प्रस, हेटौंडा, ११ मङसिर/
साहित्य सङगम मकवानपुरले मकवानपुर प्रतिभा पुरस्कारबाट शनिवार साहित्यकार देवराज खरेल र कलाकार ज्ञानभक्त लामालाई सम्मानित गरेको छ।
२०६५ सालको लागि साहित्यतर्फहेटौंडा- ५ का खरेल र २०६६ सालका लागि चित्रकलातर्फलामालाई नगद ५ हजार १ रुपैयांसहित प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको हो। सङगमको शनिवार भएको १८१ औं नियमित साहित्य सन्ध्याका अवसरमा दुइ दशकभन्दा बढी समय साहित्य र कला क्षेत्रमा साधना गरेका दुवै सष्टालाई सो पुरस्कारबाट सम्मानित गरिएको हो।
सङगमका अध्यक्ष निमेष निखिलको अध्यक्षता तथा स्थानीय विकास अधिकारी युवराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा साहित्यकारहरू आनन्दराम पौडेल, आरआर चौलागाईं, नवराज शर्मा, आरसी रिजाल, कौशल पाण्डे, रमेशमोहन अधिकारी, हयग्रीव आचार्य, भीमप्रसाद भट्टराइ, शम्भुप्रसाद बांस्कोटा, माधव भण्डारी, डा. गणेशकुमार पौडेल, रामकुमार एलन, गिरिजा अधिकारी, सम्मानित व्यक्तित्वद्वय खरेल र लामा तथा सङगमका उपाध्यक्ष श्यामकुमार बानियां, सचिव रामशरण पुडासैनीलगायतले रचना तथा मन्तव्य व्यक्त गरेका थिए।
सङगमले एक दशकबाट जिल्ला विकास समिति मकवानपुरले स्थापना गरेको एक लाख रुपैयांको अक्षयकोषको व्याज रकमबाट बर्सेनि एकजना स्रष्टालाई प्रतिभा पुरस्कार दिंदै आएको छ। साहित्य तथा कलाका क्षेत्रमा योगदान पुर्याउने स्थानीय श्रष्टालाई मकवानपुर प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ। आगामी वर्षबाट पुरस्कारको राशि वृद्धि गरी १० हजार रुपैयां पुर्याउने सहमति बनेको जानकारी सङगमका सचिव रामशरण पुडासैनीले दिए। साहित्य सङगम मकवानपुरले विभिन्न संस्था र दाताले स्थापना गरेको योसहित ५ वटा साहित्यिक पुरस्कार व्यवस्थापन गर्दै आएको छ।
सङगमले मकवानपुर प्रतिभा पुरस्कारबाहेक शेषजङग कथा पुरस्कार, णकुमारी साहित्य पुरस्कार, भैरव स्मृति सम्मान र परिजात स्मृति सम्मान प्रदान गर्दै आएको छ। एक दशकअघि स्थापना गरिएको मकवानपुर प्रतिभा पुरस्कार यसअघि भीमप्रसाद दुलाल, लाल श्रेष्ठ, साम्ब ढकाल, ऋषि केबी,
तुलाराम थापा, गौरव केसी, हयग्रीव आचार्य, रमेशमोहन अधिकारी र बाबुलाल वाइवाले प्राप्त गरिसकेका
छन्।