$type=ticker$count=12$cols=4$cate=0

सडक निर्माणले रतनपुरीको मुहार फेरियो

SHARE:

-जीतलाल श्रेष्ठ/निजगढ
     बाराको उत्तरीभेग स्थित रतनपुरी गाविसको नौवटै वडालाई निजगढ तामागढी राजमार्गसंग जोडने कच्ची सडक निर्माण कार्य सुरु भएपछि रतनपुरी गाविसले पनि छिमेकी गाविस सरह विकास कार्यमा अघि बढ्ने सङकेत देखाएको छ।  विगतका वर्षरूमा पनि सडक निर्माणका नाममा जिल्ला विकासलगायत ठेकेदार र उपभोक्ता समिति तथा समूहद्वारा गाविसको सडक निर्माण हुदै आए पनि सन्तोषजनक कार्य हुन नसकेपछि गाविस मातहत र स्थानीय राजनीतिक दल, सचेत नागरिकहरूको प्रत्यक्ष निगरानीमा सडक निर्माण कार्य सुरु भएको छ। करिब १८ किलोमिटर लामो ग्रेभेलिङ सडकमा प्राविधिकको सुझाव र आवश्यक परामर्श अनुसार गेटिङ , ग्रेभेलिङ कार्य पूरा गरी क्रसरद्वारा उत्पादित धूलो सडकमा बिछ्याउने कार्य जारी रहेको गाविस सचिव आसमहमद अन्सारीले बताएका छन्।
    गाविसको विकास र विस्तारका लागि पहिलो पूर्वाधार सडक नै रहेकोले गाविसको सचिवको कार्यभार सम्हालेदेखि सडक निर्माण गर्न गाउंलेहरूलाई हौंसाएको र गाविस परिषद्मा समेत पहिलो प्राथमिकतामा सडक विकास पँरेकोले सडक निर्माण कार्यले सहजै गति लिन सकेको सचिव अन्सारीको भनाइ छ। गाविस परिषद्बाट ०६६-०६७ सालमा ९ लाख रुपियां यही निर्माणाधीन सडकका लागि विनियोजन समेत गरिएको र नपुग रकम अर्को वर्षविनियोजन गर्ने लक्ष्य लिएको सचिव अन्सारीले जनाए। जिल्ला विकास समिति बाराबाट असार मसान्तसम्म रकम निकासा भई गाविसको खातामा आइपुग्नुपर्नेमा हालसम्म निकासा आइ नसकेकोले काम गर्न कठिनाई भइरहेको उनी बताउंछन्। कोलेनिकाबाट त निकासा भइसक्यो तर अहिलेसम्म गाविसको खातामा रकम आइसकेको छैन- सचिव अन्सारीले भने। जिल्लाका गाविसहरूको विकासका लागि जिल्ला विकास कार्यालय आफैं अघि सर्नुपर्नेमा रकम निकासा रोकिराख्नु लज्जास्पद रहेको सरोकारवालाहरू बताउंछन्। जिल्ला विकासबाट ३ वटा टिपर र १ वटा ग्रेटर उपलब्ध गराएको र अन्य ५ वटा टिपर भाडामा लिई सडक निर्माण कार्य दु्रत गतिमा भइरहेको सचिव अन्सारीले जानकारी दिए। स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट थप अनुदान लिएपछि कार्य गर्न केही सहज भएको अन्सारीले बताए।
    त्यसैगरी गाविसमा रहेका स्थानीय जनमुखी, तपोभूमि, पशुपति, बुद्धज्योति, कल्की, धारापानी, शिवशक्तेश्वरी, कैलाशपति, राधाकृष्ण, जनहित सामुदायिक वन उपभोक्ता समूहद्वारा एक एक लाखका दरले सडक निर्माणमा प्रत्यक्ष सहभागिता रहेपछि ग्रेभेलिङ सडकको मुहार नै फेरिएको छ। गाविसस्थित स्थानीय सामुदायिक वन उपभोक्ता समूहबाट उपलब्ध रकमले क्रसरद्वारा उत्पादित धूलो बिछ्याउने कार्यले सफलता पाएको राधाकृष्ण सामुदायिक वन समूहका अध्यक्ष मीनराज रिमाल र जनहित सामुदायिक वन समूहका सचिव आशाकाजी श्रेष्ठले जानकारी दिएका छन्।
    हालसालै निर्माण गरिएको सडकबाट गांउलेहरूलाई आवतजावत गर्न सहज भएको छ। हाट बजार, किनमेल, औषधि उपचार गर्न निजगढ नै आउनुपर्ने रतनपुरीवासीको बाध्यता रहेको जनाउंदै सडक निर्माणपछि आवागमन सहज भएको स्थानीय ज्ञानबहादुर दोङले बताए। 
पहिले यही सडक भएर निजगढ पुग्न कम्तीमा पनि डेढ दुइ घण्टा लाग्ने, खाल्टाखुल्टी, हिलो हुने गरेको र निर्माण भएपछि पक्की कालोपत्रे पिच सडक सरह समय कम लाग्ने गरेको र सहज भएको गाउंलेहरू बताउंछन्। हाल करिब १० किलोमिटर जङगल क्षेत्र पार गरी गाउंसम्म सडक पुगे पनि करिब १८ किलोमिटर पुर्‍याउने लक्ष्य रहेको सचिव अन्सारीले बताए।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सडक निर्माणले रतनपुरीको मुहार फेरियो
सडक निर्माणले रतनपुरीको मुहार फेरियो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhRWjmYyQk7B2xd9nuucHY2Yuj2jEVx3PirweX24vUzdIlWYHanLOtJmPKRwW4ZtmGh4MYxG1fey5LpooPTe3SUaofPzCrE87ypeXv1bBCMsa-6w5LmzmiOxIgzmo_djoQjy44moRFTJtRz/s1600/sadak.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhRWjmYyQk7B2xd9nuucHY2Yuj2jEVx3PirweX24vUzdIlWYHanLOtJmPKRwW4ZtmGh4MYxG1fey5LpooPTe3SUaofPzCrE87ypeXv1bBCMsa-6w5LmzmiOxIgzmo_djoQjy44moRFTJtRz/s72-c/sadak.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/09/blog-post_6111.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/09/blog-post_6111.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy