हिन्दू युवा सङ्घ, नेपालको अध्यक्ष काशी तिवारीको आपराधिक समूहको गोली प्रहारबाट हत्या भएको छ। २४ घण्टा बितिसक्दा पनि हत्यारा समूहले हत्याको जिम्मेवारी लिएको छैन। यता प्रहरीले सडकमा हिंडेका मोटरसाइकल यात्रीको शरीर छाम्ने कामभन्दा वरको सिन्को पर र्सार्न सकेको छैन। तिवँरी राजनीतिकरूपले कम अवधिमैं चर्चामा आएका हुन्। थोरै अवधिमा पनि तिवारीको क्रियाशीलता स्वाभाविकभन्दा बढी थियो। खासगरी माओवादी आमहडतालदेखि चर्चाको शिखर चढ्न थालेका तिवारीको पूर्वराजा ज्ञानेन्द्र, पूर्व युवराज पारस, हिन्दू राष्ट्रवादी राजावादी नेता कमल थापासंगको बढ्दो निकटता र उनीहरूको वीरगंज भ्रमणले पनि चर्चा पाएका थिए। हरेक राजनीतिक धार, विचार, वाद लोकतन्त्रका गहना हुन्। उनीहरूको समाजमा खिल्ने, फुल्ने मौका पाउनर्ुपर्छ, रोज्ने दायित्व नागरिकको हो। तिवारीको हत्या राजनीतिक कारणले भएको हो या अन्य कुनै कारणले त्यो कुरा अहिले अंध्यारोमा छ।
वीरगंजको सर्न्दर्भमा गोली प्रहार, बम विस्फोट र हत्या नौलो कुरा होइन। तिवारीको हत्या र अन्य हत्याहरूको अवस्था अलि फरक छ। विगतका अधिकांश हत्याहरू झुक्याएर गरिएका थिए। सतर्कता अपनाउने मौका नपाएर हत्या गरिएका हुन्थे तर तिवारीको हत्या थाहा हुंदाहुंदै सतर्कता नअपनाउनको कारणले भएको छ। दुइ दिनअगाडि वीरगंज-१४ मा इन्जिनियर अभिमन्यु सिंहमाथि गोली चल्यो। संयोगवश सिंहलाई र्छरा मात्र लागेको हुंदा सामान्य उपचारपछि घर फर्किए। त्यसको केही दिनअगाडि वीरगंज १० मा व्यापारीमाथि गोली प्रहार भयो। दुवै घटनामा प्रहरीले कानमा तेल हालेर बस्यो। तत्काललाई अपराधी उम्कन सफल भए तापनि नगरको सुरक्षा अवस्थालाई कडा गर्ने, आपराधिक ठेकानाको सूची बनाई छापामारी गर्ने, नगरमा सुरक्षा सञ्जाल बनाएर निगरानी गर्ने काम प्रहरीले गरेन। अर्कोतर्फघटनापछि बहानाबाजी जे गरे पनि तिवारीमाथि थ्रेट छ भन्ने कुरा प्रहरीलाई पहिले नै थाहा रहेछ। थाहा नभए पनि पत्रपत्रिकामा समेत आइसकेको कुरामा चासो नलिनु, छानबीन नगर्नु उसको अकर्मण्यता हो। धम्कीको जानकारी त्यही दिन प्राप्त भएको प्रहरीले स्वीकार गरिसकेको छ।
हत्या एक सेकेन्डमा हुन्छ, पांच मिनेट अगाडि मात्र सूचना पाएमा चाहने हो भने पहुंच भएको ठाउंमा प्रहरीले बचाउन सक्छ। हत्याको धम्की आयो भनेर प्रहरीलाई गुहार माग्दामाग्दै ज्यान गएको छ। अब प्रहरीलाई जनताले कुन नजरले हेर्ने - प्रहरीको काम हत्या भइसकेपछि मुचुल्का उठाउने मात्र हो - हत्या हुनु, जिम्मेवारी कसैले नलिनु पनि यो अन्यभन्दा पृथक र रहस्यमय घटना बनेको छ। सङ्क्रमणकालीन मुलुकको अस्थिर अवस्थामा समाजमा अशान्ति मचाउने तत्त्वहरूले हत्या गरेको हुन सक्ने कुरालाई पनि नकार्न सकिंदैन। क्षणिक आवेग नआई धर्ैय र शान्तिपूर्ण तरिकाले हत्याको सूक्ष्म अध्ययन तथा छानबिन जरुरी छ। दोषी पक्ष र कर्तव्यप्रति उदासिन वा अकर्मण्य निकाय दुवैलाई कारबाईको कठघरामा उभ्याउन सके मात्र आपधारिक तत्त्व निरुत्साहित हुनेछ।