नेपाली समाजको रूपान्तरणको प्रक्रिया यतिखेर ऐतिहासिकरूपमैं सबैभन्दा जटिल, कठिन र चुनौतीपूर्ण मोडमा आइपुगेको छ । खासगरी वामपन्थीहरूले अझैं चरम कम्युनिस्टहरूले खोजेको सामाजिक रूपान्तरण झन् बढी जोखिमपूर्ण अवस्थामा आइपुगेको छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीसंग बितेका ६१ वसन्तको तीतो-मीठो दुवैखाले अनुभवहरू पर्याप्त देखिन्छ, आगामी कार्यदिशा निर्धारण गर्न । मार्क्सवाद, लेनिनवाद तथा माओवादका प्रख्यात पण्डितहरू पनि नेपाली कम्युनिस्ट आन्दोलनमा नदेखिएका होइनन् । ओंठे क्रान्तिकारीदेखि लिएर कोठे क्रान्तिकारीहरूको पनि प्रशस्तै प्रशस्ती गाइएको इतिहास नेपाली वामपन्थी आन्दोलनको विगतलाई थोरैमात्र कोट्याउंदा सजिलै देख्न सकिन्छ । नेपाली कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलाललाई गद्दार भन्ने दिन होस् वा रूसमा पानी पर्दा नेपालमा छाता ओढ्ने रूसी दलाल भनी एमालेका अध्यक्ष स्व. क. मनमोहन अधिकारीको कुरा होस् वा ँकार्लमाक्र्स लिभ्स इन नेपाल’ भनेर अमेरिकी सञ्चार माध्यमले जननेता मदन भण्डारीको प्रशंसा गरेको दिन होस् । नेपालमा र्सवहारा क्रान्तिका निमित्त गरिएका पहलकदमीभित्रको इतिहासमा यी सबैकुरा भावी पुस्ताले बडो रुचिका साथ अध्ययन विश्लेषण गर्न पाउनेछ ।
यतिखेर नेपाली क्रान्तिकारीहरू र्सवहारा वर्गको अधिनायकत्व स्थापना गर्ने दिशामा नौलो जनवादी -पूंजीवादी) क्रान्ति गर्ने तयारीमा जुटेका छन् । दस बरसे जनयुद्धकै विकासक्रमले चर्किएको नेपाली समाजको वर्गीय अन्तर्विरोधले २४० बरसे शाही राजतन्त्रलाई समाप्त पारेर जनताको सङ्घीय गणतन्त्रलाई स्थापित गर्दै दिगो बनाउन जनसंविधान जारी गर्ने तहमा पुगिसकेको सैद्धान्तिक अवस्था एकातिर छ भने जनतालाई र्सवाधिकार सम्पन्न बनाउने संविधान बन्न नदिने तथा रूपान्तरण र परिवर्तनको नाउंमा पुरानै सत्ताको शोषणमुखी प्रणालीलाई सारमा राखेर रूपलाई मात्र फेर्ने दुराग्रहका साथ नेपाली काङ्ग्रेसको नेतृत्वमा नेकपा एमालेको समेत सहभागितामा भारतीय विस्तारवादको शहमा सतहमा देखिने गरी चलखेल भइरहेको छ । यथास्थितिवादी तथा सुधारवादीहरूको पूर्णरूपेण पकडमा रहेका यी दुइ ठूला दलका सुधारवादी नेताहरूको अघि-पछि पुराना सम्पूर्ण संसद्वादी दलहरूले गोलचक्कर लगाइरहेको सबैले देखिरहेकै छन् । मधेसवादी दलहरूले भने जस्तो आत्मनिर्णयको अधिकार वा स्वायत्ततासमेत दिन कुनै पनि हालतमा नेपाली काङ्ग्रेस र नेकपा एमाले तयार नहुने थाहा हुंदाहुंदै पनि क्षणिक कुर्सीको लोभमा मधेसी जनताको भावनालाई यिनीहरूले बेचिरहेको सबैको अगाडि र्छलङ्गै छ ।
शोषणविहीन समाज निर्माण गर्न २०५२ सालमा तत्कालीन जनमोर्चाको संसदीय उपयोगको नीति छाडेर सशस्त्र सङ्घर्षको कुनै विकल्प छैन भनी जङ्गल पसेका ए. माओवादीका तीनै नेताहरू क. पुष्पकमल दाहाल प्रचण्ड, क. मोहन वैद्य किरण र डा. बाबुराम भट्टर्राई यतिखेर नेकपा माओवादीको हेडक्वाटरकै प्रमुख नेताहरू हुन् । ढाडमा टेकेर टाउकोमा हिर्काउने तहमा पुगेर शान्तिवार्तामा आएका ए. माओवादीले अन्तत किन १४ हजार शहीदहरूको बलिदान गर्यो - तत्कालीन संसद्लाई तिलाञ्जलि दिएर ए. माओवादी किन जनताको घरतिर फक्र्यो - शान्तिवार्तामा आइसकेपछि खासगरी संविधानसभाको निर्वाचनबाट सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित भइसकेपछि सामाजिक रूपान्तरणको लागि लगाइएको तीन ँस’ को नीति -सडक, सदन र सरकार) तथा तीन धक्का र चार तयारीमध्ये कहां के त्रुटि रह्यो र पार्टी प्रत्येक