प्रस, जीतपुर, ८ कात्तिक/
बारा जिल्लाको जीतपुर-६ स्थित बकुलिया भवानीपुर गोल्ड कपको पांचौं दिनको खेलमा मजदुर शहीद स्मृति क्लब काठमाडौं विजयी भएको छ।
जन कल्याणकारी युवा क्लबको आयोजनामा सञ्चालित बकुलिया भवानीपुर-६ को गोल्डकप फूटबल प्रतियोगितामा आज पांचौं दिनको खेलमा मजदुर शहीद स्मृति क्लब काठमाडौं र माउन्ट एभरेष्ट सिमरा -बारा) बीच समूह ँए’ को क्वाटरफाइनल खेल भएको थियो। जसमा शून्यविरुद्ध दुइ गोलले मजदुर शहीद स्मृति क्लब काठमाडौं विजयी भएको छ।
उक्त खेलमा मजदुर शहीद स्मृति क्लब काठमाडौंको तर्फाट जर्सी नं ५ का खेलाडी पड्ढज लामाले खेल सुरु भएको चौथो मिनेटमा एक गोल गरेका थिए र जर्सी नं ७ का खेलाडी रूबिन श्रेष्ठले खेलको मध्यान्तरपछि ३० औं मिनेटमा अर्को एक गोल गरेका थिए। जर्सि नं १९ का खिलाडी सुशान लामा म्यान अफ दि म्याच घोषित भएका छन् ।
म्यान अफ दि म्याच लामालाई थरूहट सङ्र्घष्ा समिति बारा-पर्साका सल्लाहकार जयकिशोर चौधरीले पुरस्कार वितरण गरे।
भोलि समूह ँबि’ को क्वाटरफाइनल खेल लालबन्दी फूटबल क्लब र्सलाही र फ्रेन्डस क्लब काठमाडौं बीच हुने गोल्डकप समितिका सचिव राजेन्द्र चौधरीले बताएका छन्।