कसैले सोधिहाले यस्ता प्रश्नहरू भने कृपया उत्तर नदिनु होला। प्रश्न नं. १ नेपालमा प्रधानमन्त्री बन्ने कोही व्यक्तित्व शेष छ - प्रश्न नं. २ यो देशमा बस्नेहरू भित्र कतै राष्ट्रवाद अद्यापि जीवित छ - प्रश्न नं. ३ यो मुलुकलाई कुन राष्ट्रले आजसम्म आफनो प्रभुत्वमा राखेको छ -
यी तीन प्रश्नहरू हुन्, जसलाई यक्ष प्रश्न भने पनि हुन्छ। प्रश्नको उत्तर अवश्य नै हुन्छ। उत्तर अन्तर्निहित हुन्न भने प्रश्नको जन्म पनि हुंदैन। त्यसैले कतै चोकमा जम्मा भएकाहरू, कतै चिया खांदै गफमा प्रश्नहरूको उत्तर खोज्दै गरेकाहरू प्रशस्त मानिसहरू भेटिन्छन्। यस्तै प्रश्नहरू बेला-बेलामा क्लास लिजर भएको बेला पनि उठ्ने गर्दछ। एउटा नागरिक, एउटा शिक्षक, अनि एउटा देशको प्रबुद्ध वर्गले दिनहुं, प्रतिक्षण प्रश्नहरू गर्ने पनि गर्छ। तर सहज उत्तर भने कसैले दिन सक्तैन। यदि उत्तर दिइहाले पनि मनभित्रको भावनालाई गुम्साएर, अधरमा बनावटी हांसो ल्याएर उत्तर दिने गर्छन्। छलफल गर्छन्। आज त्यही उत्तरको खोजी गर्नुपरेको छ।
नेपालमा प्रधानमन्त्री बन्ने कोही व्यक्तित्व शेष छ -
व्यक्तिहरू प्रधानमन्त्री बन्नको लागि त प्रशस्त छन्। प्रत्येक पार्टीभित्र त्यस्ता अनुहारहरू पनि देखिन्छन्। तर एउटा राष्ट्रलाई दिशा दिन सक्ने व्यक्ति हैन, व्यक्तित्वको आवश्यकता यस बेला महसुस गरिएको छ। नेपालमा प्रधानमन्त्रीहरू त थुप्रै भए। एउटै व्यक्ति धेरैपटक पनि प्रधानमन्त्री बने। तर प्रधानमन्त्री बनेर मात्रै देशको समस्या हल हुने स्थिति छैन। जनान्दोलनपश्चात् नेपालले तीनजना प्रधानमन्त्री पायो। गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल ँप्रचण्ड’ अनि माधवकुमार नेपाल। त्यसपछि देशले प्रधानमन्त्री पाउन सकेको छैन। विश्वमा कतै नभएको घटना यसै मुलुकमा घट्ने गर्दछ। प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया पनि कतै पटक-पटक सारिन्छ - प्रश्नमाथि प्रश्न १
एकपटक मिति तोकियो। बहुमत कसैले पाउन सकेन। दोस्रोपटक मिति तय भयो। त्यसबेला पनि उम्मेदवारहरूले आफूलाई प्रधानमन्त्रीको रूपमा विजय हासिल गराउन सकेनन्। र, अन्त्यमा तेस्रोपटक साउन १७, २०६७ को मिति तोकिएको छ। गिनिज बुकमा त रर्ेकर्ड राखिने गरिन्छ। कतै हाम्रा देशका प्रधानमन्त्रीका उम्मेदवारहरूले अनि प्रधानमन्त्री बनाउने सिस्टमले त रर्ेकर्ड कायम गराउन खोजेको होइन - यदि यस्तै नियत राखेको हो भने भन्नु केही छैन। हैन भने यस्तो नियति बारम्बार नेपाल र नेपाली जनताले भोग्नु नपर्ने हो। तर विडम्बना, जनताले एउटा प्रधानमन्त्रीसमेत प्राप्त गर्न सकिरहेको छैन। यस्तो अवस्थालाई कुन शब्दले सम्बोधन गर्ने - के नेपालमा प्रधानमन्त्री बन्ने व्यक्तित्व नै शेष छैन भन्ने त -
