अनन्तकुमारलाल दास यस जाडोमा भारतीय गणतन्त्र दिवस सम्झँदा मलाई मार्निङग वाकमा हिंडिरहेको बेला एक दिन नेपालको शिशु गणतन्त्रलाई एउटा एकान्त पार्कमा बसी विस्तारै रोइरहेको जस्तै अनुभूति भइरहेको छ किनभने भारतमा पनि नेपालजस्तै विभिन्न जाति, भाषा, संस्कृति, धर्म र समुदायका मानिसहरूको बसोबास र अनेक किसिमको द्वन्द्व भए तापनि, गणतान्त्रिक संविधानले ती सबैलाई एकसूत्रमा बाँधी राख्न सक्षम रहेको छ तर हाम्रो देशमा गणतन्त्र आए तापनि हालसम्म संविधान बन्ला वा नबन्ला भन्ने कुरामा नै हामी सशङिकत छौं। यस कारण नेपाली गणतन्त्रको घतलाग्दो अवस्थालाई केहीबेर किंकर्तव्यविमूढ भई हेर्दै बसें। मलाई आफूतर्फ आकर्षित भएको हरेर झन् रुँदै भन्न थाल्यो– यहाँका नेताहरूलाई आफूखुशी नगर्न कसले रोक लगाउन सक्छ ? म त यिनीहरूको क्रियाकलाप हेरेर हैरान छु। मैले त सबैलाई स्वतन्त्रता र अधिकार दिएकै छु तर अधिकार के दिएँ उनीहरू त मेरै मुखमा कालोमोसो दल्न तम्तयार छन्। उसको कुरा सुनेर एक छिन सोच्न म विवश भएँ।
जुन बेला भारतमा गणतन्त्र स्थापना भयो त्यस बेला विश्वको नक्शामा अनेकौं परिवर्तन भइरहेको थियो। विश्वका कैयौं देशमा गणतन्त्रको नाममा तानाशाही शासन थियो। औपनिवेशिक दासताबाट मुक्त भई भारतीय गणतन्त्र आज अनेकौं प्रकारको आन्तरिक द्वन्द्वहरूको सामना गर्दै सफल हुनुको पछाडि यसको सबैभन्दा सबल पक्ष भारतीय स्वतन्त्रता सङ्ग्रामलाई नेतृत्व गर्ने नेताहरूको राष्ट्रिय चरित्र हो। अनेकौं भारतीय समस्याहरू स्वतन्त्रताभन्दा पहिलेदेखि चलिआएको भए तापनि भारतीयहरूको राष्ट्रिय स्वाभिमानका लागि मरिमेट्ने संस्कारले भारतीय गणतन्त्रलाई ताकत प्रदान गरेको छ।
सङकीर्ण राजनीतिक कारणले गर्दा पटक–पटक भाषा र क्षेत्रको नाउँमा हो–हल्ला भए तापनि भारतीय गणतान्त्रिक संविधानले यसलाई धेरै भयावह हुनबाट जोगाएको छ। तर हाम्रो देश नेपालमा स–साना झगडालाई पनि ठूलो आकारमा प्रस्तुत गर्ने शैली र सोही अनुरूपको नागरिक चरित्रले हामीलाई दिनानुदिन कमजोर बनाउँदै गइरहेको छ। आज भारतीयहरू यी सब स–साना कुराहरू पछाडि नलागी आर्थिक–सामाजिक उन्नतिलाई धेरै महत्त्व दिइरहेका छन्। कारण के हो भने साहसी भारतीय नेतृत्वकर्ताले त्यस बेलाका निरक्षर, गरीब र विभिन्न भाषा बोल्ने भारतीय नागरिकलाई संविधानमार्फत् लोकतान्त्रिक व्यवस्था सुम्पेका थिए जसको परिणामस्वरूप आज भारत विश्वको एक शक्तिशाली राष्ट्रका रूपमा अगाडि बढ्दै छ।
भारतीय गणतन्त्र दिवसको इतिहासलाई नियाल्दा भारतीय स्वतन्त्रता आन्दोलनको क्रममा काङ्ग्रेसले लगातार अङ्ग्रेज सरकारसँग संविधानसभा गठन गर्ने मागबाट हुन्छ। सन् १९४२ ई.मा ब्रिटिश सरकारले ‘क्रिप्स मिशन’ अन्तर्गत संविधानसभा निर्वाचन गराउन स्वीकार
