प्रस, कलैया, १२ साउन/
मरेको भनेर घर परिवारले अन्तिम संस्कारको केही विधि पूरा गरिसकेपछि बारा कबहीगोठ-२ निवासी ३५ वर्षीय दिपक राम फेला परेका छन्। आफना पतिलाई कुटपिट गरी हत्या गरी शव बेपत्ता बनाएको भनी दिपककी पत्नी विपती देवीले जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी दिएकी थिइन्।
विपतीले बारा हर्दिया-९ निवासी लाल राय यादव, उनका छोराहरू ननक राय यादव, रतन राय यादव, भाइ असर्फी राय यादव, छिमेकी गगनदेवप्रसाद यादवउपर उजुरी दिएकी थिइन्। उनले दिपकलाई असार १६ गते राति कुटपिट गरी हत्या गरी शव बेपत्ता बनाएको भनी प्रहरीमा किटान जाहेरी दिएकी थिइन्। असार १६ गते बुधवार राति करिब डेढ बजे दिपक रामलाई हर्दिया-९ निवासी लाल राय यादवको घरमा चोरी गरेको आरोपमा गाउंलेले नियन्त्रणमा लिई कुटपिट गरेका थिए। स्थानीय बासिन्दाले दीपकलाई बांधेर राख्न लालको जिम्मा लगाई घर फर्केपछि दिपक सोही रात भाग्न सफल भए। किटानी जाहेरीपछि प्रहरीले पक्राउ अभियान सुरु गरेको थियो। पछि हत्याका आरोपित लाल परिवारसमेतले दीपकको खोजतलाश सुरु गरे।
खोजतलाश पछि साउन सात गते शुक्रवार दिपक भारतीय तथा नेपाली प्रहरीको सहयोगमा भारतको पूर्वी चम्पारण माघी बरवाबाट पक्राउ परेका थिए। बेपत्ता भएको अवधिमा आफू ससुरालीमा बसेको भनी दिपकले प्रहरीमा बयान दिएका छन्।