रामशरण पुडासैनी, हेटौंडा, ३० कात्तिक/
तेस्रो इन्डियन आइडल प्रशान्त तामाङले हेटौंडेली दर्शकहरूलाई मङगलवार छमछमी नचाएका छन्।
पहिलोपटक उनीद्वारा अभिनित नेपाली कथानक चलचित्र गोर्खा पल्टनको प्रवर्द्धनका लागि ओम चलचित्र मन्दिर हेटौंडा आएका तामाङले आफना प्रशंसकहरूलाई लठ्ठयाए। चलचित्र हेर्न हल आइपुगेका हेटौंडेली दर्शकलाई इन्डियन आइडल तामाङले आफू संगसंगै नचाए। हेटौंडाको एक मात्र हल ओम चलचित्र मन्दिरमा खचाखच भरिएका दर्शकहरूमाझ प्रशान्तले अभिनय गरेको गोर्खा पल्टनका ँसोल्टिन...सोल्टिन...’ बोलको गीत गाएर दर्शक तताएका थिए। उनले तीनवटा गीत गाउंदा उनीसंग दर्शक र प्रशंसकहरू पनि उत्साहित बनेका थिए।
चलचित्र प्रवर्द्धन गर्न निर्माता सुरज वंशलका साथ आएका नायक तामाङलाई हेर्न मकवानपुरका गाउं-गाउंबाट उनका प्रशंसक आएका थिए। भारतीय मनोरञ्जनात्मक च्यानल सोनीबाट इन्डियन आइडलको तेस्रो शृङखला हेरेका मकवानपुरे दर्शकहरूले प्रशाान्तलाई प्रत्यक्ष पाएपछि उनीहरूमा उत्साह निकै बढेको थियो। मकवानपुरको हांडीखोलाका दीपक लामाले आफूले प्रशान्तलाई प्रत्यक्ष्ँ भेट्न पाउने कल्पनै नगरेको बताए।
सोमवार सांझ हेटौंडा आइपुगेका प्रशान्त मङगलवार निकै व्यस्त बने। उनलाई चलचित्र प्रवर्द्धन गर्ने साङगीतिक कार्यक्रम, उनको सम्मानमा आयोजित कार्यक्रम र चलचित्र पत्रकार सङघले आयोजना गरेको पत्रकार सम्मेलन भ्याउनुपर्यो। हेटौंडाका तीनवटा एफएममा अन्तर्वार्ता र भेटिएका प्रशंसकहरूलाई समय दिन उनलाई हम्मेहम्मे पर्यो।
यस्तै प्रशान्त तामाङको सम्मानमा मङगलवार बिहान नेपाल तामाङ घेदुङ सङघले कार्यक्रम आयोजना गरेको छ। सङघका सचिव सुनील मोक्तानको अध्यक्षतामा भएको कार्यक्रम तथा कार्यक्रमका प्रमुख अतिथि लोकगायक सोमबहादुर लामाले खादा ओढाएर प्रशान्तलाई सम्मान गरेका थिए। कार्यक्रममा तामाङले आफूप्रति देखाएको श्रद्धा र सम्मानले थप जिम्मेवारीबोध भएको बताए। लोकगायक लामाले जनजाति समुदायका मानिसहरू पनि मेहनत र क्षमताले उंचाइ प्राप्त गर्न थालेको भन्दै शिक्षामा जोड दिन सबैलाई आग्रह गरे।
यस्तै नेपाल चलचित्र पत्रकार सङघले आयोजना गरेको कार्यक्रममा तामाङले दर्शकहरूको माया र आफूलाई सुहाउंदो भूमिका पाए आगामी दिनमा पनि नेपाली चलचित्रमा अभिनय गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम चलचित्र पत्रकार सङघका अध्यक्ष रामशरण दुलालको अध्यक्षतामा भएको थियो। चलचित्र गोरखा पल्टनबाट नायकका रूपमा चर्चामा आएका तामाङले आफूलाई तेस्रो इन्डियन आइडलमा जिताउन भोट गर्ने सम्पूर्ण मकवानपुरवासीलाई धन्यवाद दिन भ्याए। गायक तामाङ हेटौंडेली दर्शकहरूसंगको भेटपछि नारायणगढ प्रस्थान गरेको चलचित्र पत्रकार सङघ मकवानपुरका सचिव मणिराज गौतमले जानकारी दिए।