प्रस, लङगडी, १२ असोज/
आफनो खेतको पानी किन बगाएको भन्दै घोडदौडा पिपरा गाविस-९, टोल लक्ष्मीपुरमा हिजो दिउंसो ५ बजे दुइ पक्षबीच झडप हुंदा दुइजना सख्त घाइते भएका छन्।
सोही गाउं निवासी किसुनदेवप्रसाद यादव र शिवलालप्रसाद यादवबीच खेतको पानी काटेको विषयमा विवाद भएको थियो।
सोही विवादको निहुमा शिवलाल प्रसाद यादव एवं निजका छोरा धनराज यादवले हिजो राति ८ बजेतिर किसुनदेव यादव र निजकी पत्नीमाथि एक्कासि धारिलो हतियार प्रहार गरी फरार भएका छन्। उनीहरूको हात एवं मुखमा गम्भीर घाउ लागेको छ। नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्प, भिखमपुरले स्थिति सामान्य बनाएको थियो। घाइतेहरूको उपचार गाउंमा हुन नसकेकोले वीरगंज लगिएको छ।
त्यसैगरी गाईको गोबरको विषयमा देउरबाना गाविसको कटैया गाउंमा झगडा हुंदा दुइजना घाइते भएका छन्। गोबर राखेको विषयमा छिमेकी गुगुलीप्रसाद कुर्मी तथा ठग राउत कुर्मी परिवारबीच दिउंसो २ बजे झगडा भएको थियो।
सो झगडामा गुगुली प्रसादको छोरीको हात भांचिएको छ भने ठग राउतकी बुहारीको टाउको फुटेको छ। सो झगडा इलाका प्रहरी कार्यालय, पटर्ेवा सुगौलीबाट आएको प्रहरी गस्ति टोलीलेे नियन्त्रण गरेको थियो।