प्रस, हेटौंडा, १३ माघ/
नारायणी कलेज हेटौंडा भरतपुरमा जारी अन्तर कलेज टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
प्रेसिडेन्सी कलेज भरतपुरलाई ११ रनले पराजित गर्दै हेटौंडा फाइनलमा प्रवेश गरेको हो। वीरेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा बिहीवार भएको पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणीले पूरा २० ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको प्रेसिडेन्सी कलेजले १८ ओभरमा सबै विकेट गुमाइ जम्मा १५२ रनमा समेटिन पुग्यो। हेटौंडाका लागि नितेश वीसीले १८ बलमा ५९, नरेशराज गिरीले ३३ बलमा ४४ रन बनाए भने प्रेसिडेन्सीका लागि विकास राज राजभण्डारीले ३४ बलमा ५८ रन बनाए।
खेलको म्यान अफ दि म्याच हेटौंडाका नितेश र प्रेसिडेन्सीका विकास घोषित भएका छन्। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रवार वीरेन्द्र बहुमुखी क्याम्पस ‘बी’ ले शान्ति एकेडेमीको सामना गर्नेछ।
राष्ट्रिय फिडे रेडिङ राष्ट्रिय बुद्घिचाल प्रतियोगिता हुने
प्रस, हेटौंडा, १३ माघ/
हेटौंडा आमन्त्रित फिडे रेडिङ राष्ट्रिय बुद्घिचाल प्रतियोगिता–२०६७ आयोजना हुने भएको छ।
मकवानपुर जिल्ला बुद्घिचाल सङ्घ र चेस क्लब हेटौंडाको संयुक्त आयोजनामा राष्ट्रियस्तरको प्रतियोगिता हेटौंडामा हुने हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। प्रतियोगिता माघ १९ गतेबाट २४ गतेसम्म सञ्चालन हुने र देशभरका रेटेड ६० खेलाडीले भाग लिने आयोजकले जनाएको छ। मकवानपुरका ५ रेटेडसहित १५ जनाले प्रतियोगितामा अवसर पाउनेछन्।
पत्रकार सम्मेलनमा मकवानपुर बुद्घिचाल सङ्घका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव धरम लामा, जिल्ला खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए।
दौड प्रतियोगिता सम्पन्न
प्रस, कलैया, १३ माघ/
नेपाल मजदुर किसान पार्टीको ३७ औं स्थापना दिवसको अवसरमा बिहीवार बाराको पिप्राढीमा दौड प्रतियोगिता सम्पन्न भएको छ। सो दौड प्रतियोगितामा पुरुषतर्फ मुनिलाल साह, रामसुरत यादव, मुनि पटेल क्रमश: प्रथम, द्वितीय र तृतीय भए। यसैगरी महिलातर्फ रिता पटेल, विनिता यादव, शिला यादव क्रमश: प्रथम, द्वितीय र तृतीय भए।
विजेता खेलाडीहरूलाई रेञ्जुदेवी साह, मोहन पडित, उपेन्द्र यादवलगायतले शिल्ड वितरण गरेको पार्टी बाराका अध्यक्ष मुक्ति यादवले बताए।