प्रस, वीरगंज, १० साउन/
नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य उपचारका लागि पुग्ने बिरामीहरूलाई रोग बिसेक हुनुभन्दा पनि रोग थपिएला भन्ने डर भएको छ ।
उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा प्रयोग हुने अक्सिजन सिलिन्डरमा प्रेसर मिटर छैन। सामान्य अवस्थाका रोगीहरूलाई खासै फरक नपरे पनि गम्भीर अवस्थाका रोगीहरूलाई उचित मात्रामा अक्सिनज नदिए गडबडी पैदा हुने र ज्यान जान सक्ने चिकित्सकहरू बताउंछन्। प्रेसर मिटरबिना अन्दाजकै भरमा इमरजेन्सी कक्षमा अक्सिजन दिने गरिएको छ।
नाउक्षे अस्पतालकै आकस्मिक कक्षमा दिनभरि एउटै कैंची एउटै फोरसेफलगायत स्वास्थ्य सामग्री तथा औजारहरू निर्मलीकरण नगरी दिनभरि प्रयोग गरिन्छ। एउटा रोगीलाई प्रयोग गरिसकेपछि स्वास्थ्य औजार तातो पानीमा उमालेर मात्र प्रयोग गर्नुपर्ने सोही अस्पतालका चिकित्सकहरू बताउंछन् । निर्मलीकरण नगर्नाले एचआइभी/एड्स, हेपाटाइटीस ँबी’ क्षयरोगलगायत सरुवा रोगहरू औजारका माध्यमबाट सजिलै अर्को रोगीमा र्सन सक्छ। निर्मलीकरण गर्ने उपकरण भण्डारमा थन्किएका छन्, महिनौंदेखि प्रयोगहीन अवस्थामा छ।
रोगीहरू सुत्ने बेडमा बेडसेट छैन र्याल, सिंगान, खकार, मलमूत्र र काम नलाग्ने फोहर जताततै छरिएका छन्। सफा गर्ने मानिस छैन। सोमवार दिउंसो आंखा नदेख्ने एक वृद्ध रोगी असहय भएर ह्वील चेयरमा थच्च बस्न पुगेका थिए। पहिले नै झाडापखालका अर्कै रोगीले ह्वील चेयरमा गरेको फोहर सफा गरिएकै थिएन। वृद्धको शरीरमा फोहर लतपतियो। घटना दिउंसो १२ः३० बजेको हो। नजिकका बिरामीका कुरुवाहरूले ह्वील चेयर सफा गराउन परिचारकलाई घण्टौं खोज्दा पनि कोही फेला परेन।
अस्पतालको आकस्मिक कक्षको यो दुरवस्थाबारे सोही कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरूले नाम नछाप्ने शर्तमा परिचारकहरू हाजिरी गरेर सधैं बेपत्ता हुने गरेको बताए।
एक सेट मात्र स्वास्थ्य औजार भएको, थप औजार पटकपटक माग गर्दा पनि उपलब्ध नभएको गुनासो आकस्मिक कक्षमा काम गर्नेहरू बताउंछन् । रोगीको चाप बढिरहेको हुंदा थप औजारको अभावमा निर्मलीकरण गर्न सम्भव नभएको उनीहरूको जवाफ थियो ।
प्रायः ग्रामीण क्षेत्रबाट पुग्ने निम्न आय भएका रोगीहरू र प्रहरी केस चल्ने मुद्दा या घटनाका रोगीहरू पुग्ने उक्त अस्पतालमा आफन्तजनको चेतना अभावका कारण पनि अस्पतालले लापरवाही गरिरहेको अस्पताल विकास बोर्डका एकजना सदस्यले बताएका छन् ।