बदलिंदो समयसंगै अनुभव र व्यवहारलाई समेट्दै नेपाली काङग्रेसले आफूमा वैचारिक परिमार्जन गर्दै आएको छ। एउटा प्रजातान्त्रिक राजनीतिक दललाई सुहाउने किसिमले परिस्थितिजन्य आग्रहहरूलाई नेपाली काङग्रेसले बेला-बेला अङगीकार गरेको छ। निरङकुश राणाशासनविरुद्ध बन्दुक उठाएर, पञ्चायतकालमा कहिले बन्दुक उठाएर, कहिले मेलमिलापको नीति लिएर त कहिले सत्याग्रह गरेर नेकाले समयप्रवाहसंगै आफूलाई परिवर्तनकामी बनाइराख्यो। अन्तिम समयमा सम्पूर्ण देशको चाहना अनुसार गणतन्त्र रोजेर यस पार्टीले आफूलाई निरन्तर परिवर्तनग्राही र समयानुकूल बनाउन सफल रहेको आजसम्मको इतिहासले देखाएको छ। यसै क्रममा नेपाली काङग्रेसको बार्हौं महाधिवेशनले केही परिवारबाट टाढिंदै केही वंशवादलाई कबुल्दै पार्टी सभापतिमा सुशील कोइरालालाई विजयी बनाएको छ। एउटा परिपक्व र खारिएको नेतालाई सभापतिमा छानेर नेपाली काङग्रेस महाधिवेशनले पार्टीलाई सम्भावित व्रि्रहबाट जोगाएको मान्न सकिन्छ। सुशील कोइरालामा कोइराला परिवारको विरासत पनि झल्किन्छ भने नयां धारको निर्माण भएको पनि मान्न सकिन्छ।
नेपाली काङग्रेसमा अहिले पुरातनपन्थी र अधुनातन सोचबीच सङघर्ष जर्ुर्मुराउन लागेको बेला छ। पुरानो सोचबाट अलिकति पनि विचलित हुन नचाहने पीढी र तत्क्षण नयां सोचलाई व्यवहारमा ल्याइहाल्ने युवा पीढीको वैचारिक अर्न्तर्सङघर्षले अहिले सामञ्जस्यको मार्ग पहिल्याइसकेको छैन। यद्यपि सोच आधुनिक नै ग्राहय भए पनि सन्धिकालमा सबैलाई मिलाएर सङघर्षलाई समन्वयमा ढाल्न सक्नु नेतृत्वको जिम्मेवारी हो। र यस जिम्मेवारीलाई सुशील कोइरालाले पूरा गर्न सक्छन् भन्ने आश गर्न सकिन्छ। किनकि सुशील कोइरालामा पर्ूवसभापतिहरूझैं पदलोलुपता छैन। पार्टी सङगठनप्रति बढी प्रतिबद्ध छन्, जसले गर्दा उनीसंग अन्यको प्रतिस्पर्धा हुन सक्ने सम्भावना देखिन्न। र प्रतिस्पर्धा भएन भने व्रि्रह हुर्कने अवस्था रहन्न। नेतृत्व जहिले पनि जसरी पनि आन्तरिक प्रतिस्पर्धाबाट टाढा रहनर्ुपर्छ। नेतृत्वमा भएको विलक्षण व्यक्तित्वका कारण अरूले चुनौती दिन सक्ने स्थिति नभएर अथवा त्याग गरेर। नेतृत्व प्रतिस्पर्धाहीन भयो भने उसको कुराको महत्त्व सानादेखि ठूला र नयांदेखि पुराना सबैलाई मान्य हुन्छ।
महाधिवेशनबाट अहिले सबै परिणाम आइसकेको छैन। नेतृत्व तहमा पुरानो पुस्तालाई विजयी बनाएर महाधिवेशन प्रतिनिधिहरूले जुन विवेक देखाएका छन् अन्य सदस्यहरूमा पनि त्यस्तै विवेक देखाउन सके नेपाली काङग्रेसमा उत्साह र आंट पलाउन सक्छ। पुरानाको अनुभव र नयां अथवा युवाहरूको जोशको सम्मिलित ऊर्जा कुनै पनि राजनीतिक दलले पाउने हो भने उसको निरन्तरता र अस्तित्व कहिले पनि सङकटमा पर्न सक्दैन। समय अनुसार परिवर्तन हुन सकेन भने व्यक्ति वा समाज वा राजनीतिक दलमा यथास्थितिवाद हावी हुन्छ। यथास्थितिवाद कालान्तरमा रूढिवादमा परिणत हुन्छ र विस्तारै अवसानको मार्ग अवलम्बन गर्न थाल्छ। त्यसैगरी युवाहरूको मात्र वर्चस्व भयो भने पाइला-पाइलामा गल्ती गर्दै पार्टीसहित राष्ट्रको भविष्य नै धमिलो बन्न बेर लाग्दैनस अनुभवहीनता र पुस्तान्तर नभएको नेकपा माओवादीमा देखिने क्षणे रुष्टा क्ष्ँणे तुष्टाझैं।