प्रस, कलैया, ११ साउन/
यस भेगका कृषकहरूलाई उखु खेतीप्रति आकरि्षत गर्न यहांको एक चिनी मिलले अनुदान वितरण थालनी गरेको छ। बारा मनहर्वा-५ श्रीपुर बारास्थित मामकौर सुगर एन्ड केमिकल इन्डस्टि्रजले मङगलवारदेखि अनुदान वितरण थालनी गरेको हो।
उक्त उद्योगले एक कार्यक्रमबीच बाराका १७ कृषकलाई एक लाख ३० हजार रुपियां चेकमार्फत् अनुदान वितरण गरेको छ। बाराका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद नेपाल, उद्योगका अध्यक्ष वीरेन्द्र संर्घाई, डाइरेक्टर सन्दिप अग्रवालले यहांका किसानहरूलाई अनुदान प्रदान गरेका हुन्। उद्योगले आफनो क्षेत्रका एक हजार एक सय त्रिपन्न बिघामा उखु खेत लगाएका कृषकहरूलाई अनुदान दिने कार्यक्रम तय गरेको उक्त उद्योगका महाप्रबन्धक शिवनाथ शर्माले बताए।
उद्योगले कात्तिकमा उखु लगाउनेलाई प्रतिबिघा दर्ुइ हजार दर्ुइ सय ५० र माघमा लगाउने कृषकलाई प्रतिबिघा तीन हजारका दरले अनुदान दिने योजना रहेको शर्माले जनाए।
अनुदान वितरण कार्यपश्चात् सञ्चारकर्मीसंग कुरा गर्दै उद्योगका डाइरेक्टर सन्दिप अग्रवालले उद्योग र कृषकबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए।
उनले नेपाल कृषि प्रधान देश भएको बताउंदै कृषि र उद्योगबीच नङ र मासुको सम्बन्ध भएको बताए। उनले सरकारले चिनीमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएर चिनी उद्योगलाई प्रत्यक्ष मारमा पारेको गुनासो गरे। भारतबाट अवैधरूपले चिनी आइरहेको कारण नेपाली चिनीमिलले ठूलो नोक्सान बेहोरिरहेको उनले बताए। नेपालमा जति चिनी उत्पादन हुन्छ त्यति नै भारतबाट आइरहेको उनको भनाइ थियो। गत वर्ष मिलले पांच लाख ५५ हजार क्विन्टल चिनी उत्पादन गरेको थियो। उक्त उद्योगले आउंदो वर्षमा २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको अग्रवालले बताए।
उद्योगलाई विस्तारै नेपालको सबैभन्दा ठूलो चिनी उद्योग बनाउने लक्ष्य रहेको उद्योगका अध्यक्ष वीरेन्द्र संर्घाईले जनाए। संर्घाईले सरकारले कृषिजन्य उद्योगलाई संरक्षण दिनुपर्ने कुरामा जोड दिएका थिए।