$type=ticker$count=12$cols=4$cate=0

रक्सोल त तात्यो, अब हामी पनि तात्ने कि ?

SHARE:

–प्रस्तुति: जश
    नेपालमा उद्योगीकरणको लहरसँगै सिर्सियाँ खोला प्रदूषण हुने क्रम जारी छ। सिमरा गाविसको रामवन उद्गम भएको यो खोला बारा र पर्साका झन्डै २०वटा गाविसका साथै भारत प्रवेश गरेर रक्सौललगायत सिकरहनामा समाहित नहुन्जेल सबैको जीवनदायिनी बनेको छ। यस भेगका मानिसको पूजापाठ, स्नान, पेयलगायत पशुपक्षीलगायत जड, चेतन सबैका लागि यसको महत्व निर्विवाद रहँदै आएको छ। तर उद्योगबाट निष्कासित फोहोर नदीमा हालेर यत्रो जनमानसलगायत अन्तर्राष्ट्रिय भ्रातृत्वमा समेत बाधा उत्पन्न गराएका छन्। उद्योग स्थापना हुनु जरूरी छ तर प्राणीमात्रलाई हानि पुर्‍याउने अवशिष्ट शुद्धीकरण गरेरमात्र नदीमा प्रवाहित गर्नुपर्ने नितान्त मानवीय कर्तव्य उद्योगहरुले बिर्सेका हुँदा आज लाखौं मानिसको जीवन बनेको जीवन्त नदी फोहर नालामा परिणत भएको छ। यस सम्बन्धमा बितेको हप्ता रक्सौलमा आन्दोलन सञ्चालन गर्ने सङ्कल्प भएको छ। त्यसै आन्दोलनका अगुवा प्रा. अनिल सिन्हासँग भएको कुराकानीको आधारमा तयार पारिएको लेख प्रस्तुत छ :–
    “नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा रक्सौलको धरतीमा त्यति बेला ऐतिहासिक एवं अभूतपूर्व दृश्य देखियो जब तीन हजारको सङ्ख्यामा केटाकेटी–वृद्ध–जवान हिमालको फेदबाट (वस्तुत: सिर्सियाँ नदीको उद्गम बारा जिल्लाको सिमरा गाविस अन्तर्गत रामवन हो–सम्पादक) निस्कने सरिसवा (सिर्सियाँ) नदीको किनारमा उभिएर हातमा पानी लिई पूर्णत: प्रदूषित यस नदीलाई जोगाउने सङकल्प लिइरहेका थिए।” सरिसवा नदी जोगाऊ आन्दोलनको ब्यानरमुनि डा. अनिलकुमार सिन्हाको नेतृत्वमा आन्दोनलको प्रथम चरण आरम्भ भएको थियो। रक्सौल पूर्वी चम्पारणको अनुमण्डल मुख्यालय हो, तर यसको विशेष महत्त्व किन छ भने यो शहर गेट वे अफ नेपालको नामले चिनिन्छ। महात्मा गाँधीले चम्पारणबाट नै देशको स्वतन्त्रता–सङ्ग्रामको आरम्भ गरेका थिए र प्रदूषणविरुद्ध एवं पर्यावरणको रक्षाका लागि आन्दोलन पनि यसै भूमिबाट आरम्भ भयो। यस आन्दोलनमा नगर वरिपरिका ग्रामीणहरूसहित नगरका जनताले होस्टे हैंसे गर्दै भाग लिए। सरिसवा नदी हिमालको फेदीमा अवस्थित अमलेखगंज निकट सानो पहाडबाट निस्केको छ।  