दुवैथरी प्रहरी, जिल्ला प्रशासन र वन कार्यालयको संयुक्त टोलीले दुइ दिनदेखि संयुक्त टोली बनाएर जङ्गल निकट क्षेत्रमा सञ्चालित समिलविरुद्ध कारबाई गरेका छन् । अवैधरूपमा सञ्चालित यी समिलहरूको धन्दा जङ्गलबाट चोरीको काठ चिर्ने र नेपाल तथा सीमावर्ती भारतीय बजारमा बेच्ने रहेको छ । त्यसैले साइकलमा दाउरा मात्र बोकी जीविकोपार्जनको निहुमा वन-जङ्गल सखाप पार्ने तथाकथित दाउरेहरू अचेल पक्राउ पर्दा साखुका फन्टा बोकेको अवस्थामा देखिने गरेका छन् । जङ्गलछेउ निर्वाध, निर्भय सञ्चालित यस्ता समिलहरूले गर्दा नै गोलिया काठलाई फन्टा बनाउन र साइकलमा ओर्सार्न सजिलो भएकोले जङ्गल मास्ने गोरखधन्दा चलिरहेको थियो । जङ्गल छेउका बस्तीहरूमा आजदेखि होइन, बर्र्सौंदेखि यस्ता समिलहरू एक-दुइ होइन दर्जनौंको सङ्ख्यामा सञ्चालित छन् । नेपालमा गैरकानुनी धन्दा मौलाउनुको पछाडि त्यसबाट प्राप्त अकल्पनीय आम्दानी त हुंदै हो, कारबाईबाट प्राप्त निर्भयता पनि हो ।
संयुक्त गस्ती टोलीको कार्यलाई साधुवाद दिनैपर्छ किनकि यसबाट केही मात्रामा भए पनि नेपालको राष्ट्रिय धनमाथि गिद्धे दृष्टि राख्ने कुतत्त्वहरूको मनमा डर पस्छ र गैरकानुनी कार्य सधैं चलिरहन सक्दैन भन्ने विश्वास पलाउंछ । बुधवार मधुवन मथवलबाट अवैधरूपमा सञ्चालित समिल सिज गर्ने कार्य जिल्ला प्रशासनद्वारा अगुवाइ गरिएको टोलीले आरम्भ गरेपछि डरैले कैयौं समिलहरू सञ्चालक आफैं भागेका छन् भने भोलिपल्ट बिहीवार सो कार्यलाई निरन्तरता दिंदै टोलीले बगवन्ना, रघुनाथपुरबाट एक-एकवटा र डोकैला बहुअरीबाट दुइवटा समिल सिज गरी आफनो कब्जामा लिएको छ । समिलहरू सिज गर्दा त्यहां रहेका अवैध काठहरू पनि कब्जामा लिने गरेको थाहा भएको छ । हुनत भोलिपल्टको यस कारबाईमा समिल सञ्चालकहरूले प्रशासनको चाला थाहा पाएर महत्त्वपूर्ण मेसिनहरू हटाइसकेको जनाइएको छ, तापनि अवैध धन्दा गर्नेहरूको मनमा डर पस्नु पनि एक किसिमको उपलब्धि नै हो । अब कुरा यतिमात्र हो कि यस अभियानलाई तीव्रता र निरन्तरता दिएर नेपालको राष्ट्रिय सम्पत्ति जोगाइयोस् ।
देशमा चलिरहेको अवैध धन्दाहरूको नियन्त्रण गरी साध्य छैन । तापनि जुन क्षेत्रमा जुन किसिमको अवैध धन्दा जारी छ त्यसलाई मात्र पनि सरोकारवाला सरकारी कर्मचारी, राजनीतिक दलहरू र नागरिक समाजले तत्परतापर्ूवक नियन्त्रण गर्ने प्रयास गर्ने हो भने सकारात्मक परिणाम पक्कै पनि आउंछ । जरुरी त छैन कि पछि पनि यस जिल्लामा वन-जङ्गलप्रति सरोकार राख्ने, अवैध लागू पदार्थ गांजा-अफिमखेतीका प्रबल विरोधी एसपी राजेन्द्रमान र प्रजिअ नागेन्द्र झाजस्तै अफिसर आऊन्, तर एउटाले गरेको कामको प्रभावले पछि आउनेलाई निश्चय नै केही मात्रामा भए पनि उत्प्रेरित गर्ने नै छ । फेरि वन-जङ्गल यसै क्षेत्रका नागरिक समाजको सरोकारको विषय हो । वन-जङ्गलको विनाश हुंदा र्सवप्रथम मार्कामा पर्ने पर्सा जिल्लावासी नै हुन्छन् । यहांको मलिलो माटो बालुवामा परिणत हुन्छ, बाढीले पर्ुछ र नदीले बगाएर लग्छ । त्यसैले नागरिक समाजले तात्कालिक लोभ र स्वार्थ त्यागेर हिम्मतका साथ अवैध कारोबारीहरूको विरोध गर्ने हो भने नेपालको वन-जङ्गल पुन हराभरा हुन बेर लाग्दैन ।