प्रस, पर्सा, ११ पुस/
धान व्यापारीसँग जबरजस्ती असुल गरेको रकम जिल्ला प्रहरीले रु. ४० हजार फिर्ता गरेको छ। प्रहरी नायब महानिरीक्षक नवराज ढकालको दबाबमा प्रहरीले असुल गरेको रु. १ लाख ५ हजारमध्ये मात्र रु. ४० हजार फिर्ता गरी जिप्रकाले मामिला मिलाएको छ।
बितेको मङ्सिर १२ गते जिल्ला प्रहरीबाट खटेको प्रहरी गस्ती टोलीले पर्सा बहुअर्वाबाट एक धान व्यापारीलाई फसाइदिने धम्की दिएर रु. एक लाख ५ हजार नगद असुल गरेको थियो।
जानकी टोलाबाट टयाक्टरमा धान ल्याइरहेको व्यापारीले बाटोमा नातेदारको तीन बोरा युरिया मल पनि ल्याएको फेला पारेपछि प्रहरीले टयाक्टर भन्सार बुझाई सिज गराइदिने धम्की दिएर रकम असुल गरेको थियो।
शमसुल भन्ने दलालले धान पक्रन लगाई मध्यस्थता गरी मामिला मिलाएको विवरण सहितको घटना यसै दैनिकले प्रकाशित गरेपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दर्ता गराएको थियो।
वसन्तपुरका पूर्व गाविस अध्यक्ष विश्वनाथ साह तेलीको नेतृत्वमा पुगेका व्यापारीहरूको दुखेसो सुनेर प्रनाउ योगबहादुर पालले निवेदनको ढाँचा तयार गरिदिएका थिए। जिप्रकामा लिखित उजुरी तथा प्रनामनि ढकालकहाँ मौखिक गुनासो पुगेपछि संलग्न प्रहरीसँग रकम असुल गरी जिप्रकाले व्यापारीलाई मात्र रु. ४० हजार दिई क्षमायाचना गर्दै मामिला मिलाएको छ। जिप्रकाले मध्यक्षेत्रीय प्रहरी कार्यालयलाई घटनामा संलग्न प्रहरी जवान हुसेन मियाँमाथि कारबाई भइरहेको र व्यापारीको रकम फिर्ता दिएको झूटो जवाफ दिएको जानकारी प्राप्त भएको छ। घटनाबारे जिल्ला प्रहरीका कुनै पनि अधिकारीले प्रतिक्रिया दिन चाहेन।