प्रधानमन्त्री पद प्राप्त गरेर मात्रै कुनै पार्टीको लिडरले सफलता हासिल गर्छ भने त्योभन्दा ठूलो भूल अर्को केही हुनै सक्तैन। अहिलेमात्र प्रधानमन्त्री देशलाई चाहिएको छैन, ए.बी.सी. नाम गरेका प्रधानमन्त्री जो बने पनि अन्ततः देशले सङ्क्रमण समाप्त गर्न खोजेको छ। यदि कुनै व्यक्तिभित्र सङ्क्रमणकाल समाप्त गर्ने व्यक्तित्व छ भने मात्र प्रधानमन्त्री बने हुन्छ। नभए मात्र इतिहासको पानामा आफनो नाम लेखाउन, आरोपको थुप्रो मात्र आफनो नाम अगाडि लेख्न लगाउन प्रधानमन्त्री नबने बेस हुन्छ। प्रधानमन्त्री मात्र सबैलाई चाहियो। तर जनतालाई के चाहिएको छ, जनताको भावनाभित्र कस्ता वेदना लुकेको छ, कतै, कसैले खोज्ने प्रयास गरेका छन् -
-प्रश्न नं. २ राष्ट्रवाद जीवित छ ?
राष्ट्र जीवित छ तर राष्ट्रवाद शब्दमा मात्रै शेष छ। एउटा भारतीयलाई थाहा छ, राष्ट्रवादको व्यथा १ एउटा चिनियांलाई थाहा छ, राष्ट्रवादको अर्थ अनि एउटा जापानीलाई थाहा छ, राष्ट्रवाद कति प्यारो हुन्छ। तर एउटा नेपालीलाई कहिले पनि कसैले पनि राष्ट्र र राष्ट्रवादबारे भावना व्यक्त गरेको छैन। राणाले शासन चलाए। अङ्ग्रेजसंग राष्ट्रवाद साटासाट गरे। शाह वंशले शासन चलाए। पञ्चायततन्त्रभित्र राष्ट्रवादलाई सीमित राखे। पञ्चायत मान्ने, स्वीकार गर्नेहरू मात्र राष्ट्रवादी, अरू राजनैतिक प्रणालीलाई स्वीकार गर्ने अराष्ट्रवादी। आज सबै पार्टीहरूले राष्ट्रवादको वकालत गर्छन्। शब्दमैं भए पनि राष्ट्र चाहिन्छ भन्छन्। तर शब्दबाट मात्रै राष्ट्रियता झल्कंदैन। एउटा विदेशीको अगाडि नतमस्तक भएर जनतामा राष्ट्रवाद कहिले जागृत हुने हो ? फेरि प्रश्नमाथि प्रश्न।
सन् १८७र्१र् इ. मा जर्मनी एकीकरणको क्रममा प्रशाले फ्रान्सलाई पराजित गरेपछि बिस्मार्कले फ्रान्सका दुइ महत्त्वपूर्ण क्षेत्र एल्सस र लोरेन हड्पेका थिए। ती दुइ प्रान्त फ्रान्सले गुमाउंदा त्यहांका कवि, लेखकहरूले एल्सेस र लोरेनबारे थुप्रै कविता लेखे। लेख लेखे। स्कूले छात्रछात्राले ती प्रान्तहरूबारे रचिएका कविता स्कूलमा गाउंदा आंखाबाट आंसु झार्थे। युवकहरूले कविताका पङ्क्तिहरू पढ्दा प्रतिशोधको भावना मनभित्र जागृत गराउंथे। तर नेपालमा शासकहरू अनि वर्तमानमा शासक बन्न चाहनेहरूले कहिले कतै देशको व्यथाबारे लेखिएका कविता पढेका छन् ? सन् १८१६ इ.मा गुमाएका क्षेत्रहरूबारे सपनामा पनि सोचेका छन् ?
