आरके पटेल, लङ्गडी, १० असार/
जिल्ला शिक्षा कार्यालय वीरगंजमा कार्यरत पूर्वजिल्ला शिक्षा अधिकारी शड्ढरबहादुर गौतमले राजस्व उठेको करिब ४५ लाख रुपैयां गुपचुप तरिकाले खाताबाट निकाली सरुवा भई गएको समाचार प्राप्त भएको छ।
प्राथमिक, निम्न माध्यमिक विद्यालय तथा माध्यमिक विद्यालय तहका लागि स्थायी अध्यापन अनुमतिपत्र, अभिलेख, र्समर्थन, अनौपचारिक शिक्षा, कार्यालय सञ्चालन, परीक्षा फांटलगायत विभिन्न कार्यबाट असुल भई आएको राजस्वको रकम पूर्वअधिकारी गौतमले गुपचुप तरिकाले झिकी अन्यत्र गएको खुलासा कर्मचारीहरूले गरेका छन्।
असार मसान्तभित्र कार्यालयको हिसाब फच्र्र्छौट गरिरहेको बेला सो बराबरको रकम जिल्ला शिक्षा कार्यालयको नाममा रहेको विभिन्न बैंकको खाताबाट बेपता भएको नाम उल्लेख नगर्ने र्सतमा एक कर्मचारीले जानकारी दिएका छन्। रकम बेपत्ता भएपश्चात् अहिले सो कार्यालयका कर्मचारीहरूबीच एकापसमा तानातान भएको छ।
पूर्वशिक्षामन्त्री रामचन्द्र कुशवाहाको कार्यकालमा ६ महिनाभित्रमा चारजना जिल्ला शिक्षा अधिकारीको सरुवा भएको बेला सो रकम गौतमले झिकी लगेको पुष्टि भएको छ। रकम बेपत्ता भएपछि शिक्षा समितिमा पनि अहिले खैलाबैला मचेको छ। यस सम्बन्धमा अहिले कर्मचारीहरू गोप्य कुरा भन्दै एकापसमा कुराहरू लुकाइरहेका देखिन्छन्। सो सम्बन्धमा लेखापाल जयनारायण मल्लिकसंग सर्म्पर्क गर्दा केही नभएको जानकारी दिए। स्रोतका अनुसार रकम बेपत्ता भएको खबर आए लगत्तै गौतमका पर्सामा रहेका केही दलालहरू कुरो मिलाउन अहिले व्यस्त रहेका देखिन्छन्। स्मरण रहोस् कि पूर्वजिल्ला शिक्षा अधिकारी रामविनय सिंहले इर्न्भर्टर, कम्प्यूटरलगायत कार्यालयको करिब ३० लाख मूल्यबराबरका सामग्रीहरू सरुवा भई लगेको बेला घटनाको पर्दाफास भए लगत्तै सामान फिर्ता दिएका थिए।