गर्यो। सन् १९४६ मा कैबिनेट मिशनको संविधानसभा गठन सम्बधी प्रस्तावलाई काङ्ग्रेसले स्वीकार गरे पनि मुस्लिम लीगले विरोध गर्यो। यसका लागि जवाहरलाल नेहरूको अध्यक्षतामा अन्तरिम सरकार गठन गरियो जसमा ३८९ सदस्यहरूमध्ये २९६ ब्रिटिश प्रान्तका प्रतिनिधि थिए भने ९३ देशी रियासतका प्रतिनिधिहरू। ११ डिसेम्बर सन् १९४६ मा डा. राजेन्द्रप्रसादलाई संविधानसभाको स्थायी अध्यक्षमा मनोनीत गरियो। ३ जून सन् १९४७ मा ‘विभाजन योजना’ अन्तर्गत संवधानसभा पुनर्गठन गरियो र सदस्यहरूको सङ्ख्या ३२४ निर्धारित गरियो।
२९ अगस्त १९४७ मा वी.एन.राव द्वारा तयार गरिएको प्रारूपमाथि विचार विमर्श गर्न डा. भीमराव अम्बेडकरको अध्यक्षतामा प्रारूप समिति गठन भयो। २१ फरवरी १९४८ मा सो समितिले संविधानसभामा आफ्नो प्रतिवेशन पेश गर्यो। यसप्रकार संविधान निर्माणको प्रक्रियामा २ वर्ष ११ महिना १८ दिन भित्र ११४ पटक बहस भयो र संविधानका केही अनुच्छेदहरूलाई सोही दिन २६ नोभेम्बर सन् १९४९ मा लागू गरियो र यसको शेष भाग २६ जनवरी सन् १९५० मा यस कारण लागू गरियो किनभने २६ जनवरी सन् १९३० मा काङ्ग्रेसले ‘पूर्ण स्वतन्त्रता’ को माग गरेको थियो। तत्पश्चात् यस दिनलाई प्रत्येक वर्ष स्वतन्त्रता दिवसको रूपमा मनाइने गरिन्थ्यो। संविधानसभाको अन्तिम बैठक २४ जनवरी सन् १९५० मा सम्पन्न भयो र त्यही दिन डा. राजेन्द्रप्रसाद स्वतन्त्र भारतको प्रथम राष्ट्रपति चुनिए।
भारतीय संविधान विश्वको सबैभन्दा ठूलो लिखित संविधान हो। यसमा सङ्घात्मक शासन प्रणाली, मूल अधिकार, स्वतन्त्र एवं निष्पक्ष न्यायालय र उपराष्ट्रपतिको पद अमेरिकाको संविधानबाट लिइएको छ भने संसदीय शासन पद्धति, लोकसभा र विधानसभाप्रति मन्त्रिमण्डलको सामूहिक उत्तरदायित्व, राष्ट्रपतिको औपचारिक स्थिति आदि ब्रिटेनको संविधानबाट लिइएको छ। यसैगरी गणतन्त्रात्मक शासन व्यवस्था फ्रान्सको संविधानबाट, सङ्घ तथा राज्यहरूबीच शक्तिको विभाजन क्यानाडाको संविधानबाट, राज्यको नीति निर्देशक तत्त्व आयरल्यान्डको संविधानबाट, आपातकालीन उपबन्ध जर्मनी, मूल कर्तव्य सोभियत सङ्घ र समवर्ती सूची अस्ट्रेलियाको संविधानबाट लिइएको छ।
भनिन्छ वास्तविक गणतन्त्र नै हाम्रो नसा–नसामा स्वतन्त्रता, समानता र बन्धुत्वको मूल्य र मान्यता स्थापित गर्न सक्षम हुन्छ जसबाट हाम्रा धर्मग्रन्थले पनि हामीलाई वञ्चित राखेका छन्। अरस्तू, प्लेटोदेखि महात्मा गाँधी र नेल्सन मन्डेलासम्म सबैको चिन्ताको केन्द्र त्यस्ता मानिस थिए जो अवसरबाट वञ्चित थिए। अरस्तूले धनवान शासकभन्दा निर्धन शासकको कल्पना गरेका थिए भने प्लेटोले धनवान शासकभन्दा विद्वान् शासकको कल्पना गरेका थिए। त्यस्तै गाँधी पङ्क्तिकम उभिएको पछिल्लो मानिसबारे सोच्दथे भने नेल्सन मन्डेलाले आफ्नो पहिलो भाषणमा शान्ति, काम र रोटीको कुरा गरेका थिए।
