नेपालले सन् २०११ लाई नेपाल पर्यटन वर्ष घोषित गरेको छ, तर देशको लथालिङग अवस्था हेर्दा नेपाललाई माया गरेर कोही आइदियो भने तत्विशेष, अन्यथा आफनै हुतिले पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, सरकार र सम्बद्ध क्षेत्रले केही गर्न सक्दैन भन्ने सङकेत प्राप्त भइसकेको छ। पर्यटन विकासका लागि सुविधासम्पन्न होटल, बाटो, पथप्रदर्शक, यातायात आदि साधनको यथेष्ट बन्दोबस्त पहिलेदेखि नै भएको हुनर्ुपर्छ। ऐन मौकामा भइपरि आउने समस्याबारे पूर्व तयारी हुनुपर्छ। तर नेपालमा जुन बेला पर्यटन वर्ष घोषणा गरियो त्यो बेला त सङक्रमणकाल थियो। अहिले सङक्रमण ओइलाउनुको साटो झन् झाङगिदै गएको छ। देशमा कामचलाउ सरकार छ। असार मसान्तमा पारित हुनुपर्ने बजेट कात्तिकको पहिलो हप्ता बितिसक्दा पनि संसदमा पेश भएको छैन। पेश्की बजेट समाप्त भइसकेको छ। ठूला दल ए. नेकपा माओवादी पूर्ण सरकार गठन नहुन्जेल बजेट पारित गर्न नदिने अडानमा बसेको छ। अर्थात् सरकारले चाहेर पनि पर्यटन वर्षको तामझाम मिलाउन सक्ने अवस्था छैन।
सरकारको अवस्था देखिहालियो। अब पर्यटन मन्त्रालयको कुरा त झन् सरकारको भन्दा पनि दयनीय हुने स्वाभाविक नै भयो। पर्यटन बोर्डले साधन र स्रोतको अभाव पनि केही गर्न सक्ने स्थिति नभएको होइन, तर व्यवस्थापकीय अक्षमता हावी रहेको नेपालमा साधन-स्रोतको अभावमा केही हुन सक्ला अथवा कसैले केही गर्ने जांगर चलाउला भन्ने सम्भावना पनि छैन। किनकि गैरआवासीय नेपालीहरूले पर्यटन बोर्डले उनीहरूले स्वयंसेवाको रूपमा पर्यटन वर्ष सफल बनाउन योगदान गर्ने कुरा उठाउंदा अहिलेसम्म उपयुक्त कदम नचालेको दोषारोपण गरेका छन्। नेपालको विभिन्न मुलुकमा गरेर २७ वटा राजदूतावास छन्, तर गैरआवासीय नेपालीहरू ५७ मुलुकमा छरिएका छन्। पर्यटन बोर्डले समय छंदै ती ५७ मुलुकमा रहेका गैरआवासीय नेपालीलगायत रोजगारका लागि विदेश गएका नेपालीहरूलाई पनि समेट्न सकेको भए आज साधन-स्रोतको कमी भयो भनी रुनुपर्ने अवस्था आउने थिएन। यस काममा धेरै खर्च पनि लाग्ने थिएन, पर्यटन वर्षभरिको कार्यक्रम, कुन बेला कहां महत्त्वपूर्ण आयोजना हुनेजस्ता सामान्य जानकारी भएको दुइ-चार लाख ब्रोसरहरू मात्र पनि प्रकाशित गरी वितरण गर्न दिएको भए धेरै होलो हुने थियो र पर्यटन वर्षको प्रचार आधा विश्वसम्म पुग्ने थियो।
वास्तवमा चारैतिर स्वार्थजन्य समस्या तेर्सिएको छ। गैरआवासीय नेपालीहरूलाई स्वयंसेवकका रूपमा प्रयोग गर्ने हो भने सम्बन्धित व्यक्तिहरूले विदेश भ्रमणको मौका पाउने छैनन्। यहां त देशलाई लुटेर भए पनि व्यक्तिगत स्वार्थ पूर्ति गर्नुपरेको छ। देशको नै कसैलाई माया छैन भने देशले अठोट गरेको पर्यटन वर्ष सफल होस् वा असफल कसलाई चासो १ आजको युगमा साधन-स्रोत अति आवश्यक त छ तर साधन-स्रोत नभए पनि जांगर, उत्साह, व्यवस्थापन र देशप्रेम छ भने आधा काम त पक्कै पनि गर्न सकिन्छ। साधन-स्रोत छ र उपर्युक्त आधारहरू छैनन् भने उद्देश्य पूरा हुन सक्दैन। विडम्बना नेपालमा साधन-स्रोतको कमी त छंदैछस उत्साह, जांगर, व्यवस्थापन र देशप्रेम पनि रत्तिभर छैन। अनि कसरी हुने पर्यटन वर्ष सफल - कसरी बिदेसिएका नेपालीले गर्व गर्ने आफनो देशमाथि ?