प्रस, पर्सा, ९ साउन/
पर्सा जिल्लाको ८२ गाविस र वीरगंज उपमहानगरपालिकाको १९ वडामध्ये दुइवटा गाविसका दलितहरूले मात्र शौचालय निर्माण गरेको तथ्य सार्वजनिक भएको छ। पर्सा जिल्लाको बिरुवागुठी र लालपर्साका दलितहरूले मात्र खुला दिसापिसाबविरुद्ध अभियानलाई सहयोग पुर्याउंदै शौचालय निर्माण गरेका छन्।
यी दुइ गाविसबाहेक हजारौंको सङ्ख्यामा पर्सा जिल्लामा रहेका दलितहरूले शौचालय निर्माण गरेका छैनन्। नेपाल रेडक्रस सोसाइटी, पर्साका अध्यक्ष श्याम पोखरेल दलित समुदायलाई सामूहिकरूपमा सार्वजनिक शौचालयको व्यवस्था गरिनुपर्ने बताउंछन्।
उनको भनाइ अनुसार अर्ढाई हजारमा निर्माण हुने रिङ् ट्वाइलेट व्यवस्था गर्न दलितहरू आर्थिकरूपले अक्षम रहेका साथै केही सक्षम चाहि जग्गा नभएको तर्क दिंदै पन्छिने गरेका छन्।
सभापति पोखरेलले केही दलित बस्तीमा सामूहिक सार्वजनिक शौचालय निर्माण गरिए पनि त्यसको अनुगमन हुन नसकेकोले सोबारे तथ्य कुरा आउन नसकेको बताए। सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका कार्यक्रम संयोजक बृजकिशोर पटेल जिल्लाको लालपर्सा र बिरुवागुठीलाई खुला दिसापिसाबमुक्त गाविस घोषणा गर्दा दलितहरूले समेत शौचालय बनाएको बताए। रामनगरी गाविसका गरिबहरूले शौचालय बनाएको भए पनि पर्सा जिल्लाको अधिकांश गाविसमा रहेका दलितहरू शौचालयविहीन र खुला दिसापिसाब गरिरहेका छन्।
पटेलका अनुसार अधिकांश दलितहरू निश्शुल्क शौचालयको निर्माण होस् भन्ने चाहना राख्छन्। तर एनजीओसीसी लगायतले ग्रामीण क्षेत्रमा अथवा नगरपालिकामा काम गर्दा सम्बन्धित गाविस/वडा सचिवको सिफारिस र समुदायबाट शौचालय माग भए मात्र निर्माण गरिने गरेकोमा दलितहरू पहंुचको अभावमा पनि प्रक्रियागत रूपमा पछिपरेका छन् र सहुलियमा शौचालय निर्माण गर्नबाट वञ्चित भएको हुन सक्ने बताइएको छ।
उनको भनाइ अनुसार खुला दिसापिसाबका कारण पर्साका दलित समुदाय विभिन्न रोगको शिकार भएका छन्।