प्रस, हेटौडा, १२ साउन/
मकवानपुरबाट विभिन्न समयमा हराएका अधिकांश मानिसहरू फेला परेका छैनन्। सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा मानिस हराएको सूचना आउने गरे पनि अधिकांश फेला परेको रर्ेकर्ड देखिएको छैन। गत आर्थिक वर्ष २०६६/०६७ मा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ३४ जना व्यक्ति हराएको दर्ता भएको छ।
जसमध्ये एकजना मात्र फेला परेको तथ्याङ्कले देखाउंछ। जिल्ला प्रहरी कार्यालयको महिला सेलमा १ सय ६ जना महिला तथा बालबालिका हराएको उजुरी परेको छ। जसमध्ये ८० जना फेला परेको सेलकी प्रमुख रत्ना श्रेष्ठले बताइन्।
त्यस्तै गत आव २०६६/०६७ मा बाल मजदुर सरोकार केन्द्र -सिविन) बाल हेल्पलाइन मकवानपुरमा ३८ जना बालबालिका हराएको जाहेरी परेको छ। हराउनेमा २५ जना बालक र १३ बालिका रहेका छन्। हराएकामध्ये १६ जना मात्र फेला परेका छन्। त्यसभन्दा अघिल्लो वर्ष ४३ जना हराएकामा २५ जना मात्र फेला परेका थिए। बर्सर्ेे मानिस हराउने र थोरै मात्र फेला पर्ने गरेका छन्। हराउनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्। टाढाका गाउंघरबाट हराएका धेरै उजुरीहरू प्रहरीसम्म पनि नआइपुग्ने गरेको अधिकारकर्मीहरूको ठहर छ।
सिविन बाल हेल्पलाइनका कार्यक्रम संयोजक झवीन्द्र ज्ञवालीका अनुसार गाउं, टोलका बासिन्दाले खोजीको पहल गर्ने र नभेटिएमा बल्ल सङ्घसंस्थाहरूमा पुग्छन्। सङ्घ-संस्थाहरूबाट समेत खोजी गर्दा नभेटिएपछि प्रहरीसम्म उजुरी पुग्ने गरेको छ। बर्सेनि बेपत्ता कैयौं मानिस तथ्याङ्कमैं नआउने गरेको ज्ञवाली बताउंछन्।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक रामकृष्ण सापकोटा भने हराएको समयमा उजुरी गर्ने गरेको भए पनि मानिस फेला परेपछि कार्यालयलाई जानकारी दिने नगरेको कारण पनि भेटिनेको तथ्याङ्क कम भएको बताउंछन्। तथ्याङ्कमा नपाइए पनि यथार्थमा बढी नै मानिसहरू फेला पर्ने गरेको सापकोटाको दाबी गरे। मकवानपुबाट हराउनेहरूमा प्रेमविवाह गर्ने र अन्तर्जातीय विवाह गर्नेहरू बढी छन्। अभिभावकविहीन, बाटो भुलेका र यातना पाएका बालबालिकाहरू धेरै हराउने गरेका छन्। हराउनेहरूको सङ्ख्या ठूलो भएको भन्दै राज्यले खोजतलास गर्नुपर्ने अधिकारकर्मी झवीन्द्र ज्ञवाली बताउंछन्।