त्यहाँ विभिन्न जडीबुटीहरूको भण्डार छ जसको प्रभाव सरिसवा नदीको पानीमा मिसिंदा पानीको विशेष महत्त्व थियो। यसको पानी दैनिक उपयोगका साथै पिउने–नुहाउने, लुगा धुने तथा मालवस्तुलाई खुवाउने काममा प्रयोग हुँदै आएको थियो। यसको पानीले कुष्ठ रोगजस्तो असाध्य रोगको उपचार हुन्थ्यो, जसले गर्दा यस नदीको किनारमा कुष्ठरोगीहरूको बस्ती नै बसेको छ। बिहारको एउटामात्र चैरिटेबल कुष्ठ अस्पताल यसै नदी किनारमा स्थित छ। यो नदी यति नागबेली परेको छ कि नगरको ७५ प्रतिशत भागलाई स्पर्श गर्दै बग्दछ। छिमेकी राष्ट्र नेपालको बारा र पर्सा जिल्लाको उद्योगीकरणका साथै त्यहाँस्थित १७० उद्योगका अवशिष्ट नदीमा प्रवाहित गरिंदा नदीको अवस्था विकट बन्न पुग्यो। नदी किनारमा बस्ने मानिस असाध्य रोगबाट ग्रस्त हुन थाले। क्यान्सर, मृगौलाजन्य रोगहरू, लिभर सिरोसिस, मस्तिष्क रोग, झाडा–पखाला, उच्च रक्तचाप आदिबाट कैयौं मानिसको ज्यान गइसकेको छ र थुप्रै मानिस अन्तिम साँस लिइरहेका छन्।         यस नदीको किनार बस्ने बासिन्दा तथा स्थानीय प्रोफेसर अनिलकुमार सिन्हाले यस नदीको पानीको लखनऊ प्रयोगशालामा जाँच गराउँदा घातक रसायन मिसिएको पाइयो। कैडमियम, जिंक, पारो, तामा, लेड, आर्सेनिक, फ्लोराइड एवं तेजाबको अत्यधिक मात्रामा उपस्थितिले नदीको पानी विषसमान भएको छ। पानीमा कुनै प्रकारको जीवको अस्तित्व नदेखिएको प्रा. सिन्हा बताउँछन्। जलचर एवं जलीय वनस्पति पूर्णरूपले विनष्ट भइसकेका छन्। वर्षात्मा यस पानीमा पुगेका माछाहरू तत्काल छपपटाएर मर्छन्। छरछिमेकका मानिसहरू मरेको माछा खान्छन् र बजारमा बेच्छन् पनि, जसले गर्दा त्यो प्रदूषित माछा खानेलाई विभिन्न रोग लाग्ने गर्दछ। विगत चार वर्षदेखि यसविरुद्ध आवाज लगाउँदै आइएको छ। प्रा. सिन्हाले कैयौंपटक सरकारी अधिकारी तथा राजनीतिज्ञहरूलाई यस विकराल एवं गम्भीर समस्याबारे अवगत गराए तर परिणाम शून्य रहयो। नदी किनार वास गर्ने जम्मा २९ घरको सर्वेक्षण गर्दा सविता सिंह, रामचन्द्रकी पत्नी, हृदयानन्दको परिवारका तीनजनाको क्यान्सरबाट मृत्यु भएको पाइयोस रेखा मिश्र, कलावती पासवान, प्रमोद गुप्ताकी आमाले पनि यसै पानीजन्य रोगबाट मृत्यु प्राप्त गरे। नागा राउत र उनकी पत्नी रोगग्रस्त छन्। दन्त चिकित्सक डा. सुभाष यादव एवं दिलीपकुमारजस्ता सैकडौं मानिस जन्डिसबाट पीडित छन्। यस आन्दोलनका अगुवा प्रा. सिन्हा भन्छन् जब कहींबाट कुनै सहयोग प्राप्त भएन अनि सडकमा उत्रनुको विकल्प देखिएन। प्रा. सिन्हा बताउँछन् २०–२५ वर्ष पहिले नदीको पानी यति स्वच्छ थियो कि पानीमा अनुहार देखिन्थ्यो। घरपालुवा जनावरहरू यस नदीको पानी पिउँछन् र तिनको दूध, मासु हामी खान्छौं। यति मात्र होइन थाहा पाएर वा नजानेर बजारमा बेच्ने हरियो तरकारीहरू पनि यसै पानीमा धोइन्छ। यसैको पानीबाट कृषकले सिंचाइ गर्छन्, जसले गर्दा खाद्य शृङ्खलामार्फत् हामी पानीमा भएको जहर उदरस्थ गरिरहेका हुन्छौं। यो मन्दविष हो, जसले पूरा नगरसहित छेउछाउका ग्रामीण बस्तीहरूलाई प्रतिकूल प्रभाव पारिरहेको छ। नदी वरिपरिका सम्पूर्ण क्षेत्र कुनै दिन महामारीको चपेटामा पर्न सक्छ। त्यसै कारण जीवनरक्षासँग सम्बन्धित यस विषयलाई उठाउनुपर्‍यो। आजको अवस्था के छ भने नदीको प्रदूषित पानीबाट निस्कने दुर्गन्धबाट नदी छेउछाउका बासिन्दालाई बाँच्न गार्‍हो भएको छ।
