राजेश केसरीवाल, रक्सौल, १० असार/
सीमावर्ती भारतीय स्टेशन नरकटियागंजबाट रक्सौलतर्फ आइरहेको छोटीलाइनको यात्रुवाहक रेल ट्रकसंग ठोक्ंिकदा ६ जनाको मृत्यु भएको छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र ८० भन्दा बढी घाइते भएको तथा सोमध्ये ३० जनाको अवस्था गम्भीर रहेको रेल्वे प्रहरीले जनाएको छ।
आज बिहान १० बजे नरकटियागंजबाट छुटेको रेल बिहान करिब ११ः४५ बजेको समयमा भेलाई स्टेशनभन्दा पूर्व रक्सौल स्टेशनभन्दा डेढ किमी पश्चिमतर्फ चिकनी भन्ने ठाउंमा खुल्ला ढाला रहेको ठाउंमा बालुवा लोड ट्रकसंग ठोक्किएको थियो।
बालुवा बोकेको दुइवटा ट्रकले रेल्वे लिड्ढ पार गरेर जाने क्रममा पछिल्लो ट्रक जे.एच. १५ सी ३७६९ लाई ढालाको अन्तिम भागमा रेलले ठक्कर दिंदा ट्रक पल्टनुका साथै रेलको इन्जिन लिकबाट उछिट्टएिर बाहिर गएकोले रेलमा सवार यात्रीहरू दुर्घटनामा परेका हुन्। मृत्यु हुनेमा रक्सौल परेउवा टोल-१ निवासी वर्ष३५ का मुसाहब आलम, पलनवा थाना निवासी साहेबजान मियां रहेको प्रहरीले जनाएको छ भने अन्य चारजनाको सनाखत हुन सकेको छैन।
गम्भीर घाइते यात्रीहरूमा नेपालको पर्सा सेढवा निवासी मस्तकिम मियां, बारा जिल्ला निवासी गर्भवती महिला शोभा देवीलगायत तीनजना रहेका छन्। पर्साको सीमावर्ती क्षेत्रका अधिकांश नेपालीहरू आवतजावत गर्ने उक्त रेल दुर्घटना हुंदा धेरैजना नेपाली यात्रुहरू परेको आशड्ढा गरिएको छ। घाइतेहरूको डड्ढन अस्पताल रक्सौल र सदर अस्पताल मोतिहारीमा उपचार भइरहेको छ।