-बालगोपाल थापा
२०६७ साल पौष ३ गते बिहान ७.४५ बजे मेरो मोबाइलको घन्टी बज्छ, मोबाइल उठाउँछु, कृष्णचन्द्र लामिछानेको आवाज आउँछ–“सर कुमार दाईको बुवा बित्नुभयो।” एकाबिहानै असहज सन्देश सुनेर झसङग भएँ। केही दिनअघि मात्र मैले कुमारजी (कुमारबन्धु रूपाखेती) का पिता विष्णुरङग उपाध्यायलाई उहाँकै निवासमा पर्सा जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययन गर्ने क्रममा भेटेको थिएँ। उहाँ नेपाली कम्युनिस्ट आन्दोलनमा जुट्नुभएको थियो। भेटको क्रममा पिताजी टाठै हुनुहुन्थ्यो तर लामो समयदेखि दमको रोगले ग्रसित, कृत्रिम अक्सिजनले श्वासप्रश्वास क्रियाशील राखिरहनुभएको थियो। उहाँले कम्युनिस्ट आन्दोलनको नालीबेली खोतल्ने क्रममा भन्नुभयो– “उमेर र रोगका कारण धेरै घटना बिर्सिसकें।” उहाँले धेरै साथीहरूको नाम उल्लेख गर्न सक्नुभएन। सम्झेजति घटना बताउनुभयो। छुट्टिने बेला उहाँले छुटेका घटनाको सम्झना आएमा भनुँला। तपाईं पनि केही जान्न बुझ्न वा केही सम्झिनुभयो भने भेट्न आउनुहोला भन्नुभएको थियो। एकपटक फेरि भेट्न जानुपर्ला भनेर कृष्णचन्द्र लामिछानेलाई भनेको थिएँ। उहाँको एउटा फोटो खिच्ने र मध्य तराईकै कम्युनिस्ट आन्दोलनबारे संयुक्तरूपमा छलफल गरौंला भन्ने विचार हामीले बनाएका थियौं। तर हाम्रो भेट हुने समय जुरेन, पर्सा जिल्लाको कम्युनिस्ट आन्दोलनबारे जान्ने धोको अधूरै रह्यो।
केही दिनअघि मैले उहाँलाई भेट्न जाँदा ’म तपाईंको छोराको साथी, नाम बालगोपाल थापा र अहिले तपाईंसँग पर्सा जिल्लाको कम्युनिस्ट आन्दोलनबारे जान्न बुझ्न आएको हुँ’ भनेको थिएँ। नाम र भेटको उद्देश्य बताएपछि उहाँ ज्यादै खुशी हुनुभयो र सम्झेजति आन्दोलनका कुरा सुनाउनुभयो। पिता खड्गराज उपाध्याय र माता खड्गकुमारीको कोखबाट विष्णुरङग उपाध्यायको जन्म वि.सं. १९८५ साल वैशाख महिना मातातीर्थ औंसीको दिन वीरगंजको कुम्हालटोलमा भएको थियो। उहाँकी धर्मपत्नी सावित्रीदेवी उपाध्याय र चार भाई छोरा कुमारबन्धु, जयबन्धु, विजयबन्धु र अनिलबन्धु रूपाखेती हुन्। विष्णुरङग उपाध्याय बाल्यकालदेखि नै निडर, निर्भिक र चञ्चल प्रकृतिको हुनुहुन्थ्यो। त्यतिबेला उहाँले आफ्नो अध्ययन भारतको रक्सौल स्थित खेमचन्द विद्यालयमा गर्नुभएको थियो। दैनिक वीरगंज–रक्सौल गर्नुहुन्थ्यो अध्ययनका लागि। सामाजिक र राजनीतिक गतिविधिमा बाल्यकालदेखि नै उहाँको सक्रिय सहभागिता थियो। प्रारम्भमा नेपाल राष्ट्रिय प्रजा परिषद्बाट सङगठित राजनीतिक आबद्धता सुरु गर्नुभएका उपाध्यायको मनले पछि नेपाली काङ्ग्रेसलाई छान्यो। नेपाली काङ्ग्रेसमा पनि उहाँको आबद्धता लामो समयसम्म रहन सकेन। कार्यकर्ता काममा जोतिने नेताहरू चाहिं सुख–सुविधामा रम्ने प्रवृत्तिका कारण नेपाली काङ्ग्रेसबाट उहाँको मोह भङग भयो र उहाँले आफूलाई नेपालको कम्युनिस्ट आन्दोलनमा समर्पित गर्नुभयो। कम्युनिस्ट आन्दोलनसँग उहाँको आबद्धता मृत्युपर्यन्त रहयो। सानैदेखि