पक्राउ परेकालाई रिहा गर्न दबाब
प्रस, पर्सा, १४ असार/
हिन्दू युवा सङ्घले आह्वान गरेको वीरगंज बन्द फिर्ता लिएको छ। सङ्घका अध्यक्ष काशी तिवारीको हत्याको विरोधमा दोषीलाई कारबाई, मृतकलाई शहीद घोषणा र पीडित परिवारलाई क्षतिपूर्तिको माग राखी दुइ दिनदेखि वीरगंज बन्द गराउंदै आएको सङ्घले स्थानीय प्रशासनसंग मौखिक र लिखित सहमति भएपछि अपराह्न चार बजेदेखि बन्द फिर्ता लिएको हो।
सङ्घका वरिष्ठ सल्लाहकार ज्योतिलाल साहले बताएअनुसार सात दिनभित्र शहीद घोषणा र पीडितलाई क्षतिपूतिबारे टुङगो लगाउने मौखिक सहमति भएको छ ।
त्यस्तै हत्यामा संलग्न रहेको आशड्ढा गरिएका वीरगंजका चारजना र रौतहटका एकजनाविरुद्ध जाहेरी दर्ता भएको छ। जाहेरी दर्ता भएपछि सङ्घले बन्द फिर्ता लिएको हो।
अज्ञात समूहको गोलीबाट मारिएका काशी तिवारीको आज स्थानीय रानीघाटमा अन्तिम संस्कार भएको छ।
यसैबीच ज्रि्रका पर्साले तिवारीको हत्यामा संलग्न रहेको आशड्ढामा पक्राउ गरेको भोजपुरा राज्य समितिका सदस्य जालिम मियां र माओवादी समर्थक मन्सद मियां, सुभाष पटेललाई अविलम्ब रिहा गर्न अखिल क्रान्तिकारी पर्साका अध्यक्ष अमिताभ बच्चनले माग गरेका छन्। उनले तिवारी हत्याकाण्डमा संलग्न नरहेका ए. माओवादी भोजपुरा राज्य समितिका सदस्य मियां र दुइ समर्थकलाई रिहा नगरिए क्रान्तिकारीले कडा कदम उठाउने चेतावनी दिएका छन्।