    प्रा. सिन्हा भन्छन्–“प्रशासन अन्धो र बहिरो छ तथा राजनीतिज्ञहरू निष्क्रिय छन्। परिणामस्वरूप जनताले आफ्नो समस्याबारे आफैं सोच्नुपरिरहेको छ। यो समस्या प्रशासनलाई बताउँदा दुई देशको कुरा भनेर प्रशासनले कुरा पन्छाउने गर्दछ।”   
    हुनत यस समस्याबाट बारा, पर्साका कैयौं ग्रामीण क्षेत्र तथा नेपालको आर्थिक नगर वीरगंजसमेत नराम्ररी प्रताडित छ। यसै प्रदूषित पानीमा कात्तिक पूर्णिमाभरि ग्रामीण महिलाहरू स्नान र पूजा गर्न जान्छन्, छठमा विवश भएर पानीमा उभिन्छन्। जबकि वास्तविकता के छ भने पानी स्पर्श गर्नलायक पनि छैन। प्रा. सिन्हाले बताए–“जब आन्दोलनको सुरुआत गरियो बाहिरबाट पानी मगाएर सङगल्प गरिएको थियो।
    आन्दोलन आरम्भ गर्नुपूर्व आन्दोलनका युवा महासचिव सहप्रवक्ता राकेशकुमार कुशवाहाले विधिवत् नदीको पूजा गरेका थिए। पूजन विधान पण्डित अरविन्द तिवारीले सम्पन्न गराए र सङकल्प  धारण गरिएको थियो। त्यस बेला आम जनताको उत्साह अभूतपूर्व थियो। नदीको पानी कालो भइसकेको छ। कालै भए पनि नदी कलकल गरी बगिरहेको थियो र पानीको दुर्गन्धले वातावरण गन्हाइरहेको थियो। नगरका गण्यमान्यजन तथा प्रबुद्ध नागरिकमा ‘नदीलाई कसरी जोगाउने’ चिन्ता व्याप्त देखिन्थ्यो। दृढ सङकल्पका साथ नदी जोगाऊ आन्दोलनका कार्यकर्ताहरूको टोली अनुमण्डल कार्यालयतिर प्रस्थान गर्‍यो, जसमा प्लेकार्डहरू बोकेर केटाकेटी, वृद्ध, जवानहरू सामेल थिए। ‘सरिसवाको रक्षा–रक्सौलको रक्षा’, ‘सरिसवा जोगाऊ–रक्सौल जोगाऊ‘, पर्यावरणको रक्षा–जीवन रक्षा’, ‘पर्यावरणको रक्षा गरौं–सरिसवा नदीलाई पर्यावरण मुक्त गरौं’, ‘रक्सौलको जीवनदायिनी–सरिसवा नदी’, ‘राजनेता–अधिकारी सचेत होऊ’, ‘नेपालसँग वार्ता गर’ आदि लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गर्दै जुलुस जब अनुमण्डल कार्यालय पुग्यो, त्यहाँको विचित्र अवस्था देखेर सबै जिल्लिए। आन्दोलनकारीहरूले पहिले नै मागपत्र दिएर आयोजनको सूचना दिएका थिए र जुलुस त्यहाँ पुग्दा कार्यालयमा न कोही अधिकारी थियो न कर्मचारी नै। केटाकेटी, वृद्ध सबै घाममा उभिरहेका थिए। त्यहीं सभाको आयोजना गरियो जसमा वीरगंजस्थित कलेजकी प्राध्यापिका किरणकलालगायत डा. हरीन्द्र हिमकर, भरतप्रसाद गुप्ता, मनीष दुबे, डा. चन्द्रमा सिंहले सम्बोधन गरे। डा. किरणबालाले भनिन्–“सरिसवा रक्सौलको जीवनदायिनी नदी हो। नदी प्रदूषण सम्बन्धी समस्याको  निवारण गर्न सकिन्छ। हामी उद्योगीकरणका विरोधी होइनौं तर जीवनरक्षासँग सम्बन्धित विषयमा आँखा चिम्लिन सकिन्न।”
