-श्रीमननारायण भारतीय राजनीतिमा नेहरू-गांधी परिवारको त्याग, बलिदान र योगदानलाई अतुलनीय, अविस्मरणीय र अनुकरणीय मानिन्छ। विश्व इतिहासमा नेहरू-गांधी परिवारले आफनो देशका लागि जति योगदान गरेका छन् त्यति अरू कुनै पनि देशका नेताले गरेका छैनन्। विदेशी अङग्रेजहरूको कठोर शासनबाट भारतका जनतालाई मुक्ति दिलाइ देशलाई स्वतन्त्र मुलुकको रूपमा स्थापित गर्न त्यस परिवारले अग्रणी भूमिका निर्वाह गरे। आधुनिक भारतको निर्माणमा त्यस परिवारको भूमिकालाई भारतका जनताले कदापि बिर्सने छैनन्।
स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले भारतलाई स्वावलम्बी, आत्मनिर्भर र विकसित बनाउन एउटा ठोस योजना बनाए। पण्डित नेहरू कुराभन्दा बढी काममा विश्वास राख्दथे। उनको कथन थियो- "कामबिनाको सोचाइ र सोचाइबिनाको काम अर्थहीन अर्थात् व्यर्थ हुन्छ।" उनी कर्मयोगी थिए। पश्चिमी सभ्यता र संस्कृतिमा पढेलेखेका उनी भारतीय परम्परा र संस्कारलाई पनि बिर्सन सकेनन् र आफनो राष्ट्र, संस्कृति र परम्परामाथि उनको गहिरो आस्था थियो। उनी प्रकृतिका प्रेमी थिए। गङगा, हिमालयलाई उनी बढी सम्मान गर्दथे। अङग्रेजहरूको शासनबाट भारत मुक्त भएपछि उनले आफनो देशलाई र्सवप्रथम आत्मनिर्भर बनाउने प्रयास गरे। त्यसैले विकासको दिशामा बढी ध्यान दिए। अङग्रेजहरूले भारतको खनिज सम्पदालाई लुटिसकेका थिए। स्वतन्त्र भारतलाई एउटा सही दिशा प्रदान गर्नु त्यतिबेला गम्भीर चुनौती थियो। उनले प्रतिरक्ष्ँाको क्षेत्रमा बढी ध्यान दिएनन् किनभने यस्तो अवस्थामा कुनै छिमेकीले आफनो देशमाथि आक्रमण गर्ला भन्ने विश्वास उनलाई थिएन। त्यतिबेला उनले चीनलाई साथी-भाइको संज्ञा दिएका थिए तर चीन शत्रु साबित भयो र एक्कासि भारतमाथि आक्रमण गर्यो। भारतको लागि यो गहिरो धक्का थियो। यस चोटले भारतलाई प्रतिरक्ष्ँाको क्षेत्रमा समेत ध्यान दिन बाध्य गर्यो। पण्डित नेहरूले देखाएको सपनालाई साकार गर्नमा देश तल्लीन छ र संयोग आज विश्वको महाशक्ति बन्ने तर्खरमा छ।
पण्डित नेहरूको निधनपछि लालबहादुर शास्त्री भारतका प्रधानमन्त्री भए। उनले भारतलाई प्रतिरक्ष्ँाको क्षेत्रमा पनि बलियो बनाए र पाकिस्तानसंगको युद्धमा भारतले ठूलो सफलता हासिल गर्यो। यद्यपि ताशकन्द सम्झौता अनुसार भारतले जितेको धेरै भू-भाग पाकिस्तानलाई फिर्ता गर्नुपर्यो। जुनकि शास्त्रीलाई मन परेको थिएन। लौह महिला इन्दिरा गांधी पण्डित नेहरूकी सुपुत्री थिइन्। भारतमा धेरै लामो समयसम्म प्रधानमन्त्री बन्ने अवसर उनले नै पाइन्। अन्तराष्ट्रिय राजनीतिमा भारतको उपस्थितिलाई सशक्त बनाउने काम गरिन्। यद्यपि पण्डित नेहरूले पनि शीतयुद्धको समयमा नै मिश्रका नासिर र युगोस्लाभियाका टिटोसंग मिलेर असंलग्न राष्ट्रहरूको समूह गठन गरेर अमेरिका र सोभियत सङघको वर्चस्वलाई चुनौती