-मनीषा रायमाझी मकवानपुरको दामनस्थित चर्चित मन्दिर ऋषेश्वर महादेव मन्दिर प्राकृतिक छटाले भरिपूर्ण, विभिन्न हिमशृङखलाको सुन्दर दृश्य अवलोकन गर्न सकिने, स्वदेशी तथा विदेशी पर्यटकको शान्त पर्यटनस्थल हो। २२५० मिटरको उंचाइमा रहेको दामन भौगोलिक तथा सांस्कृतिकरूपले सांच्चिकै प्रकृतिको सुन्दर उपहार हो। चारैतिर हरियो वन, अनि त्यहांबाट देखिने सुन्दर दृश्यहरू सूर्योदय र सूर्यास्त, डांडा-कांडाबाट हामफालेको कुहिरोको मुस्लो, अनि पहाडका कुना-कुनाबाट निस्केका कञ्चन पानीको छनछनले जो कोहीको चिन्ता-पीर केही बेर हटाइदिन्छ ।
बार्हौ महिना जाडो हुने यो ठाउं धार्मिक तथा ऐतिहासिकरूपले पनि महत्त्वपूर्ण मानिन्छ।
मकवानपुरको उत्तरी क्षेत्र मानिने दामनमा, आस्थावानहरूको आस्थाकेन्द्र श्री ऋषेश्वर महादेवको चर्चित मन्दिर अवस्थित छ। त्रिभुवन राजपथ अर्न्तर्गत पर्ने यो मन्दिर सडकखण्डबाट १ घण्टाको पैदलयात्रा पछि पुग्न सकिन्छ। उक्त बाटो अलि कठिन हुनुका साथै उकालो पनि छ। मन्दिरबारे पौराणिक धेरै किंवदन्तीहरू छन्। यसबारे कसैको के भनाइ छ भने- भगवान शिवलाई होहल्ला भएको ठाउं मन नपर्ने हुंदास यो सुनसान, कसैले नदेख्ने प्रदूषणरहित ठाउं मन
परेकोले त्यो डांडाको ढुङगामा आइबसेका र एकजना पण्डितले सो कुरा थाहा पाई श्री ऋषेश्वर महादेवको नाम दिई मन्दिर स्थापना गरे। ती पण्डितले उक्त ढुङगामा स्थापित भगवानलाई सुनको मुकुट लगाइदिएका थिए र एकजना लोभी मान्छेले उक्त मुकुट चोर्न खोज्दा अन्धो भएको लोकोक्ति छ। पाप गर्न खोज्दा श्री ऋषेश्वर महादेवले उक्त व्यक्तिलाई सजाइदिएका हुन् भन्ने किंवदन्ती चलेको पाइन्छ।
आफूले आंटे-तोकेको काम सम्पन्न होस् भनी भाकल गर्न स्थानीय, स्वदेशी तथा विदेशी पर्यटकहरूको सो मन्दिरमा दैनिक घुइंचो लाग्ने गर्दछ। मागेको कुरा पूरा पनि हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ। यस्तै स्थानीय बासिन्दा दामन-४ शिखरकोटकी मीठु रायमाझी भन्छिन्- विगत २२ वर्ष अगाडि मेरो छोरो थिएन, भगवानसंग कामना गरे र त्यो कामना पूरा भयो। त्यसैगरी दामन-४ शिखरकोटकै चिनीमैयां केसीको पनि अनुभव छ। उनी भन्छिन्- ऋषेश्वर भगवानको द्वारमा झोली थापे, हात खाली रहन्न।
प्रत्येक वर्ष ठूलो एकादशी, फागु पूरि्णमा, जनैपूरि्णमा, शिवरात्रिको दिन यहां ठूलो मेला लाग्ने गर्दछ। उक्त मेला भर्न स्थानीय तथा देश-विदेशका हिन्दू तथा बुद्ध धर्मावलम्बीहरू आउने गर्दछन् । उक्त मन्दिर वरपर धार्मिक उद्देश्य मात्र नभएर, मनोरञ्जनका लागि मानिसहरू साथी, परिवारका साथ आउने गर्दछन् । उक्त मन्दिरको संरक्षणको लागि विभिन्न समितिहरू गठन गरिएको ऋषेश्वर सामुदायिक उपभोक्ता समितिका अध्यक्ष राजेश केसी बताउंछन्। उक्त मन्दिर नजिक एउटा पानीको शुद्ध कुण्ड छ। जुन कुण्डको पानीले सबैको अपवित्रता हटाउंछ भन्ने धार्मिक विश्वास रहिआएको छ। उक्त कुण्डबाट दूधजस्तै पानी निस्कने गरेको स्थानीय बासिन्दा बताउंछन्।