निडर, निर्भिक स्वभावका उपाध्यायले जहानियाँ राणा शासनविरुद्ध आन्दोलनको अगुवाइ गर्नुभयो। राणाविरोधी आन्दोलनमा लाग्दा उहाँले शासकहरूले दिएका अनेकौ दु:ख–कष्ट भोग्नुपर्यो। तर त्यस्ता दु:ख–कष्टले उहाँको विचारमा विचलन होइन दृढता थप्यो। राणा शासन विरुद्ध सत्याग्रह आन्दोलनमा वीरगंजको मुर्ली पुलमा साथीहरू निरञ्जनगोविन्द वैद्य, रामशरण ढुङगानासहित उहाँ १८ दिन धर्ना बस्नुभएको थियो। वीरगंजमा भएको सत्याग्रह आन्दोलनको चर्चा वामपन्थी श्यामप्रसाद शर्माले पनि आफ्नो अन्तर्वार्तामा गर्नुभएको छ। १८ दिन धर्ना बस्नुभएका उपाध्यायसहितलाई १९ औ दिन राणा शासकले एउटै ट्रकमा राखेर रक्सौल नजिक श्रीसिया पुलमाथिबाट फालिदिएको थियो। राणा शासकले त्यतिमात्र होइन उहाँलाई नेपालमा बस्नसमेत प्रतिबन्ध लगाएको थियो। तर विचारका दृढ, मानवताको पक्षमा आन्दोलन गर्न होमिएको एउटा निडर निर्भिक क्रान्तिकारी जतिसुकै चुनौती र बाधा भएपनि उद्देश्यबाट किन विचलित हुन्थ्यो र ? उहाँले पनि राणा शासनको प्रतिबन्धलाई चुनौती दिंदै भूमिगत आन्दोलन उठाउन क्रियाशील भइरहनुभयो।
आन्दोलनसँगै उहाँ नेपाली राष्ट्रिय काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराईको समिप पुग्नुभयो। उहाँले सन्त नेता भट्टराईबाटै राजनीतिक र वैचारिक प्रशिक्षण पनि लिनुभयो। त्यतिबेलाका काङ्ग्रेसी नेताहरू स्व. सुवर्ण शम्शेर, महावीर शम्शेर, स्व. गणेशमान सिंह, स्व. मातृकाप्रसाद कोइरालाको सानिन्ध्यमा राणा शासनविरुद्ध लागिरहनु भयो। तर त्यति बेला नेपाली काङ्ग्रेसका नेताहरूको सोच र क्रियाकलापले उहाँमा वितृष्णा पैदा गरायो र उहाँले काङ्ग्रेस पार्टी परित्याग गर्नुभयो। २००६ सालमा उहाँको भेट नेपाल कम्युनिस्ट पार्टीका प्रथम महासचिव स्व.पुष्पलाल श्रेष्ठसँग भयो। यही भेटबाट उहाँले आफूलाई नेपालको कम्युनिस्ट आन्दोलनमा समाहित गर्नुभयो। तुलसीलाल अमात्य, निरञ्जनगोविन्द वैद्यसँगै रहेर उहाँले पार्टी कामको थालनी गर्नुभयो। उहाँले त्यति बेला वीरगंजमा पार्टी कमिटी गठन गर्नुभएको थियो। कमिटीमा निरञ्जनगोविन्द वैद्य, रघुनाथ जोशी, विजयदास श्रेष्ठ रहनुभएको थियो। कम्युनिस्ट पार्टीमा लाग्ने बित्तिकै कम्युनिस्ट पार्टीको सदस्यता पाइहाल्ने चलन त्यति बेला थिएन। त्यसैले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य मधु सिंहले उहाँलाई किसान सङ्घको सदस्यता दिनुभएको थियो। सदस्यता प्राप्तिसँगै उहाँको काम गर्ने थलो वा जिम्मेवारी बारा जिल्ला पर्यो। त्यति बेला कम्युनिस्ट पार्टींका नेता वा कार्यकर्ताको उपनाम पार्टीले राख्ने गथ्र्यो र उहाँको पनि पार्टी जीवनको नाम ‘निरजी’ थियो। अब मध्यतराईको कम्युनिस्ट आन्दोलनमा विष्णुरङग उपाध्यालाई निरजी भनेर चिन्न थालियो। उहाँपनि किसान आन्दोलनमा क्रियाशील हुनुभयो। बाराको ‘बेठबेगारी’ आन्दोलनको अगुवामध्येका उपाध्यायले रौतहट जिल्लाको महम्मदपुरमा अखिल नेपाल किसान सङ्घको कार्यालय खोल्नुभयो। नेपालको किसान आन्दोलनको इतिहास निर्माणको प्रारम्भ रौतहटबाटै भएको हो भन्दा अन्यथा हुँदैन, किनभने किसानका अगुवा ‘निरजी’को समेत अगुवाइ र व्यवस्थापकीय जिम्मेवारीमा अखिल नेपाल किसान सङ्घको पहिलो केन्द्रीय सम्मेलन रौतहटमैं भएको थियो। नेपालको किसान आन्दोलनमा बारा र रौतहट जिल्लाको आन्दोलन स्वसर्णम अक्षरमा लेखिएको छ। २००८ सालमा रौतहटमा किसानहरूले सामन्तको काम नगर्ने आन्दोलनको उद्घोष गरे। यो आन्दोलन कृषिमा मजदुरी गर्ने मजदुरको ज्याला बढाउनका लागि थियो। मजदुरलाई पर्याप्त ज्याला नदिएसम्म सामन्तको खेतमा काम नगर्ने आन्दोलनको सम्झना गर्दै उहाँले भन्नुभयो–“आन्दोलनमा उत्रिएका किसानलाई एउटा सामन्तले शूलीमा चढाई खुट्टामा किलासमेत ठोकेको थियो। त्यो घटना रौतहट जिल्लाको सिंहासन बैरिया भन्ने ठाउँमा भएको थियो”। त्यो आन्दोलनमा लागेकै कारण निरजीलगायत १५ जनालाई शासकले रौतहट जेलमा हालेको थियो। उहाँहरू जेलमा हुँदा पार्टीले महेशमणि दीक्षित र गोपालचन्द्र गौतमलाई वीरगंजबाट भेट गर्न पठाएको थियो। दीक्षित र गौतम निरजीलाई भेटेर फर्कंदा उहाँहरूलाई समेत बाराको सिम्रौनगढबाट समातेर तत्कालीन सत्ताले डेढ वर्षसम्म जेलमा राखेको थियो। निरजी २००९ सालमा गौर जेलबाट रिहा हुनुभयो। त्यतिबेलै पश्चिम नेपालबाट लुक्दै वीरगंज आइपुग्नु भएका किसान नेता भीमदत्त पन्तसँग उहाँको भेट भएको थियो। पश्चिममा किसान आन्दोलनको अगुवाइ गरिरहेका नेता पन्तलाई चार आना लिएर निरजीले नै अखिल नेपाल किसान सङ्घको सदस्यता दिनुभएको थियो। उहाँले सदस्यता दिएको बीसौ दिनमा भैरहवाको एउटा होटेलमा भारतीय सेनाको गोलीबाट पन्तको हत्या भएको सुन्दा उहाँ दु:खित हुनुभएको थियो। आन्दोलनमा लागेर उहाँले सँगालेका पक्षहरू अत्यन्तै रोचक पनि छन्। तर रौतहटमा आन्दोलनलाई सबल र सुदृढ बनाउन सुरु गरिएको ‘मुठिया दान’ किसानको पक्षमा महत्त्वपूर्ण काम भएको उहाँलाई लागेको रहेछ। आन्दोलनमा लाग्नेहरूलाई खान तथा उपचारको बन्दोबस्तीका लागि मुठीदान अभियान सञ्चालन भएको रहेछ। हुँदा खाने र हुनेखानेबीच विभेदविरुद्ध आन्दोलनको दुन्दुभी सल्काउने निरजी २०११ सालमा कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएको थियो। नेपालको कम्युनिस्ट आन्दोलनमा आएको फुट र विभाजनसँगै उहाँको संलग्नता पछिल्लो चरणमा नेकपा मसालसँग रह्यो। ०४६ पछिको अवस्था सम्म पनि उहाँले मसालका नेता भैरव रेग्मीलाई एउटा पार्टी सदस्यले बुझाउनु पर्ने लेवी (सदस्यता शुल्क) बुझाइरहनु भएको थियो। जीवन आन्दोलनका लागि समर्पित गर्नुभएका निरजी जीवनको अन्तिम क्षणसम्म अविचलित र अविराम रहनुभयो। हुँदाखाने तप्काको मुक्ति आन्दोलनका अगुवाको अब भौतिक जगतमा उपस्थिति छैन तर उहाँले बोक्नुभएको विचार, सुरु गर्नुभएको आन्दोलन अपराजेय छ। उहाँको १३ औ पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धा सुमन। अलबिदा कमरेड निरजी !