    यस आन्दोलनलाई आफ्नो समर्थन दिन मुख्य अतिथि बनी आएका ‘भारत बचाऊ, भारत बनाऊ’ अभियानका राष्ट्रिय संयोजक एवं वरिष्ठ पत्रकार अवधेशकुमारले सम्बोधन गर्दै सरिसवाजस्तो सतत् प्रवाहमान नदी फोहर नालीमा परिणत हुनु शतप्रतिशत शासकीय विफलता हो भनेका थिए। यो प्रशासनको दायित्व हो कि जसै नदी प्रदूषित हुन थालेको थियो नेपाल सरकारसँग वार्ता गरेर, त्यहाँका कल–कारखानाबाट निस्कने अवशेष रोक्न लगाउँथ्यो। यसका लागि अन्तर्राष्ट्रिय कानुन बनेको छ तर हाम्रो प्रशासन जसरी अन्य भूमिकाहरूमा कुम्भकर्णे निद्राको शिकार बनेको छ, त्यसैगरी सरिसवा मामिलामा पनि भयो। नदीहरू सभ्यताका क्षेत्र हुन्। मानवीय जन–जीवन नदी किनारमैं हुर्केबढेका छन्। त्यसैले नदी गन्हाउनुको अर्थ सभ्यता नै गन्हाउनु हो। यहाँका मानिसको चित्कार र सामूहिक आक्रोश देख्दा अब समय आइसकेको छ कि प्रशासनले आफ्नो पापको प्रायश्चित गरोस् र नदीमा प्रवाहित अवशेष रोक्ने उपाय गरोस् साथै जल शोधन प्रणाली स्थापित गरी नदीलाई सतत् प्रवाहमय र स्वच्छ बनाओस्।
    अनुमण्डल कार्यालय अगाडि सभा चलिरहेको थियो तर मागपत्र लिन कोही आएन। अनि आन्दोलनका अगुवा प्रा. सिन्हाले मागपत्र कार्यालयको भित्तामा टाँसिदिए र सरिसवा नदीको प्रदूषित पानीको बोतल कार्यालय प्रमुखको कक्षको पर्दामा झुन्डयाइदिए। प्रा. सिन्हा भन्छन्– “आन्दोलनको अभूतपूर्व सफलताले प्रशासनलाई चेत दिएको छ– तिमीले समाधान खोज्नुपर्छ, अन्यथा हामी चुप बस्नेछैनौं।” उनले आन्दोलनको दोस्रो चरणको घोषणा एक हप्ताभित्र हुने बताएका छन्।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : रक्सोल त तात्यो, अब हामी पनि तात्ने कि ?
रक्सोल त तात्यो, अब हामी पनि तात्ने कि ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyWobf26sy8VuCfNpaE7Tv90WenLd0-noUktEvoVWnf-NFqURxF_1rAYv2ogIM1W5z5X6zCyUPRBBW2CYun49ava_CPNwb9RGZdhbHPr7T3mPyNDQYkpME3mOqEX3_wKbv99UhN3B4iVOy/s320/sirsiya+pul.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyWobf26sy8VuCfNpaE7Tv90WenLd0-noUktEvoVWnf-NFqURxF_1rAYv2ogIM1W5z5X6zCyUPRBBW2CYun49ava_CPNwb9RGZdhbHPr7T3mPyNDQYkpME3mOqEX3_wKbv99UhN3B4iVOy/s72-c/sirsiya+pul.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/12/blog-post_9077.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/12/blog-post_9077.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy