$type=ticker$count=12$cols=4$cate=0

कसरी मनाउने एड्स दिवस ?

SHARE:

-शीतलप्रसाद महतो -ऐतिहासिक जनान्दोलन-२ को सफलतापछि मुलुक नयां नेपाल निर्माणमा जुटेको छ। नयां नेपालको निर्माण भनेको मुलुकमा राजनीतिक परिवर्तनसंगै सामाजिक तथा आर्थिक परिवर्तनबाट आम नेपाली जनताको जीवनस्तरमा सुधार भई उनीहरू अधिकार सम्पन्न हुनु पनि हो। संविधानसभाको निर्वाचन भई मुलुक अहिले सङघीय लोकतान्त्रिक गणतन्त्रतर्फउन्मुख छ। संविधानसभाको माध्यमबाट नयां संविधानको निर्माण र निर्वाचित सङघीय सरकारको गठन नभएसम्म मुलुकको  सामाजिक तथा आर्थिक क्षेत्रले लामो फड्को मार्न सक्छ भन्ने आशा पनि गर्न सकिन्न। तर एउटा कुरा के सत्य छ भने मुलुक अब पुरानो मानसिकताबाट चल्न सक्दैन।
    नयां नेपालको निर्माणका लागि हरेक क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्न सक्ने नयां सोच र शैलीबाट मुलुकलाई अगाडि बढाउनु सक्नुपर्दछ। मुलुकमा सामाजिक क्षेत्रको परिवर्तनलाई हेर्ने हो भने बहुसङख्यक नेपाली जनता अहिले पनि निर्धक्क र निर्वाधरूपमा स्वास्थ्य उपचार गराउन सकिराखेको छैन। मुलुकमा भएको राजनीतिक परिवर्तनसंगै विशेषगरी नेपालको विकास र गरिबी न्यूनीकरणमा प्रत्यक्ष प्रभाव पार्ने एचआइभी र एड्स नियन्त्रणका लागि पनि नयां लोकतान्त्रिक संरचना निर्माण तथा नयां सोचसहित ठोस कार्यक्रम ल्याउनर्ुपर्दछ। मुलुकभरि व्यापक जनसहभागिता जुर्टाई विकासका हरेक क्षेत्रसंग गांसेर रोकथाम एवं नियन्त्रण योजना र कार्यक्रम उच्च प्राथमिकता साथ सञ्चालन गर्नुपर्दछ। यसका लागि एचआइभी र एड्स क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी सामाजिक सङघ-संस्थालगायत सम्बन्धित सबै पक्षबीच समन्वय, समझदारी र सहकार्य हुनर्ुपर्दछ।
    वास्तवमा लागू औषध दुव्र्यसन, जोखिमपूर्ण व्यवहार तथा असुरक्षित यौन सम्पर्कका कारण नेपालमा एचआइभी सङक्रमण दर बढिरहेको छ। यसको रोकथामका लागि सञ्चालित कार्यक्रम पुरुष र महिला यौनकर्मी, उनीहरूका ग्राहक, र्सर्ुइद्वारा लागू पदार्थ प्रयोग गर्ने दुव्र्यसनी र उनीहरूका यौन सहकर्मीप्रति बढी केन्द्रित रहेको पाइन्छ।
    एचआइभी र एड्स सम्बन्धी राष्ट्रिय नीतिमा सरकारले एचआइभी र एड्स तथा यौन रोग नियन्त्रणका लागि उच्च प्राथमिकता दिने र सोही अनुरूप सरकारी तथा गैरसरकारी दुवै क्षेत्रबाट कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिने उल्लेख छ। सहस्राब्दी विकास लक्ष्यमा पनि एचआइभी र एड्सको सङक्रमण दर न्यूनीकरण लक्ष्य राखिएको छ । एचआइभी र एड्स राष्ट्रिय रणनीति (२००६/२०११) ले रोकथाम, उपचार तथा स्याहारसुसार, वकालत, नीति तथा कानुनी सुधार, नेतृत्व तथा प्रबन्धन, र्सर्वेक्षण र अनुसन्धान, लगानी तथा स्रोत परिचालन र सन् २०११ सम्म सर्वव्यापी पहुंचको लक्ष्यजस्ता रणनीतिक बुंदाहरूमा विशेष जोड दिइएको छ भने एचआइभी र एड्स तथा यौनरोग नियन्त्रण बोर्डसमेत गठन भएको छ। तर पनि मानव स्वास्थ्यको अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको एचआइभी सङक्रमण दर नियन्त्रणमा ठूलो सफलता प्राप्त हुन सकेको छैन। दुइ दशक लामो अथक प्रयासबाट पनि प्रतिदिन चार हजार मानिसको ज्यान जाने दिनसम्म आइपुग्दा विश्वका वैज्ञानिकहरू यसलाई निको पार्ने औषधि भेट्न सकिराखेका छैनन्।
    यद्यपि यसको न्यूनीकरणमा विश्वका विभिन्न भागमा विविध उपायहरू डेढ दशक अघिदेखि नै अपनाउंदै आइएको छ। निको पार्ने नै औषधि पत्ता लगाउन नसकेपनि सन् १९८८ मा पहिलोपटक देखापरेको यो सङक्रमण घटाउन वा नियन्त्रण गर्न अनेक खालका कार्यक्रमहरू सञ्चालित छन्। पछिल्लो समयमा एचआइभी सङक्रमितहरूको जीवन लम्ब्याउन अति दुर्लभ एन्टिरेट्रोभाइरल -एआरभी) औषधि उपयोग हुन थालेको छ, जुन एचआइभी सङक्रमितहरूका लागि ज्यादै ठूलो उपलब्धि र गौरवको विषय पनि हो।
    एचआइभी सङक्रमण न्यून गर्न वा नियन्त्रण गर्न मुलुकमा सञ्चालित अनेक खाले उपायहरूमध्ये विश्व एड्स दिवस पनि एक हो।  हरेक वर्ष डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवसको रूपमा मनाउने गरिन्छ। विश्वका अन्य मुलुकहरू जस्तै नेपालमा पनि र्‍याली, अन्तर्त्रिmया, गोष्ठी, सेमिनार, भाषण जस्ता विभिन्न कार्यक्रमहरूको आयोजना गरी यो दिवस भव्यताका साथ मनाउने गरिएको छ।
    नेपालमा एचआइभी सङक्रमणका मुख्य कारण गरिबी, द्वन्द्व, अशिक्षा र चेतनाको अभाव नै हो। यसैका कारण स्वदेश र विदेशमा यो सङक्रमण दिन प्रतिदिन बढिरहेको छ। आफनो गर्जो टार्न वा जीवन निर्वाहका लागि रोजगारीको खोजीमा भारत जानु नेपाली युवाको धेरै पुरानो बाध्यता हो र अहिले पनि त्यो जारी छ। आफनो र परिवारको जीवन निर्वाहका लागि जस्तोसुकै गार्‍हो काम गर्न तयार भएर जाने यी निर्दोष नेपालीले जीवन धान्ने केही पैसासंगै एचआइभी र एड्स बोकेर पनि ल्याउने गरेका छन्। यससंगै आफना पति नै एचआइभी सङक्रमित भइसकेको जानकारी नहुंदा गृहिणीहरू र ती दम्पतीका बालबच्चासमेत सङक्रमित बनिराखेका छन्। यो भुसको आगो यसरी फैलंदो छ कि यसले आउने दिनमा कस्तो रूप लिने हो, राज्य र सरोकारवालाहरू अहिले नै सजग हुनु अति आवश्यक छ र त्यसै अनुरूपका कार्यक्रम, योजना र नीति बनाई त्यसको पूर्ण र प्रभावकारी कार्यान्वयन हुनु पनि त्यतिकै जरुरी छ।
