देश, समाज वा परिवार भनेको आकारमा बाहेक अन्य कुरामा भिन्न हुन्न। जसरी परिवार चलाउन घरमूलीले एउटा संस्कार, संस्कृति र आचार-व्यवहार लागू गर्दछ, त्यसै अनुरूप परिवारका व्यक्तिहरूको व्यक्तित्व निर्माण हुन्छ। त्यही कुरा समाजमा लागू हुन्छ र त्यही देशमा पनि लागू हुन्छ। नयां नेपाल भनियो, गणतान्त्रिक नेपाल भनियो, जसले गर्दा नेपालीको जीवन सुखमय र स्वतन्त्र हुन्छ भन्ने धारणा थियो आज नयां नेपाल त होइन इंटा र कंक्रिटको जङगलमा परिणत भएको छ। जहां अनिवार्य र कानुनसम्मत आवश्यकता पर्ूर्ति गर्न बन्द, हडताल र चक्काजामबाहेक अरू विकल्प देखिंदैन। घरमूलीले भोजन नदिएपछि घरका सदस्यले भ्याएसम्म घरमा, नभए बाहिर गएर चोरी गर्छ। त्यही अवस्थामा नेपालका नागरिकको बनेको छ। राजनीतिक पार्टीरूपी घरमूलीहरू आफनो स्वार्थका लागि जहिले पनि बन्द, हडताल र चक्काजाम गर्छन्, आफूबाहेक अरूको पेट नै छैन भन्ने ठान्छन् भने त्यस देशका नागरिकहरू पनि कम हुंदैनन्।
कलैयामा भर्खरै यातायात व्यवसायीहरूले ३० घण्टासम्म चक्काजाम गरे। उनीहरूको आपत्ति थियो बाराका सडकहरू ठाउं-ठाउंमा ब्रि्रेका छन्। सडक मरम्मत र सम्भारका लागि पाइलापिच्छे टयाक्स उठाइन्छ तर सडक कहिले मरम्मत गरिइंदैन। के जिल्ला विकास समिति र के नगरपालिका तथा गाउं विकास समिति सबै कुनै न कुनै निहुमा रसिदको ठेली लिएर यातायात व्यवसायीहरूसंग मात्र होइन, निजी सवारी साधनसंग पनि पैसा असुली रहेका हुन्छन्। काम गर्न भने कसैले जांगर चलाउंदैन। सडक भनेपछि खाल्टाखुल्टी, पानी र हिलोबाहेक केही हुंदैन अनि यातायात व्यवसायीले गरून् पनि के - चक्काजाम गर्छन्स यही एउटा भाषा हो नेपालमा जसको तत्काल सुनवाइ हुन्छ। यही संस्कृति हो जुन नयां नेपालमा, गणतान्त्रिक नेपालमा फस्टाइरहेको छ। मानिसलाई काम चाहियो र जे गर्दा काम हुन्छ त्यहीं गर्छन्। लोकतान्त्रिक भनेको सरकार राजाशाहीभन्दा पनि अकर्मण्य छ। राजाशाही त करबलले केही काम पनि गरिहाल्थ्यो तर यो लोकतान्त्रिक सरकारलाई भने कामको नामबाटै एलर्जी हुन्छ।
कुरा बारा जिल्लाको मात्र होइन, भर्खरै अस्ति सिस्नेरीमा अनधिकृत पैसा उठाएको भनेर यातायात व्यवसायीहरूले विरोध गरेपछि तीनजना मानिस पक्राउ परे। राजधानीसम्म पुग्ने सानो दूरीको बाटो भनी कुलेखानी प्रोजेक्ट बन्दा र्सर्भिस रोड भनेर बनाइएको र हाल गणेशमान सिंह मार्ग नामाकरण गरिएको, पछि कुलेखानीदेखि काठमाडौंसम्मको बाटोलाई मदनमोहन मार्ग नाम दिइएकोस पहाड काटेर, ढुङगा र बालुवाले भरिएको बाटोमा बग्रेल्ती यातायातका साना साधनहरू चल्न थालेपछि मनपर्दो पैसा उठाउन जताततै ढाट त हालियो तर तिनले आजसम्म एक टिपर बालुवा वा गिट्टी खसालेका छैनन्। न सरकार नै तत्पर भएर सो मार्ग निर्माण गर्छ। अनि दिनहुं त्यस सांगुरो र उबडखाबड मार्गमा दुर्घटना हुने गर्दछ। न सरकार न राजनीतिक दलहरू नै, जसका नेताको नामबाट मार्ग सञ्चालित छ, सडक बनाउन तम्सिन्छन्। सरकारमा पुगेको दलले त कम्तीमा आफनो नेताको नामको सडक बनाइदिनुपर्ने हो १ तर राजनीतिक दलहरूलाई त नाम पो चाहिन्छ कामसंग के दरकार -