु खुशी निर्णय गर्ने र जे गरेनी हुने मनस्थितीमा रहेको बताउदै “अब त्यो हुँदैन संविधान बन्नुपर्छ ” उनले भने। पहिला संविधान त्यसपछि शान्ति अनि त्यसपछि सहमति भन्दै मुलुकमा संविधान आउनै पर्ने झाले बताएका छन्।
हामीले संविधान आउनुपर्छ भनेर आन्दोलन गरेका थियौं। अहिले तीन ठूला दलहरुले सबैलाई अल्मल्याएर राखेको हँुदा संविधान बन्ने कुरामा सबलाई शसंकित पारेको छ तर हामी आशाबादी छौ अध्यक्ष झा को कथन थियो।
बीरगंजको घण्टाघरबाट निस्केको र्याली नगरपरिक्रमा पश्चात सोही स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा स्थानिय संचारकर्मि, राजनीतिक दलका प्रतिनिधी, कानून व्यावसायी लगायतको सहभागीता थियो।
प्रस,गौर /
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटद्धारा आयोजित संविधान निर्माणका लागी दवाव मुलक कार्यक्रम आज गौरमा सम्पन्न भएको छ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटिका सभापती मोहम्मद मजरुल हकले दबाव मुलक कार्यक्रमको आवस्यकता बारे प्रकास पारेका थिए ।
। सोही अवसरमा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष विन्दा सहनीले लोकतन्त्रका लागी लडने नेता कार्यकर्ताहरुको मुल्याङकन नभएको बताए।नेपाल वार एशोसियसन जिल्ला शाखा रौतहटका सभापति जगदिश राय यादवको सभापतित्वमा पत्रकार महासघका प्रेमचन्द्र झा , रौतहट एफ एमका उतपल मिश्र , राजदेवीका रविन्द्र साह ,नेकपा एमालेका श्यामसुन्दर पटेल ,नेपाली काग्रेसका दिनेश केसरी , नेकपा माक्सवादीका प्रेमचन्द्र साह ,पत्रकार प्रभा सिह ,शहिद संघर्ष समितिका संयोजक राजदेव चौधरी ,नागरिक समाजका अध्यक्ष जगन्ननाथप्रसाद केसरी ,अपाङगका नितेश गुप्ता लगायतले सम्बोधन गरेका थिए।
प्रस,हेटौडा/
संविधान निर्माणका लागि राजनीतिक दलहरुलाई दबाब दिन नेपाल पत्रकार महासंघ मकवानपुरमा प्रदर्शन गरेको छ। समयमा संविधान निर्माणका लागि दबाब दिने देशव्यापी प्रदर्शनका क्रममा हेटौँडामा पनि वृहत् र्याली निकालीएको थियो। हेटौँडाको सिमा चोकबाट सुरु भएको र्याली उद्योग वाणिज्य संघ हुँदै बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्ट, मकवानपुर जिल्ला अध्यक्ष राममणि दाहालले सम्बोधन गरेका थिए।