    नेपाली युवाको श्रम अहिले भारतमा मात्र सीमित छैन। खाडीलगायत विश्वका विभिन्न देशमा ज्यादै तल्लो स्तरको श्रम गर्न नेपालका झन्डै तीस लाखको हाराहारीमा युवाहरू पुगेका छन्। देशका योजनाविद् एवं अर्थशास्त्रीहरू देशमा भित्रिने अर्बौं रुपियांको रेमिटेन्समा मख्ख छन्। तर ती युवा स्वेदश र्फकंदा भित्रिन सक्ने एचआइभी सङक्रमणबारे कसले सोचिदिने - त्यति मात्र नभएर नेपालमा एचआइभी सङक्रमण बढ्नुको अर्को कारण द्वन्द्वले बढाएको आन्तरिक विस्थापन पनि हो। यौनकर्मी महिलामा गरिएको एक र्सर्वेक्षण अनुसार, यो पेशा अपनाएकामध्ये २० प्रतिशतले विस्थापित भएपछि ज्यान पाल्नका लागि बाध्य भएर यो पेशा अपनाएको बताएका थिए। नेपालमा एचआइभी सङक्रमणलाई नियन्त्रण गर्नका लागि विशेषगरी युवा लक्षित कार्यक्रम सञ्चालन गर्नेतर्फअब ढिलाइ गर्नुहुंदैन। नेपालको कुल जनसङख्याको एकतिहाई युवा -१० देखि २४ वर्ष ) को सङख्या छ। जसमध्ये २० वर्ष उमेर समूहका किशोरकिशोरीहरू मध्ये झन्डै ६४ प्रतिशतले यौन सम्पर्क गरिसक्ने र ती मध्ये १५ प्रतिशतले मात्र पहिलो यौनसम्पर्कमा कन्डम प्रयोग गर्ने गरेको तथ्याङक विगतका वर्षमा नै सार्वजनिक भएको थियो।
    यसरी एकातर्फगरिबी, अशिक्षा र चेतनाको अभावमा मुलुकमा एचआइभी सङक्रमण द्रुतगतिमा फैलिरहेको छ भने अर्कोतर्फशिक्षित युवाको व्यवहारमा परिवर्तन ल्याउनु पनि उत्तिकै ठूलो चुनौती रहेको देखिन्छ। नेपालमा बर्सेनि एचआइभी सङक्रमितहरूको सङख्यामा वृद्धि हुंदै गएको छ। मजदुरीका लागि भारत र तेस्रो मुलुक जान बाध्य ग्रामीण क्षेत्रका युवा र निरक्षर गृहिणीसम्म सुरक्षित यौन व्यवहार र कन्डम प्रयोगको पहुंच बढाउने काममा एड्स दिवस कार्यक्रम केन्द्रित हुनु आवश्यक छ। गरिबी र आन्तरिक द्वन्द्वबाट विस्थापनमा परेका महिलाहरू ज्यान पाल्नैका लागि यौन पेशा अंगाल्न बाध्य र सोख एवं रमाइलोका लागि यौनसम्पर्कमा आकरि्षत देखिएको किशोरकिशोरीको ठूलो सङख्यालाई सुरक्षित यौन सम्पर्क र व्यवहार परिवर्तनका कार्यक्रमबारे शिक्षित गर्न सकेमात्र एड्स दिवस मनाउनुको सार्थकता हुनेछ। विश्वका प्रायःजसो सबै भूभाग एचआइभी सङक्रमणबाट प्रभावित छ। तर विभिन्न भूभाग एवं राष्ट्रमा एचआइभी सङक्रमणको एउटै कारण कदापि हुन सक्दैन। त्यसैले हामीले पनि हाम्रो देशको परिवेश र कारणमा मात्र केन्द्रित रहेर निराकरणका उपायहरू खोजे अपेक्षति प्रतिफल प्राप्त हुन्छ।
    विश्वव्यापी नारालाई अंगालेर त्यसैलाई मात्र प्रमाणित गर्नेगरी शहरका विभिन्न भूभागमा झकिझकाउ र्‍याली निकाल्ने र छापा तथा विद्युतीय सञ्चार माध्यममा दृश्य खिचाएर प्रचारप्रसार गर्ने र्ढराले मात्र नेपालको एचआइभी सङक्रमणको बढ्दो दर कहिल्यै निस्तेज पार्न सकिने छैन।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कसरी मनाउने एड्स दिवस ?
कसरी मनाउने एड्स दिवस ?
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/11/blog-post_8407.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/11/blog-post_8407.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy