प्रस, पर्सा, १० असोज/
स्थानीय निकाय कर्मचारी सङघका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठले स्थानीय निकायको जनप्रतिनिधिहरूको निर्वाचन गराउनर्ुपर्ने बताएका छन्। स्थानीय निकायलाई सरकारले दलगत प्रतिनिधिहरूको सहयोगमा सञ्चालन गर्दा भद्रगोल भएको अध्यक्ष श्रेष्ठले बताए। उनले स्थानीय निकायमा प्रतिनिधिहरूलाई अधिकार नदिएकोले पनि कर्मचारीहरूलाई समस्या भइरहेको बताए।
वीरगंजमा सम्पन्न पांचौं विस्तारित बैठकबारे पत्रकारलाई जानकारी दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले निजामती कर्मचारीका कारण स्थानीय निकायमा भ्रष्टाचार मौलाएको बताए। उनले स्थानीय निकायका प्रमुखलगायत सम्पूर्ण जिम्मेवारी स्थानीय नागरिकलाई दिएको खण्डमा मात्र प्रभावकारिता देखिने दाबी गरेका थिए। श्रेष्ठले प्रधानमन्त्री समेतले स्थानीय निकायमा भ्रष्टाचार भएको भनी दिएको अभिव्यक्ति शत प्रतिशत ठीक नभएको र जति भ्रष्टाचारका कुराहरू छन् ती जिविस, नपा र गाविस प्रमुखहरूबाट हुने हुंदा नै स्थानीय निकायमा स्थानीय कर्मचारी मात्र हुनर्ुपर्ने माग राखेको बताए। पत्रकार सम्मेलनमा उपाध्यक्ष टीका सुवेदी, सचिव हरिङकरप्रसाद कुर्मीलगायत मुकेश गुप्ता र माधव उप्रेतीको सहभागिता थियो।