-इ. गोपाल श्रेष्ठ बजारमा अहिले धेरै किसिमको शिकायत छ ः सामान नपाउनु, पाए पनि आफूले भनेजस्तो नपाउनु, आफूले सोचेभन्दा महंगो हुनु, तौल कम हुनु आदि। यी सबै शिकायतहरूलाई सम्बोधन गर्नु चुनौतीपर्ूण्ा काम हो। बजारमा सामानको अभाव हुने बित्तिकै भाउ ह्वात बढिहाल्छ। त्यसैले कहिलेकाहीं अभावको प्रकृति कृत्रिम पनि हुन सक्तछ। स्वाभाविक अभावलाई सबैले सहन्छन्। तर, कृत्रिम अभावको आभास हुने बित्तिकै सबै आक्रोशित हुन्छन्। आफूले भनेको जस्तो माल पाउनु पनि कहिलेकाहीं त चुनौतीपर्ूण्ा नै हुन्छ। विशेषगरी खाद्यान्न, सागसब्जी, फलफूल, खानेतेल, घ्यू, पेट्रोल/डिजल आदिमा शिकायत छ। यी सामग्रीहरूमा जहिले पनि मिसावट सम्बन्धी शिकायत सुन्न पाइन्छ भने सिमेन्ट, फलामे डण्डीजस्ता निर्माण सामग्रीमा कम तौल सम्बन्धी शिकायत सुन्न पाइन्छ।
सामग्रीबाहेक समाजमा विद्यमान सेवा प्रदान गर्ने निकायहरूजस्तो शिक्षण संस्था तथा अस्पतालहरूविरुद्ध पनि शिकायत दिनानुदिन बढिरहेछ। शिक्षण संस्थामा कहिले शुल्कलाई लिएर विवाद भइरहेछ भने कहिले पढाइको गुणस्तरलाई लिएर विवाद भइरहेछ। कहिलेकाहीं त विभिन्न राजनैतिक विचारधारा लिएर हिंडेका विद्यार्थीहरू त्यसै पनि एक आपसमा समझदारीको कमीले झगडा गरिरहेका हुन्छन्। त्यस्तैगरी अस्पताल/नर्सिङ होममा बिरामी मर्यो कि बबाल भइरहेछ। कहिलेकाहीं त स्थिति सम्हाल्नै नसकिने गरी ब्रि्रेर गएको पनि देखिन्छ। खानेपानी उपलब्ध गराउने निकाय, विद्युत् उपलब्ध गराउने निकाय आदिको पनि यस्तै हाल छ। उपभोक्ताहरू ती निकायहरूको सेवाबाट असन्तुष्ट भई ती निकायहरूविरुद्ध बराबर नाराबाजी गरी रहेका हुन्छन्।
सामग्रीको कारोबार गर्ने व्यापारीहरू तथा सेवा प्रदान गर्ने निकायहरू सम्बन्धी यस्ता शिकायतहरू कसरी न्यून गर्ने - सरकारले सोच्छ कि एउटा बलियो अनुगमन संयन्त्र तयार गरे त समस्या समाधान भइहाल्छ नि १ यो भनेको वन-जंगल संरक्षण गर्न जिल्ला-जिल्लामा वन अधिकृतहरू राखेजस्तो हो। के वन अधिकृतहरूबाट सांच्चि नै वन संरक्षण भइरहेको छ त - गत केही वर्षेखि चुरेभावर क्षेत्रमा भएको वन विनाशको सानो उदाहरणले नै यो रणनीति पर्याप्त छैन भन्ने पुष्टि गर्दछ। जुनसुकै पेशामा पनि केही प्रतिशत व्यक्तिहरू गलत आचरणका हुन्छन्। गलत आचरणका व्यापारीहरूले सरकारी अनुगमन संयन्त्रका पदाधिकारीहरूलाई प्रलोभनमा पारी हाल्छन्। व्यापारीहरूको एकलौटी कमाइ अलिकता भागबण्डामा जान्छ(त्यत्ति मात्र हो। अन्ततोगत्वा उपभोक्ताको समस्या उपभोक्तासंगै रहिरहन्छ।
समस्या समाधान गर्न उत्कृष्ट रणनीति भनेको उपभोक्ता शिक्षा हो र उसलाई विभिन्न सामग्रीहरू तथा सेवा प्रदायक निकायबाट सेवा छान्नको लागि विभिन्न विकल्पहरूको व्यवस्था। यदि एउटै सामान विभिन्न कम्पनीको पाइन्छ भने उपभोक्ताले आफूले पाएको शिक्षा अनुसार कुनै एउटा खास निर्दिष्ट कम्पनीको सामान खरिद गर्दछ। त्यस्तै कुनै सेवा प्रदायक निकायको सेवा लिनु छ भने उपभोक्तामा विकल्प हुनुपर्यो जसले गर्दा उसले आफूले इच्छा गरेको निकायबाट सेवा लिन सकोस्। बजारमा पर्ूण्ा प्रतिस्पर्धाको वातावरण सृजना भए, बजारको विकृति आफैं न्यून भएर जान्छ।