प्रस, रौतहट, ८ कात्तिक/
मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका राष्ट्रिय अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तीन दलीय असमझदारीका कारण सरकार बन्न नसकेको बताएका छन्।
जगलसहिया र गज्राघाट पुलको शिलान्यास गर्न आएका उपप्रधानमन्त्री गच्छदारले उक्त कुरा बताएका हुन्। एमालेका केही नेताका कारण प्रधानमन्त्री माधवकुमार नेपालको बहुमतको सरकारले राजीनामा दिन बाध्य भएको मन्त्री गच्छदारले आरोप लगाए।
तीन दलबीच शान्ति सहमति नभएको हुंदा मधेसी मोर्चा तथा साना दलहरूलाई संयुक्त सरकारको नेतृत्व गर्न आफूलाई दिने हो भने जनान्दोलनको मर्म पूरा हुने र संविधान निर्माण हुने उनले दाबी गरे।
मधेस, हिमाल, पहाड र तर्राई समेतको आफू नेता रहेकोले सरकारको जिम्मेवारी तीन दलले दिनुपर्ने उनले आग्रह गरे।
देशको शासन, प्रशासन र सेनामा मधेसीको सङ्ख्या न्यून रहेकोले जनसङ्ख्याको आधारमा राज्यको सम्पूर्ण निकायको पदपर्ूर्ति गर्नुपर्ने धारणा उनले व्यक्त गरे।
साढे बारह करोडको लागतमा ३३ महिनामा पुल निर्माण हुने उनले जानकारी दिए। रौतहट जिल्ला अति पिछडिएकोले यहांको जनतालाई सुख-सविधा पुर्याउन आफू लागेको उनले बताए।
रौतहट बाढी पीडित जिल्ला भएकोले यहां पुल निर्माण गर्न बारम्बार मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका जिल्ला शाखाबाट आग्रह हुंदै आएकोले पुल बन्न लागेको उनले खुलासा गरे।