जुन चीजमा आफ्नो धेरै मेहनत वा लगानी लागेको हुन्छ, त्यस चीजप्रति माया, ममता एवं भरोसा गहिरो रहने मानवीय गुण हो। अपवादबाहेक जसलाई पनि अरूको भन्दा आफ्नै सन्तान प्यारो हुन्छ, भलै त्यो लुच्चा, लफङगा, फटाहा, फन्टुस र अयोग्य किन नहोस्। श्रवणकुमारजस्तो सन्तानको अपेक्षा हरेक आमाबाबुमा हुन्छ तर वृद्ध बाबुलाई डोकोमा हालेर भीरबाट लडाउने र आफ्नी आमालाई बन्धक राखेर मदिरामा झुलेका छोराहरूको कथा अर्कोतर्फ छँदैछ। यी दुई चरित्रका सन्तानहरूमध्ये दोस्रो चरित्र भएको सन्तान नेपाल र नेपाली जनताको भागमा परेको छ। यो स्वाभाविक चरित्र त होइन, तर लामो समयसम्म सामन्ती शासनले बसालेको संस्कार र प्रजातन्त्र भएर लोकतन्त्रको यात्रा तय गर्दै गणतन्त्रसम्म आइपुग्दा पनि मानिस हुनुको अर्थ जान्न नपाएको कारण यस्तो भएको हुनुपर्छ।
मुलुक सम्भावना र स्रोतविहीन छैन। जल, जङगल, जडीबुटी, जमिन, परिश्रमी एवं इमानदार जनशक्तिको धनी यो मुलुक अब संसारकै गरिब, भिखारी र निर्लज्ज मुलुकको रूपमा पहिचान बनाउँदै छ। मुलुक हाँक्ने जिम्मेवारी पाएका राजनीतिक दलहरू भागबण्डाको फोहरी खेलभन्दा बाहिर निस्कन सकेका छैनन्। मुलुकको अस्तित्व नामेट होस् अथवा जनता बिचल्लीमा परोस् यिनलाई कुनै परवाह छैन। राजनीतिक दलहरूलाई जन्माई, हुर्काई, बढाई यहाँसम्म ल्याएको नेपाली जनताले हो। कैयन कठिन परिस्थितिबाट दलहरूलाई यहाँसम्म ल्याउँदा मुलुकवासीको खुन, पसिना बगेको छ, गाँस काटिएको छ, बास उजाडिएका छन्। आफैंले जन्माएको दलहरूको भविष्यमा मुलुकवासीले आफ्नो भविष्य जोडेर हेरेका छन्। राजनीतिक दल, अनि तिनका नेताहरूको भूमिका श्रवणकुमारजस्तो हुने अपेक्षा नेपाली जनताको यथावत छ। दल र तिनका नेताहरू भने जनताको टाउको गनेर आफ्नो स्वार्थ पूरा गर्न अग्रसर छन्। नेपाली जनताको नाम भजाएर भीख माग्ने, जनतालाई बन्धक बनाएर कुर्सी चढ्ने र तिनै जनताको नाममा राष्ट्रिय ढुकुटी रित्याउने काम गरिरहेका छन्। अझै पनि भोलि त मति सुध्रिएला नि, भन्ने आशमा मुलुकवासीले धैर्यधारण गरिरहेका छन्।
मुलुकवासीले आशा राखेजस्तो अवस्था अब रहेन। हिजो दलहरूबीच रहेको फाटो आज झन् दूरी बढ्दै गएको छ। अब त एउटै दलभित्र रहेको गुट, उपगुटहरूबीचको फाटो जोडी नै नसक्ने गरी धाँजा फाटिसकेको छ। कतिपय दलहरू औपचारिकरूपमैं फुट्ने क्रममा छन्। यसको जरो भने सैद्धान्तिक या राष्ट्र तथा जनपक्षीय मुद्दा नभएर कुर्सीको भागबण्डा तथा व्यक्तिगत स्वार्थ मात्र हो भन्न धक मानिरहनुपर्ने कुनै कारण छैन। मुलुकको उच्च कुर्सीमा आसीन प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै दल एमालेका अध्यक्षलाई सार्वजनिक स्थलबाटै गालीगलौज गरे। यो एउटा उदाहरण हो, अन्य दलहरूमा पनि शीर्ष नेतृत्वबीच पानी बाराबारको अवस्था छ। स्वार्थमा लिप्त छोराहरूको मति सुधार्न आमाबाबुको आर्शीवाद र धैर्य धारण होइन ‘हजुरबाले बोकेको डोको घरमैं ल्याउनु है बाबू” भन्ने नातिहरू जन्मनु जरुरी भइसक्यो। अत: नयाँ युवाहरूको नेतृत्वमा अर्को जनक्रान्ति अपरिहार्य भइसक्यो, नत्र वर्तमान मति भ्रष्टहरूले एक दिन भीरबाट पल्टाइदिनेछन्, भट्टीमा बन्धकी राखेर दारू खानेछन्।