भारतीय गणतन्त्रको सबैभन्दा ठूलो ताकत त्यहाँको संविधान हो। धर्मग्रन्थको तुलनामा यो एउटा सामूहिक लोकतान्त्रिक चेतनाको उपज हो जो तत्कालीन सर्वश्रेष्ठ दिमागको देन हो जसले भारतीयहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक र हरप्रकारले विकसित गर्न अथक प्रयत्न गरिरहेको छ। यसैको परिणति हो भारतीय दलित, महिला, आदिवासी र अल्पसङ्ख्यकका लागि बनेका कानुनहरू।
नेपाली गणतन्त्रको कुरा चल्दा हामीले यो कहिले बिर्सनुहुँदैन, राज्य स्वायत्तताको परिणाम नै विशाल सोभियत युनियनको विभाजन हो। आज रूसीहरूले महसुस गर्न थालेका छन् सोभियत युनियनको विभाजन कति ठूलो दुर्भाग्य हो, किनभने ‘स्वायत्तता’ को तर्कले स्थानीय राजनीतिकहरूलाई तत्काल सशक्त बनाउँछ र केन्द्रलाई ‘खलनायक’। तर यसको दूरगामी प्रभाव नराम्रो हुन्छ। यसै कारण भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरले ‘भारत महाराष्ट्रभन्दा पहिला हो’ भनेका थिए, जुन कुरा क्षेत्रीय सोच राख्ने नेताहरूलाई राम्रो लागेन। सोच्नुपर्ने र ध्यान दिनुपर्ने कुरो के हो भने सबै धर्म, संस्कृति, भाषाभाषी, समुदायलाई एकसूत्रमा गाँसेर नेपाल राष्ट्रको निर्माण भएको छ।
लोकतन्त्रको सम्बन्ध सुशासनसँग हुन्छ। सुशासन भनेको त्यस्तो शासन हो जसमा नागरिकले स्वस्फूर्तस बिना कुनै डर, त्रास वा निर्देशन कानुनको सम्मान गर्छ र राज्य पनि नागरिकको चाहना अनुसार काम गर्न प्रयत्नशील रहन्छ। भारतको प्रगतिको आधार त्यहाँको लोकतान्त्रिक संविधान हो जसमा लोकतान्त्रिक मूल्य र मान्यताप्रति सङ्कल्प प्रदर्शित गरिएको छ। तर नेपालको आन्तरिक संविधानमा ‘सम्प्रभुता’ जनतामा निहित भए तापनि जनताप्रति जिम्मेवार नेतृत्व आफ्नै स्वार्थमा लिप्त देखिएका छन्। आम मानिसको भलो हुने ‘नयाँ नेपाल’ को कल्पना साकार पार्ने संविधानसभाका सदस्यहरूले नै संविधान निर्माण गर्न ढिलो गरिरहेका छन्। आफ्नो फाइदाको कानुन भने अविलम्ब बनाउँछन्।
अचानक मलाई गणतन्त्र शिशुको ख्याल आयो। मैले आफ्नो कोट उसलाई दिएँ र भने– हिंड, घरभित्र गएर कुरा गरौं। रोएर केही हुनेछैन। मेरो कुरा सुनेर ऊ रिसायो र भन्यो– मलाई के सुताउन खोजेको हो ? गणतन्त्र ल्याउन मानिसहरूले गरेको बलिदानलाई तिमीहरूले किन खेर फाल्न खोजिरहेका छौ ? यस अवस्थामा म कति दिनसम्म बाँच्न सक्छु ? के यो मेरो हत्याको प्रयास होइन ? मैले भन्नुपर्यो केही स्वार्थी व्यक्तिहरूको कारणले सम्पूर्ण नेपालीको चाहनामा तुषारो पोख्न सकिन्छ ? यदि तिमी जीवित रहयौ भने तिम्रो ‘गण’ ले सबैलाई ठीक पार्छ। म तिम्रो ‘गण’ हुँ। हामीसँग यस्तो शक्ति छ जसको सामु सबैलाई झुक्नैपर्छ। यो सुनेर शिशु गणतन्त्र मेरो पछि लाग्यो र मैले भारतीय गणतन्त्रको सफलताको कामना गर्दै अब त्यो दिन टाढा छैन जब हामी पनि.........।