चोटी किन पछि हट्न बाध्य भयो । यसको व्यापक छलफल र विश्लेषण गर्दा त्यसको अनुभवबाट अनुभूति बढ्यो कि बढेन - यर्सतर्फ बढी संवेदनशील हुन जरुरी छ । अब नेपाली क्रान्तिलाई पूरा गर्न पार्टीमा पुरानो कार्यदिशामा कैफियत रहेको छ भन्ने कुरा त लाटोले पनि बुझने नै भयो तर कुन चाहिं कार्यदिशाले नौलो जनवादी क्रान्तिको कार्यभारलाई पूरा गर्नेछ भन्ने कुराको खोजी वा अनुसन्धान आवश्यक देखिन्छ । सायद यही आवश्यकतालाई पूर्ति गर्न यतिखेर ए. माओवादी पार्टीमा तीनै नेताले तीनथरि कार्यदिशा ल्याएका छन् ।
ए. माओवादीको केन्द्रीय विस्तारित बैठकबाट यिनै मुद्दाहरूलाई टुङ्गो लगाई एउटा ठीक दिशाको पहिचान गर्न तोकिएको तिथि-मिति तीनचोटी सारिसकिएको छ । पछिल्लो निर्णय अनुसार मङ्सिर ५ गतेबाट गोर्खामा हुने निश्चित भएको छ । देशव्यापीरूपमा पार्टी कार्यकर्ता तथा केन्द्रीय तहमा नेताहरू आ-आफनो लाइनमा सहमति गराउन राज्य समितिका सदस्यहरूलाई प्रभावित पार्ने कार्यमा स्वस्थ/अस्वस्थ दुवै तरिकाले लागेको देख्दा कार्यकर्ताहरूमा एकखालको अन्योल सिर्जना भएको छ । यतिबेला नेताहरूले आफनो लाइनको व्याख्या कम तर अरू दुइवटा लाइनको अपव्याख्या बढी गरेर दिन बिताइरहेका देखिन्छन् । दक्षण्िापन्थी, उग्रवामपन्थी तथा मध्यमार्गीको रूपमा एकले अर्काको परिचय गराउने कार्यमा कार्यकर्ताहरूको अगाडि तर्कमात्र होइन कर्ुतर्क पनि बडो चलाखी ढङ्गले पस्किने गरेको देखिन्छ । हुन त दक्षण्िापन्थी उग्रवामपन्थी वा संशोधनवादीहरू पार्टीका कार्यकर्ताअगाडि आफना कुरा राख्दा मार्क्सवादी चास्नीमा डुबाएरै पस्किने गरेको उदाहरण विश्व कम्युनिस्ट आन्दोलनमा प्रशस्तै भेटिन्छ । ट्राटस्की होस् वा बाकुनीन वा लिन प्याओ । यी सबैले आफनो समकालीन भिन्न विचार प्रस्तोताहरूलाई उग्रवामपन्थीकै बिल्ला भिडाइदिएको देखिन्छ । नेपालकै सर्न्दर्भमा पनि ए. माओवादीहरू उग्रवामपन्थीको आरोप अझैंसम्म एमालेजस्ता घोर दक्षण्िापन्थीहरूबाट सुन्दै र खेप्दै आएका छन् । रूसी राष्ट्रपति मिखाइल गोर्भाचोभले समेत पेरेस्त्रोइका र ग्लास्तनोस्त -पर्ुनर्गठन र खुलापन) लाई मार्क्सवादी लेनिनवादी नीति नै भनेर ल्याएका थिए । तर त्यसले थोरै समयमा रूसलाई कहां पुर्यायो - प्रखर वक्ताका उपाधि पाएका एमालेका मदन भण्डारीले पार्टीमा अत्यन्तै बहुमतबाट पास गरी ल्याएका जनताको बहुदलीय जनवादले पार्टी र क्रान्तिलाई कता लग्यो - त्यसैले यतिखेर एकले अर्कोलाई खुइल्याउने बेला होइन यो । पार्टीको कांधमा रहेको क्रान्ति गर्ने अभिभारा कसरी पूरा गर्न सकिन्छ । क्रान्तिकारी दिशा कुन हो - यर्सतर्फ बढीभन्दा बढी ध्यान केन्द्रित गर्नुपर्नेर् हुन्छ । क्रान्तिको लागि व्यक्ति विशेषले त्यति धेरै महत्त्व राख्दैन जति कि ऊद्वारा ल्याइएको विचार वा लाइनले ।
नेपाली क्रान्तिको अगाडि यतिखेर अनेकौं चुनौतीहरू अजिङ्गरझै मुख आं गरेर उभिएको छ । यस्तो बेलामा अर्न्तर्सङ्घर्षको नाममा वा लाइनको नाममा अस्वस्थकर दोषारोपण वा छलफलमा लागेर गुटगत गतिविधि गर्नेहरूको नियत जतिसुकै सफा भए पनि त्यसले अन्तत प्रतिक्रान्ति गर्नेहरूलाई नै बल पुग्ने कुरामा क्रान्तिकारीहरूले हेक्का राख्नैपर्छ । अहिलेको जटिलता वा अलमल संसारका सबै क्रान्तिकारीहरूले भोगेकै विषय हो । यस्तै बेलामा नेतृत्वको परीक्षा हुने गर्छ र सही नेतृत्वले तमाम चुनौतीलाई चिर्दै क्रान्तिलाई पूरा गरी छाड्छ । संसारको सबै ठाउंमा यस्तै भएकोछ र हामी कहां पनि यही हुन लागेको छ । क्रान्तिको कुनै विकल्प छैन ।