वर्षायामबाट अरू जे लाभ भए पनि यस मौसममा स्वास्थ्यप्रति संवेदनशील भइएन भने गार्हो पर्छ भन्ने कुरा बताइरहनुपर्दैन। अकासे पानी एक ठाउंबाट अन्यत्र बग्ने हुंदा विभिन्न दूषित पदार्थहरू बगाएर छताछुल्ल पारेको हुन्छ। सबभन्दा बढी पिउने पानीमा यसले प्रदूषण फैलाउंछ भने त्यसैसंग खानेकुरा पनि प्रदूषित भइरहेको हुन्छ। विभिन्न भूमिगत जीव, कीटाणु पानीबाट राहत पाउन धरातलमा आउने गर्छन्, जसमध्ये कतिपय मानिसका लागि जोखिमयुक्त हुन्छन्। लामखुट्टेहरूको प्रजनन पनि वर्षात्को पानी जम्ने खाल्टाखुल्टीमा हुने गर्दछ जुन विभिन्न रोगादिको कारण बन्दछ। एक त गतिलो नाला नभएको, भएको नालाको नियमित सरसफाइतिर ध्यान नदिने स्थानीय निकाय, नागरिकको अज्ञानताबाट शहर-बजार र गाउं-देहात चारैतिर खाल्टाखुल्टी बनेर पानी जम्न मदत पुर्याएको हुन्छ भने त्यसमा अवाञ्छित कीरा-फटयाङ्ग्रा हर्ुर्किरहेका हुन्छन्। अनि वर्षात्मा झाडापखाला, रुघा-खोकीलगायत आंखा रोग, भाइरल फिभरहरूको बिगबिगी हुन थाल्दछ। नाला सफाइको अभावमा वर्षात्को पानी सडकमा छताछुल्ल भएर विभिन्न चर्मरोगका कारण बन्दछ।
यो सबै जानेको कुरा हो। कसैले बताइरहनुपर्दैन। तर पनि हामीकहां बर्सर्ेे यिनै कारणबाट विभिन्न रोग फैलिन्छ, मानिसहरूको ज्यान जान्छ, ज्यान नगए पनि अप्ठेरो बेहोर्नुपर्छ। तर न सरकार, न स्थानीय निकाय कसैलाई वर्षा सुरु हुनु अगावै जनचेतना जगाउने कार्यक्रम गर्ने फुर्सत हुन्छ न वर्षापछि आवश्यक सरसफाइ तथा कीटाणुनाशक औषधि र्छकने वास्ता हुन्छ। प्रत्येक वर्ष यही कथा दोहोरिन्छ, प्रत्येक वर्ष मानिसले सास्ती बेहोर्नुपर्छ, दुनियांले थाहा पाउंछ, जाबो फोहर पानीले नेपालमा यति मानिसको ज्यान गयो भनेर। अहिले नेपालको विभिन्न भूभागमा भाइरल ज्वरो फैलेको समाचारहरू प्रकाशित भइरहेका छन्। भाइरल नहुन दिनु सामान्य कुरा हो, तर भइसकेपछि यसले मानिसलाई १०-१५ दिनका लागि अशक्त नै बनाइदिन्छ। त्यस्तै लापरवाही भयो भने मानिसको ज्यानसमेत जान सक्छ।
प्रकृतिले विभिन्न जीवजन्तुको सृष्टि गरेको छ। कोही हानिकारक छन् भने कोही लाभदायक। मानवीय प्रयास तिनको विविधीकरणमा सहयोग गर्नु मात्र हो। पानी जमेको खाडलमा लामखुट्टेले प्रजनन गर्छ भने प्रकृतिले त्यही पानीमा भ्यागुतो र माछाको पनि सृष्टि गरेको छ जसले लामखुट्टेको फुल खाएर प्रकृतिमा सन्तुलन ल्याउने प्रयास गर्दछन्। तर मानवीय स्वार्थले गर्दा विभिन्न विषादिको प्रयोग यति बिघ्न बढेको छ कि अब शहर-बजारमा त के गाउं-देहातमा समेत भ्यागुता र जङगली माछा देख्न दर्ुलभ भइसकेको छ। विषादिले यिनको संहार गरिसकेको छ, जो अवाञ्छित कीरा-फटयाङ्ग्राका संहारक हुन्। मानिसको स्वेच्छाचारिताले प्रकृतिको सन्तुलन बिग्रिसकेको छ। जसले गर्दा रोगव्याधिमा वृद्धि भइरहेको छ। मानिसका मित्रजीव विषादि वा प्रतिकूल वातावरणमा बांच्न सक्दैनन्, रोगका कीटाणुलगायत शत्रुजीव भने कुनै पनि विषादि आत्मसात गर्ने जैविक प्रक्रिया निरन्तर परिवर्तन गरिरहन्छन्। प्रकृतिमा ल्याइने प्रत्येक प्रतिकूलताले मानवविरोधी गतिविधिमा वृद्धि र शत्रुजीवलाई सघाउ पुर्याइरहेको हुन्छ।