-बैद्यनाथ ठाकुर
गञ्जागोल, भद्रगोल, अनिश्चितता, निराशा आफनै डम्फू, चरम अवसरवादी आदिजस्ता शब्दको प्रयोगले आजभोलि नेताहरूद्वारा गरिने उद्घाटन, सेमिनार, बहस आदि मञ्चहरूको कार्यक्रम तथा अखबारका पानाहरू भरिएको देखिन्छ। सबै नेताले आफू र आफनो पार्टी मात्र ठीक, बांकी सबै खराब रहेको टिप्पणी गरेको सुन्दा-सुन्दा, हेर्दा-हेर्दा अथवा पढ्दा-पढ्दा जनता जनार्दनको कान पाकिसकेको छ र आंखा टट्ाइसकेका छन् तर के गर्नु - नेताहरूको झूटको खेती अझैं बन्द भएको छैन। प्रत्येक दिन बिहान उठेदेखि राति नसुतुन्जेल यिनीहरूले सहमति, सहमतिको कुरामात्र गरेको देखिन्छ। गएको चार वर्षमा जेजति यिनीहरूको बीचमा सहमति भए ती सबै शङका र आशङकाकै घेराभित्र छ। प्रत्येक सहमतिपछि यिनीहरू एकले अर्कोलाई बेइमानी गरेको आरोप लगाइरहन्छन् तर फेरि पनि असहमतिका लागि तथाकथित राष्ट्रिय सहमति कायम गरिरहन्छन्। आफनो मतलब सिद्ध गर्न आफूले गर्नै नसक्ने, इच्छा नै नभएको कुरामा पनि सहमति गरेर आउंछन्। र, पछि मैले फलानोको कुरोमात्र राखिदिनको लागि मानिदिएको, मेरो वा हाम्रो इच्छा न रहेको जस्ता उद्गार निर्लज्जतापर्ूवक व्यक्त गरिरहन्छन्। हाम्रो नेताहरूको यस्तो चरित्रबाट जनतामात्र होइन उनीहरू आफू-आफू पनि एक अर्काबारे जानकारछन् तर पनि धुर्त्याइं र फटाइंगिरीको साम्राज्य नेताहरूले बेरोकटोक जनताको नाउंमा चलाइरहेका छन्।
सबैलाई थाहा छ नेपालको वर्तमान राजनीति समीकरणमा सबै पार्टीहरू एकातिर र ए. माओवादी एकातिर रहेको अवस्थामा छ। दिल्ली सम्झौता भएदेखि हालसम्मको अवस्थाको वास्तविकता यही हो। छिमेकीको घरमा धेरै सुख, शान्ति भयो भने आफनो घरभित्र पनि त्यसलाई कसरी ल्याउने उद्यम गर्ने छिमेकी थोरै भेटिन्छन्। सामन्ती समाजको संस्कार नै के हो भने आफनो घरमा सुख, शान्ति, खुशीयाली, सम्पन्नता, समृद्धि र सुसंस्कार कसरी स्थापना गर्ने त्यर्सतर्फ न कहिले परिवारका सदस्यहरूलाई बसाएर छलफल गरिन्छ न विगतको कामको समीक्षा नै। आफनो घर परिवारमा के चीज ब्रि्रेर, कहांनिर के त्रुटि भएर आफूहरू चौबीसैघन्टा छिमेकीको घरको सुख, शान्ति कसरी हरण गर्न सकिन्छ, के गर्दा त्यहां व्रि्रह उत्पन्न गर्न सकिन्छ भन्ने कुरामा मात्रै मगज खर्चेको देखिन्छ। यही प्रवृत्ति हाम्रो राजनीतिक पार्टीहरूमा पनि हावी छ। हाम्रा नेताहरू यही कुसंस्कारले भरिभराउ छ। हाम्रा नेताहरूले दुइवटा काम बडो साहसिक ढङगले सफलतापर्ूवक सम्पन्न गर्न जानेका छन्। पहिलो भ्रष्टाचार गर्न र दोस्रो झूटो बोल्न। यसबाहेक यिनीहरूसंग राम्रो भन्ने के छ र -
राष्ट्रिय सहमतिको नाउंमा नेकपा एमालेले ३९१ सभासद्को र्समर्थनको हस्ताक्षर झलनाथ खनालसंग हुंदाहुंदै पनि किन प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लियो - दुइ घन्टा भए पनि मलाई समय दिनुस् म ४०१ को र्समर्थन ल्याउंछु भन्दा किन दिइएन - जबकि त्यही प्रधानमन्त्रीको ७ गतेको चुनावमा एघार बजे भनिएको चुनाव रातको आठ बजे हुंदा पनि केही ब्रि्रेन। एमाले पार्टीभित्र पार्टी अध्यक्ष झलनाथ खनाल र स्वयं एमाले पार्टीलाई नै बलियो बनाउनेहरूको पकड छ वा गैरकम्युनिस्ट, राजावादी, यथास्थितिवादी तथा दक्षिणपन्थीको बोलबाला छ, त्यो उजागर हुन झलनाथ उम्मेदवारी प्रकरणपछि अझैं बांकी छ र - आफनो अध्यक्षको पक्षमा ३९१ मत भए पनि एमालेलाई मान्य नहुने, ४०१ पुर्याउंछु दुइ घन्टा समय माग्दा पनि विचरा झलनाथले नपाउने तर तेस्रो पटकको चुनावसम्म पनि सहमति कायम भएन भने नेपाली काङ्ग्रेसलाई नै र्समर्थन गर्नुपर्छ भनी अभिव्यक्ति दिने आंट एमालेका केपी ओली तथा विद्या भन्डारीमा कहांबाट आयो -
