प्रस, पर्सा, १३ असोज/
प्रधानमन्त्री माधवकुमार नेपालले जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता वितरण गर्दा भ्रष्टाचार भएको आरोप लगाएपछि ज्रि्रका, पर्साले कडाइ गरेको छ।
प्रजिअ नागेन्द्र झालाई मातहतका कर्मचारीले नागरिकता लिनका लागि ४० हजार घुस दिनुपरेको चर्चा गर्दै प्रधानमन्त्रीले अविलम्ब छानबिन गर्न निर्देशन दिएपछि प्रजिअ झाले कडाइ गरेका छन्। उनले आफूले नागरिकता वितरणको जिम्मा मातहतका कर्मचारीलाई दिएको अवस्थामा प्रधानमन्त्रीबाट गम्भीर आरोप लागेपछि कडाइ गरेको बताएका छन्। उनले नागरिकता लिन सरोकार राख्ने सम्पूर्ण फाट अगाडि नागरिकताको लागि कुनै पनि प्रकारको दस्तुर नदिन सूचना टांस गरेको बताए। सूचना टांस गरेपछि जनता सचेत भएको आशा गरिंदैछ। नागरिकतामा दस्तुर लिएको गुनासो नआएको हुंदा कारबाईको प्रक्रिया अगाडि बढाउन नसकेको प्रजिअ झाले बताए। खासगरी मतदाता परिचयपत्रको लागि नागरिकता अनिवार्य भएपछि ज्रि्रका, पर्सामा नागरिकता लिनेहरूको दुइ हप्तादेखि भीड बढेको छ। सोही भीडको फाइदा उठाएर नयां नागरिकबाट नागरिकता बनाउंदा दस्तुरी लिने काम तीव्र भएको आरोप लागेकोले सूचना टांस गरेर कडाइ गरेको बुझिन आएको छ।