प्रस, पर्सा, १३ असार/
हिन्दू युवा सङ्घ नेपालका अध्यक्ष काशी तिवारीको हत्याको विरोधमा आज वीरगंज बजार बन्द रह्यो।
हत्यारालाई कारबाई, मृतकलाई शहीद घोषणा, परिवारलाई क्षतिपूर्तिको माग राख्दै अनिश्चिकालीन बन्द घोषणा गरेको कारण शिक्षण संस्था सरकारी कार्यालय, वित्तीय संस्था, यातायात बन्द भएका थिए।
अध्यक्ष तिवारीको शवलाई गीतामन्दिरमा राखेका सङ्घका कार्यकर्ताले दिउंसो शव प्रदर्शन गर्दै घण्टाघरमा राखेर सडक अवरोध गरेका थिए।
घटना नियन्त्रणमा राख्न आज सुरक्षा बल परिचालन गरिनुका साथै जिल्ला प्रशासनमा सुरक्षा समितिको बैठक बसेको थियो।
बैठकमा समितिले हिन्दू युवा सङ्घका कार्यकर्ताहरूलाई बोलाएर नगरको शान्ति नखल्बलाउन आग्रह गर्दै हडताल फिर्ता लिन आग्रह गरेका थिए। सङ्घले हत्यामा संलग्न रहेको सात जनाको नाम किटानी दिंदै पक्राउ गरी कारबाई नहुञ्जेल बन्द हडताल फिर्ता नलिने अडान राखेको हुंदा छलफल निष्कर्षीन भएको थियो।
छलफलका क्रममा सङ्घका कार्यकर्ताले तिवारीको हत्यामा ए. माओवादी कार्यकर्ताको हात भएको दाबी गरेका थिए। सङ्घका वरिष्ठ सल्लाहकार ज्योतिलाल कलवारले तिवारीको हत्या ए. माओवादीले गरेको ठोकुवा गरेका छन्। उनले घटनालाई यताउती मोड्ने प्रयास भइरहे पनि तिवारीको हत्या माओवादीले नै गरेको दोहोर्याएका छन्।
यसैबीच तिवारीको हत्यामा प्रयोग गरिएको गोलीको खोखा भेटिएको छ। हत्यामा ७.६२ एमएमको सानो चाइनिज पेस्तोल प्रयोग भएकोमा यो हतियार नेपाल प्रहरीको अधिकृत स्तरले मात्र प्रयोग गर्ने एक सुरक्षा अधिकारीले बतँए।
उनले उक्त पेस्तोल विगतमा प्रहरीको हतियार लुटेर लगेका समूहहरूले प्रयोग गरेको हुन सक्ने अनुमान गरेका छन्। प्रहरीले हत्यामा संलग्न रहेको आशड्ढामा केही शड्ढास्पद व्यक्तिलाई पक्राउ गरेको छ। तर हत्यारा र योजनाकारबारे अहिलेसम्म यकिन तथ्य फेला पर्न सकेको छैन।
यता हिन्दू युवा सङ्घका अध्यक्ष काशी तिवारीको हत्या कायरतापूर्ण भन्दै विभिन्न सङ्घ/संस्था सङगठनहरूले भर्त्सना गरेका छन्। छुट्टाछुट्टै जारी विज्ञप्तिमा हत्यारालाई यथाशीघ्र पक्राउ गरी कारबाई गर्न माग गरिएको छ।
यसरी विज्ञप्ति प्रकाशित गर्नेहरूमा नेपाल मुस्लिम कानुन, नेपाल मुस्लिम महिला सङ्घ, अन्तर्पार्टर्ीीुस्लिम सङगठन, पर्सा व्यवसायी समाज, दलित जनजाति पार्टी पर्सा, कान्यकुञ्ज ब्राह्मण समाज पर्सा, मधेसी जनअधिकार फोरम मधेस पर्सा र वीरगंज भन्सार एजेन्ट सङ्घ रहेका छन्।