-ए.सी. सुमन
"चौथचन्द बिसे जितिया, जितिया दशे दशैं, आ दशैं १६ सुकराती-दीपावली)" भन्ने लोक उक्तिसंगै जितिया पर्वको तिथि सजिलै थाहा पाइन्छ। अर्थात् जितिया गणेश चौथीको २० दिनपछि मनाइन्छ। जितिया ब्रत तराइ-मधेसका प्रायः सबै जातजातिका महिलाले मनाउने पर्व हो। विधिपूर्वक गरिने यस पर्वबाट कुनै पनि आमाको आफनो सन्तान विषम समस्या र दुर्घटनाबाट जोगिने विश्वास कायम छ। यसले सन्तानलाई अकाल मृत्युबाट बचाउन सक्ने ठानिन्छ। कुनै पनि ठूलो दुर्घटनाबाट बच्दा अनायास जोसुकैको मुखबाट निस्कने गर्छ "तोहर माइ -आमा) जितिया केने रहौ" अर्थात् त्रि्री आमाले जितिया पर्व गरेको हुनाले बचिस्। भन्ने कथनबाट यस पर्वको महत्त्व प्रस्ट हुन्छ।
ब्राह्मण, कायस्थ, यादव, थारू, तेली, सुडी, राजपूत जातिले मात्रै होइन दलित समुदायभित्र पर्ने चमार, मुसहर, दुसाद, खत्वेलगायत हिन्दू धर्मप्रति आस्था राख्ने महिला अत्यन्तै उत्साहपूर्वक ब्रत बस्छन्।
असोज मासको सप्तमीका दिन बिहान घर नजिकैको पोखरी र नदीलगायत जलाशयमा गच्छेअनुसारको पूजा सामग्री जुटाएर निष्ठापूर्वक स्नान गरी भिजेकै लुगा लगाएर घिरौलाको पातमा पिना, तोरीको तेल, सिन्दूर र तुलसीको पात चर्ढाई पानीमा प्रवाह गरिन्छ। यो विधि अन्तर्गत परापूर्वकालदेखि प्रकृतिको संरक्षण गर्नुपर्छ भन्ने सन्देश रहिआएको देखिन्छ। पूजा सामग्री जलप्रवाहपछि त्यही दिन माछा, मडुवा -कोदो)को रोटी खानैपर्ने नियम छ। हिन्दू संस्कृतिमा मनाइने प्रायः ब्रतहरूमा माछा र कोदो बार्ने चलन रहे पनि जितिया पर्वमा माछा, मडुवाको प्रमुखता रहिआएको छ। यसको पछाडि हाम्रो देश कृषि प्रधान हो। कृषि कर्म नै हाम्रो पावन धर्म पनि हो। मिथिला क्षेत्रमा खास गरेर कृषिलाई नै प्रधानता दिंदै आएको पाइन्छ। हुन त सम्पूर्ण नेपालको अन्न भण्डारको रूपमा तराइ-मधेस रहिआएको छ। तर्सथ सबै प्रकारका कृषि उपजहरूसंगै विभिन्न चाडपर्व र तिहारहरू गांसिएर आएको देखिन्छ।
अनि अष्टमीअघि बिहानै भोरकुवामा -सूर्योदयपूर्व) पुनः घिरौलाकै पातमा च्यूरा, दही, अमोट -आंपको रस सुकाएर बनाइएको), मौसमी, फलफूल, कांक्रो, अकुटी -भिजेको केराउ) लगायत सामग्री चढाएर "जिमुत वाहन"को पूजा गरिन्छ। पूजापश्चात् तीजमा दर खाएजस्तै च्यूरा दही, मिठाइ आदि खाने चलन छ जसलाई "ओगठन" भन्ने गरिन्छ। त्यसपछि ब्रतालु महिला झन्डै २४ घण्टसम्म निराहार पानी पनि नखाई ब्रत बस्छन्। ब्रतालु सांझपख "जिउतवाहन"को तथा "चिल्लो सियार"को लोककथा श्रवण गर्छन् र विभिन्न लोकगीत गाई रमाइलो गर्ने गर्छन्। कथा सुनेर पण्डितलाई आफनो गच्छेअनुसार दक्षिणा दिने चलन पनि छ।
ब्रतको क्रममा आधुनिक सहरमा जलाशयहरू घर नजिकै नपाइने भएकोले कथाअनुसार एउटा सानो खाल्टो खनी त्यसमा पानी हाली पोखरीको प्रतीकको रूपमा त्यहां एउटा "पाकैट"को रूख रोपी विधिपूर्वक पूजा गरिन्छ। नवमीका दिन बिहान पचाङग समय अनुसार स्नान गरेर गेंडागुडी, सागसंगै नैवेद्य दिएर ब्रतको पारण गरिन्छ। अर्थात् जितिया ब्रत पूरा हुन्छ।
छोरा र पतिको दीर्घायु र उत्तरोत्तर प्रगतिको कामनासंगै महिलाले ब्रत लिने गर्छन्, सबैलाई सबैतिर आधुनिकताले छोएको छ तर यो ब्रत आफनो धार्मिक शैली, निष्ठा र पवित्रताप्रति समर्पित छ। यो ब्रत आफैंमा जति पवित्र र कठिन भए पनि आफनै सन्तानबीच भेदभाव गरेर पापमुक्त भएका छैनन्। ब्रतको सुरुआत छोरा पाएपछि मात्रै गर्ने चलन छ। जिमुतवाहनका निम्ति चढाएको प्रसाद पनि छोराले मात्र खाने मिथिलाञ्चलको परम्परा छ। तराइ-मधेसमा प्रचलित अरू-अरू महत्त्वपूर्ण पर्वहरूमा जस्तै छौठ चौडचनमा छोराले प्राथमिकता पाउनु, आमा आफैंमा नारी भैकन पनि छोरा र छोरीबीच विभेद रहिआएको छ। यसको मुख्य कारण अशिक्षा र जनचेतनाको अभाव नै हुनर्ुपर्छ। विस्तारै शिक्षाको प्रचार र जनचेतनाको कारण अब आफनो सन्तान छोरा वा छोरी दुवैको लालनपालन र शिक्षा-दीक्षामा भेदभाव गर्ने परम्परा विस्थापित हुंदै गएको समयमा छोराको लागि मात्र किन - जिमुतवाहनको पत्र आफनो पति र सन्तान छोरा-छोरी दुवैको दीर्घायु र उत्तरोत्तर प्रगतिको आशिष लिएर आओस्।