ती त अतीत बनिसके सन् १८१६ तर विद्यमान अवस्थामा पूर्व-पश्चिमसम्म फैलिएको क्षेत्रहरूलाई जीवित राख्न त सक्नुपर्ने हो। राष्ट्रसंग खेलवाड गरिएका अवस्थाप्रति त संवेदनशील बन्नुपर्ने हो। तर खै, प्रधानमन्त्रीभित्र राष्ट्रवाद ? अहिले राष्ट्रवादको अर्थ सांचोरूपमा भन्ने हो भने प्रधानमन्त्री बन्नु नै हो। राष्ट्रमा आफनो वाद लागू गरेर नै राष्ट्रवाद देखाउनु हो। नेपालका पार्टीहरूमा राष्ट्रवाद त मात्र वादमा जीवित रहेछ। वाद लागू भएपछि राष्ट्रवादको अर्थ र्सार्थक हुन्छ !
-प्रश्न नं. ३ मुलुकलाई कुन राष्ट्रले आफनो प्रभुत्वमा राखेको छ -
मुलुक त र्सार्वभौम छ। स्वतन्त्र पनि छ। यो यथार्थलाई प्रधानमन्त्री बन्न चाहनेहरूले बुझेकै छन्। नेपाल परापूर्वकालदेखि नै स्वतन्त्र थियो, आज पनि छ र भोलि पनि रहने छ। घमण्ड गर्ने शब्दहरू हुन् यथार्थमा भन्नुपर्दा। तर यथार्थ कतै, कसैबाट लुकेको छैन। तैपनि किर्ंकर्तव्यविमूढ बन्न पुगेका छन् आज प्रधानमन्त्री, प्रधानमन्त्री बन्न चाहनेहरू।
एउटा सत्य सबैलाई राम्ररी थाहा छ। विश्वमा प्रायः सबै राष्ट्रले कुनै न कुनै बेला आ-आफनो स्वतन्त्रता गुमाएका थिए। तर आज जापान स्वतन्त्र छ, चीन स्वतन्त्र छ अनि छिमेकी राष्ट्र भारत पनि स्वतन्त्र छ। प्रायः सबैले बेला-बेलामा राष्ट्रिय अपमान सहेका थिए। तर ती सबैले राष्ट्रिय अपमान बोध गरी आ-आफनो राष्ट्रलाई अघि बढाए। सफल पनि भए। जापानीभन्दा अनि चीनभन्दा कतै कुनै राष्ट्रले अपमान सहेको छ ? विदेशीबाट आफनै सन्तान बलात्कृत भएको दृश्य हेरेको छ ? चिनियांहरूले हेरे। जापानीहरूले राष्ट्रिय अपमान बोध गरे। र आज ती घाउलाई निको पारे। तर यहां भने प्रधानमन्त्री बन्न मात्र चाहनेहरूले न विदेशी प्रभुत्वबारे बुझन खोजेका छन् न जनतालाई बोध गराउन चाहेका छन्।
हिजोसम्म राणाकालमा अङ्ग्रेजको प्रभुत्व, ०७ सालपछि विदेशीको प्रभुत्व। साना, मसिना समस्याको समाधानको लागि पनि विदेशीकै सल्लाह चाहिने। यस्तो अवस्थामा नेपालमा राष्ट्रवाद ? फेरि प्रश्नमाथि प्रश्न।
देशबारे सोच्ने फुर्सद अहिले कसैलाई छैन। किनभने अहिले देशले सोच्नुपरेको छ? भावी प्रधानमन्त्रीबारे। एउटा राष्ट्रपति चिन्तित बन्छन्, भावी प्रधानमन्त्रीबारे। एउटा नागरिकले सोच्न थाल्छ? भावी प्रधानमन्त्रीबारे। त्यसैले अहिले प्रश्नहरू थुपार्ने र प्रस्तुत गर्ने बेला हैन, देशलाई प्रसव वेदनाबाट मुक्त पार्ने एउटा व्यक्ति हैन, व्यक्तित्व चाहिएको छ, जुन व्यक्तित्वभित्र यो देश पनि नेपाल हो भन्न सक्ने आंट होस्, नेपाली पनि विदेशी जस्तै स्वतन्त्र नागरिक हुन् भन्ने साहस होस् अनि यो मुलुक कसैको इशारामा नाच्ने निर्णयको बन्दी बन्ने राष्ट्र हैन भन्ने सोच होस्। त्यसैले अहिले प्रश्नमात्र पस्किने हैन, मात्र अनुत्तरित प्रश्न पनि गर्ने हैन।