सत्ताको फोहरी खेलमा फोरमजस्तै कतै एमालेलाई पनि विभाजन गर्न यिनीहरू सक्रिय त छैनन् - एमालेभित्रका वामपन्थीहरूले सावधानी र निगरानी राख्नु जरुरी छ। साथै एमालेको तटस्थ बस्ने निर्णयले मुलुकलाई नै बन्दी बनाउन खोजेको हो कि होइन - यसबारे पनि बेलैमा एमालेले सोच्नुपर्ने होइन र - वर्तमान अवस्थामा प्रतिनिधिसभा -संसद्) भित्र ६८ प्रतिशत वामपन्थीहरूको उपस्थिति भएर पनि किन वामपन्थीहरू मिलेर अगाडि बढ्न सक्दैनन् - प्रगतिशील संविधान जारी गर्दै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन प्रगतिशील, राष्ट्रवादी, देशभक्त तथा अग्रगमनकारीहरूको संयुक्त साझा सरकार बनाउन छोडेर दिल्ली दरबारको इशारामा दक्षिणपन्थी तथा बर्ुर्जुवा यथास्थितिवादी काङ्ग्रेसी जस्ताहरूको पछि एमाले किन लागेको छ - के संविधानसभामा भएका कम्युनिस्टहरू आफनो चरित्र गुमाइसकेका छन् - नाउं र झन्डा मात्रै वामपन्थी, काम चाहिं हामपन्थी हो कि - होइन भने जनतामात्र होइन भने मुलुककै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी, दस वर्ष जनयुद्ध लडेर आएको आफनै सेना र हतियारसमेत जनमुक्तिको लागि राखेको ए. माओवादीसंग वामपन्थी मिल्न नसक्नुको कारण के हो - किन माओवादीको नेतृत्व स्वीकार गर्न एमालेलगायत वामपन्थीहरूलाई गार्हो भइरहेको छ - राजा र राजावादीलाई सजिलै स्विकार्ने र्सर्ूयबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकारमा जानसक्ने एमालेलाई ए. माओवादीको नेतृत्व स्वीकार्य नहुने कारण के - काङ्ग्रेस पच्ने कम्युनिस्ट नपच्ने किन -
ताप्केको बिंड तातेर सेल पाक्दैन त्यसको लागि ताप्के तात्नर्ुपर्छ। खसी, बोका जति बलियो, मोटोघाटो भए पनि त्यसले न त खेत जोत्छ न गाडा तान्छ। एमाले र नेपाली काङ्ग्रेसजस्ता बर्ुर्जुवा पार्टीले नै यो मुलुकको भविष्य उज्ज्वल पार्ने भए किन जन्मिन्थे माओवादी - फटाहा, दलाल, शोषक, सामन्त, दलाल पूंजीपति तथा देशी, विदेशी प्रतिक्रियावादीहरूलाई ए. माओवादी मन परे पनि नपरे पनि ढिलो-चांडो मुलुकको नेतृत्व उसैले गर्नु पर्छ र गर्छ नै भन्ने कुरा दक्षिणपन्थीहरूले बुझनु जरुरी छ। अज्ञानताले ज्ञानलाई अन्धकारले प्रकाशलाई र दमनले मुक्तिलाई जति जुक्ति गरे पनि रोकेर राख्न सक्दैन। ए. माओवादीको नेतृत्वबिना न कुनै सरकार देशमा चल्न सक्छ न टिक्न सक्छ। यस्तो यथार्थ बेलैमा हाम्रो नेताजीहरूले किन बुझदैनन् - १३ महिनासम्म माधव नेपालको नेतृत्वमा माओवादीबिनाको सरकार बहुमत हुंदाहुंदै किन ढल्यो - १३ महिनासम्म माकुनेको प्राथमिकताको शान्ति र संविधानमध्ये कुनै एउटै कामलाई एक इन्चमात्रै भए पनि किन सरकारले अगाडि बढाउन सकेन - आजको आवश्यकता नै ए. माओवादीको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार निर्माण गरी प्रतिपक्ष बिनाको सबै मिलेर शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षमा पुर्याउंदै कम्तीमा प्रगतिशील संविधान जारी गर्नु हो भन्ने कुरो नेताहरूले बेलैमा बुझेर निषेधको राजनीतिबाट मुक्त हुनर्ुपर्छ अन्यथा भविष्यमा आउने राजनीतिका ज्वारहरूले कसलाई कहां पुर्याउंछ अहिले नै भन्न सकिन्न।