प्रस, कलैया १४ साउन/
संविधान निर्माण नभएकोमा छ सय एकजना सभासद् दोषी रहेको भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवानले बताएकी छन्। कलैयामा दलित जनजाति उत्थान केन्द्र, बाराद्वारा युएसएआइडीको सहयोगमा सञ्चालित स्थानीय विकासमा सहभागिता तथा जवाफदेहिताको लागि युवा परिचालन कार्यक्रम अर्न्तर्गत जिल्ला स्तरीय सरोकारवालाहरूसंग भएको बैंठकलाई शुक्रवार उनले सम्बोधन गरेकी हुन्।
सहायक मन्त्री पासवानले कर्ुर्सर्ीीे तानातान कारण दुइ वर्षमा संविधान बन्न नसकेको बताइन्। उनले उक्त अवसरमा थप एक वर्षमा पनि संविधान बन्नेमा शङका गरिन्। संविधान नबन्नमा विशेषगरी तीन दलका नेताको सबैभन्दा बढी दोष रहेको उनको कथन थियो।
जनताले दिएको जिम्मेवारी पूरा नगरेको कारण आफूलाई खिन्नताबोध भएको उनले बताइन्। उनले बाराको जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालयमा व्यापक भ्रष्टाचार रहेको चर्चा गरिन्। यस्तो भ्रष्टाचार गाविसमा समेत संस्थागत हुंदै गएकोमा उनले चिन्ता प्रकट गरिन्। गाविस सचिव खोज्न कलैयाको कोठा-कोठा चहार्नुपर्ने बाध्यता रहेको उनको कथन थियो। उनले सेनामा मधेसी समावेशीकरणको माग गरिन्। मकै पीडित किसानहरूलाई वितरण भइरहेको रासायनिक मलमा व्यापक अनियमितता रहेको चर्चा गर्दै मन्त्री पासवानले विकास निर्माण अत्यन्त शिथिल रहेको र काम नहुंदा पनि विकास भएको भन्दै रकम फछर्र्योट भइरहेको उनले बताइन्।
कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष हरिशङकर रामको र सञ्चालन ओमप्रकाश ठाकुरको थियो । उक्त अवसरमा भरतप्रसाद यादव, गुरुप्रसाद गौतम, श्याम गुप्ता, कमलदेव कुशवाहाले मन्तव्य व्यक्त गरेका थिए।