दिने काम गरेका थिए। इन्दिरा गांधीले पाकिस्तानसंगको युद्धमा पाकिस्तानलाई पराजित मात्रै गरेनन्। पाकिस्तानको अहङकारलाई तोड्न पाकिस्तानको विभाजनमा उत्प्रेरकको काम गरिन्। पाकिस्तान दुइ भागमा विभाजित भयो र पर्ूर्वी पाकिस्तान बङगलादेश बन्यो। यद्यपि पाकिस्तानको विभाजनका लागि स्वयं पाकिस्तानकै शासकहरूको भेदभावमूलक नीति बढी जिम्मेवार थियो। बङगला भाषा र बङगालीहरूमाथि त्यहां धेरै अन्याय हुने गर्दथ्यो। सहन गर्न नसकेपछि बङगलाभाषीहरूले छुट्टै देशको माग गरे। पाकिस्तानको विभाजनपछि भारतले अलि राहत महसुस गर्यो। इन्दिरा गांधीले भारतको समग्र विकासमा ध्यान दिनुका साथै भारतको प्रतिरक्षा क्षेत्रमा समेत ध्यान दिइन् र आणविक परीक्ष्ँण गरेर समेत देखाइदिइन्। यो परीक्षण विश्वजगत्का लागि चुनौती थियो। पार्टीभित्रको कलहलाई पनि उनले कुशलतापूर्वक समाधान गरिन् तथा आफनो नेतृत्व क्षमताको अदभूत प्रदर्शन गरेर देखाइदिइन्। इन्दिरा गांधीको नेतृत्व क्षमतालाई पूरै देशले र पूरै विश्वले कदर गरे। भारतको विकासमा खास गरिकन गरिब र कमजोर वर्गको उत्थानमा उनले धेरै काम गरे। इन्दिरा गांधीले देशका लागि धेरै योगदान गरे पनि उनका आफनै अङगरक्षकले गोली हानी हत्या गरे। उनको निधनभन्दा पूर्व नै उनका कान्छा सुपुत्र युवा नेता र भारतका भावी प्रधानमन्त्रीसमेत कहलिएका सञ्जय गांधीको विमान दुर्घटनामा मृत्यु भयो। इन्दिरा गांधीको निधनपछि राजीव गांधी भारतको प्रधानमन्त्री बने। उनले भारतलाई विज्ञान, सूचना प्रविधि र अन्तरीक्ष्ँ क्षेत्रमा धेरै प्रगति गरेर देखाइदिए। संयोग उनको पनि हत्या नै भयो र भारतले मात्रै होइन विश्वले नै एउटा युवा नेता गुमायो। राजीव गांधीको हत्यापछि सोनिया गांधी राजनीतिमा आइन्। पटक-पटक प्रधानमन्त्री बन्ने अवसर पाएको भए पनि उनले त्यसलाई अस्वीकार गरेर नेहरू-गांधी परिवारको उच्च आदर्श, मान्यता, परम्परा र त्यागको इतिहासलाई निरन्तरता दिइन्। उनका सुपुत्र राहुल गांधी र सुपुत्री प्रियङका गांधी पनि राजनीतिमा पदार्पण गरिसकेका छन्। राहुल गांधी भारतीय काङग्रेसका महासचिव हुन् र चाहेको बखत प्रधानमन्त्री बन्न सक्छन्। तर पदलाई अस्वीकार गर्दै पार्टी सङगठनलाई बलियो बनाउनमा उनले भागीरथ प्रयत्न गरिरहेका छन्। गतवर्षको लोकसभाको निर्वाचनमा काङग्रेसलाई सफलता दिलाउनमा राहुल गांधीको भूमिका महत्त्वपूर्ण रह्यो। भारतको सबैभन्दा ठूलो प्रदेश मानिएको उत्तर प्रदेशको प्रान्तीय निर्वाचनमा सफलता दिलाएर नै केन्द्रको सरकारमा आउने सम्भावना छ। अहिले भारतका युवाहरूका लागि उनी आदर्श बनेका छन्। राहुल गांधीमा पण्डित नेहरू र प्रियङका गांधीको अनुहारमा राजीव गांधीको अनुहार देख्नेहरू धेरै छन्। के नेपाली नेताहरूले भारतको नेहरू-गांधी परिवारको त्यागबाट केही सिक्ने साहस गर्लान्।