प्रस, वीरगंज, १२ मङसिर/
नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय, श्रीपुरका प्रधानाध्यापकमाथि षड्यन्त्रपूर्वक दुर्व्यवहार गरिएको आज खुलासा भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरप्रसाद कुर्मीले रिपोर्र्टर्स क्लबद्वारा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शङकरकुमार कर्ण निर्दोष भएको बताउंदै भनेका छन्- "घटनामा प्रधानाध्यापकले केटी पक्षलाई अपशब्द बोलेको अवस्था देखिएको छैन।"
गत ५ गते आइतवार प्रधानाध्यापक कर्णसंग अमित गिरीलगायत केही व्यक्तिले दुर्व्यवहार गरेका थिए र घटनाका दिन उनीहरूले प्रधानाध्यापकले केटीलाई अपशब्द बोलेको आरोप लगाएका थिए।
घटनापछि सत्यतथ्य जांच गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुर्मीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिका सदस्यहरूमा जुमाद्दिन शेख हवारी, जन्नत अन्सारी, मीरा प्रधान, अशोकप्रसाद साह, फजिल मियां तेली र रेणुका मिश्र रहेका थिए।
उक्त समितिले आज आफनो प्रतिवेदनमा केटी पक्षका अमित गिरीलगायत संलग्न समूहले प्रधानाध्यापकसंग जुन व्यवहार गरे र घटनापूर्व मिडिया त्यहां उपस्थित हुनु, विद्यालय व्यवस्थापन समिति र सरोकारवालालाई पूर्व जानकारी नदिनु र उच्छृङखल व्यवहार प्रदर्शन गर्नु अनुचित भएको हुंदा निज र निजको समूहमाथि कडा कारबाई गर्न विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरेको छ।
घटनापछि जिल्ला शिक्षक युनियनले विरोध प्रकट गर्दै आज जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गराउनका साथै उक्त घटनाको विवाद नेशनल टेलिभिजनले पूर्वाग्रह
राखेर अपरिपक्व समाचार सम्प्रेषण गरेको विषयमा विज्ञप्तिमार्फत् चिन्ता व्यक्त गर्दै जिल्लाका सम्पूर्ण शैक्षकि संस्था मङसिर १३ गतेदेखि सुचारु गर्न अनुरोध गरेको छ। प्रतिवेदन र्सार्वजनिक भएपछि दोषीमाथि कारबाई गराउन व्यवस्थापन समितिमाथि निकै दबाब बढेको छ।
केही व्यक्तिको निहित स्वार्थ वा उत्तेजनाले गर्दा प्रधानाध्यापकजस्ता गरिमामय पेशामा रहेका व्यक्तिमाथि दुर्व्यवहार गर्नु र उनलाई अत्यन्त घृणित प्रसङगसंग जोडेर घटना गराउने षड्यन्त्रलाई र्सवत्र चिन्ताको विषयको रूपमा लिइएको छ।