-राकेश चौधरी- साउन महिनाको अन्तिम हप्ता श्रीपुर गाउंको मौसम ठीक-ठीकै थियो। पानी परेको थिएन। मस्त न्रि्रामा रहेकी ३५ वर्षीया रूबी झा चिच्याइन्। अपरिचित दुइ व्यक्तिले बिहान ३ बजे पेट्रोल र्छर्केर उनलाई जिउंदै आगो लगाएपछि उनी चिच्याएकी रहिछन् ।
दुवै खुट्टा, पेट, ढाड, हात र छातीको छाला जलेकी रूबीलाई गाउंमा उपचार हुन नसकेपछि जनकपुर अञ्चल अस्पताल लगियो। दुइ वर्षहिले दिएको १० हजार रुपियां आफनो भान्जाबाट माग्दा उनले पटक-पटक आगो लगाइदिने धम्की खेपेकी थिइन्।
महोत्तरी जिल्लामा महिला हिंसा भएको यो पहिलो र अन्तिम घटना होइन। महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष रेखा झाले घरमा सम्मानजनक स्थान खोज्दा वा अरू कुनै व्यक्तिसंग कुरा गर्दासमेत हिंसा खेप्नुपरेको बताइन्। हिंसाकै कारण हप्तामा एउटा हत्या वा आत्महत्याका घटना हुनु यहांको लागि अनौठो र नौलो होइन। कुनै व्यक्तिद्वारा महिलाको हत्या गरिएको भएपनि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउन दबाब नै दिनुपर्ने हुन्छ।
असार महिनाको दोस्रो हप्ता नैन्ही गाउंमा एक महिलाले आत्महत्या गरिन्। सामान्य देखिने यो घटना यहांका समाजको गालामा ठूलो थप्पड थियो। गाउं, समाजमात्र नभई जेठान जनक मुखिया समेतले भाइबुहारी ३५ वर्षीया फुलोदेवीलाई बोक्सीको आरोप लगाए। उनले भाइ विजय मुखियालाई फुलोदेवीलाई सचेत नगराए गाउंकै सामुन्ने दिसा खुवाइदिने धम्की दिए।
यस्तो आरोप खप्न नसकी फुलोले दिउंसै जीउमा मटीतेल खन्याएर आत्महत्या गर्न खोजिन्। तर संयोग, उनी त्यसबेला बांचिन। समयमैं उपचार नपाउंदा एक दिनपछि उनको निधन भयो।
"काकाले बुहारीको गर्भ तुहिनुमा मेरो आमालाई दोष लगाउंदै आएका थिए। मेरी आमालाई बोक्सी भनी गाउंभरि प्रचार गरेका थिए"- १५ वर्षीया नगिना मुखियाले भनिन्-"भाउजुको गर्भ तुहिनुमा कसलाई दोष दिने -"
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले महिला हिंसा सम्बन्धी गाउंमा मिल्न नसकेको मुद्दामा कारबाई चलाउने गरेको बताए। उनले भने-"फुलोदेवीको घटना आत्महत्यासंग सम्बन्धित रहेकोले कसैमाथि कारबाई गरिएन।" मानव अधिकारवादी मदन झाले आत्महत्या गर्नैपर्नेर् वातावरण बनाउने व्यक्तिलाई समेत सजाय हुनुपर्ने माग राखे।
समाज र परिवारबाट मात्र नभई यहांका महिलाहरू सुरक्षाकर्मीबाट पनि हिंसा भोग्नुपरेको बताउंछन्। साउन ४ गते दुइ महिलाबीच झगडा हुंदा प्रहरीले पीडक बबनी देवीको कुरामा लागेर विमलादेवी मिश्र र पूनमकुमारीलाई पक्राउ गरी थुनामैं निर्घात कुटपिट गर्यो। महिला अधिकारीवादीहरूले दोषी प्रहरीविरुद्ध कारबाई माग गर्दा प्रहरी उपरीक्षक शर्माले मुद्दा गाउंमैं मिलिसकेको बताए। महिलामाथि हुने हिंसा सम्बन्धी मात्र नभई जुनसुकै उजुरी दर्ता गराउन राजनीतिक दलका नेताहरूले पीडित र पीडकको पक्षमा विभिन्न खेमा बनाई वकालत गर्दा अधिकांश घटनाको छानबिन ओझेलमा पर्ने गरेको देखिन्छ।
आगो लगाएर घाइते बनाइएकी रुबी जीवित भएको भए यो घटना पनि सेलाएर जाने थियो। जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको ठीक एक हप्तामा उनको मृत्यु भयो।
रुबीको मृत्युपछि प्रहरीले अभियुक्तमध्ये जगत मण्डललाई पक्राउ गरी कारबाई चलाएको छ। अझै अभियुक्तद्वय राजकिशोर झा र बिर्जु मण्डल फरार छन्।
महिला हिंसा सम्बन्धी घटनाबारे जिल्ला प्रहरी कार्यालय, महोत्तरीको महिला सेल अन्जान छ। गत वर्षअर्थात् आर्थिक वर्ष२०६५/०६६ मा मात्रै घरनिकाला, कुटपिट, सम्बन्ध-विच्छेद, हत्या सहितको एक सय २१ वटा घटना आएको अध्यक्ष झाले बताए। त्यस्तै महिला विकास कार्यालयका प्रमुख मीरा मिश्रले प्रत्येक महिना बढीमा १० वटा महिला हिंसाका घटनाहरू आफूकहां आउने गरेको जानकारी दिइन्।
महिलामाथि हुने हिंसालाई विभिन्न प्रकृतिमा बांडेर हेर्ने गरेको पाइन्छ। घरेलु हिंसा, यौन शोषण तथा बलात्कार, बेचबिखन, गर्भपतन, बहुविवाह, बालविवाह, मानसिक तथा भावनात्मक आदिमा विभाजन गरी हिंसाका घटनालाई सूचीकृत गरिन्छ।
त्यसो त घरैमा विभिन्न प्रकृतिबाट हुने हिंसाहरू बाहिर आउंदैन र सूचीकृत हुदैन। हिंसामा परेका महिलाहरूले आफूमाथि भएको वास्तविक घटना देखाउंदा समाजबाट हुने तिरस्कार र न्याय पाउनका लागि कुनुपर्ने लामो समयका कारण हतपत घटना बाहिर आउंदैन।
नेपाल प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार विगत १० वर्षो तुलनामा महिला हिंसाका घटनामा दोब्बर वृद्धि भएको छ। आर्थिक वर्ष२०५५/०५६ मा घरेलु हिंसा, बलात्कार, बेचबिखन, गर्भपतन, बहुविवाह, बालविवाह, बलात्कारको उद्योग गरी आठ सय ६३ वटा महिला हिंसा भएकोमा आव २०६३/२०६४ मा एक हजार ५ सय २३ वटा महिला हिंसाका घटना भएका छन्। प्रताडित यस्ता महिलाहरूमध्ये ९३ प्रतिशत मानसिक र भावनात्मक यातनाको शिकार बन्ने गरेको तथ्याङकमा उल्लेख छ।