सफलताको शिखरलाई स्पर्श गर्न, त्यसमा आरुढ र प्रतिष्ठित हुन सबै चाहन्छन्। सबैको उत्कट इच्छा हुन्छ ऊ आफनो क्षेत्रमा त्यस उच्चतासम्म पुगोस् जहां अहिलेसम्म कोही पनि पुगेको छैन। कुनै पनि क्षेत्रविशेषको सफलता त्यसलागि नियोजित निरन्तर लगन, अथक चेष्टा एवं अन्य कैयौं कुरामा निर्भर गर्दछ। यी कुराहरुको पालन गरेर न केवल सफलता प्राप्त हुन्छ, सफलताको सर्वोच्च शिखरसम्म पनि पुग्न सकिन्छ, तर ध्यान रहोस्, शिखरमा पुगेर कसैले पनि स्थायी आवास बनाउन सक्दैन र यस्तो प्रयास पनि गर्नुहुन्नस किनकि यो त्यो चरम बिन्दु हो, जहां व्यक्ति मात्र केही क्षण या केही समयका लागि यसको अनुभव प्राप्त गर्दछ र पुनः त्यहांबाट फर्कनुपर्दछ।
सफलता र असफलता कुनै पनि चीजको दुइ अति विपरीत र चरम बिन्दु हो। सफलताको मतलब हो कुनै क्षेत्रविशेषमा निकै अगाडिसम्म पुग्नु र त्यहां पुगेर शिखरलाई अर्थात् लक्ष्यलाई सम्पूर्णरुपमा प्राप्त गर्नु। हुन त यो विरलैलाई उपलब्ध हुन्छ, तर हुन्छ अवश्य नै। जस्तै सङगीतको क्षेत्रमा तानसेन, स्वर साम्राज्ञी लता मंगेशकर, लोकप्रिय क्रिकेट-जगत्का डान ब्राडम्यान, सचिन तेन्दुलकर, विज्ञानको क्षेत्रमा सी.पि.रमन, एपीजे अब्दुल कलाम आदि, राजनीतमा गांधीजी एवं जयप्रकाश नारायण आदि। यी एवं यिनीजस्ता अनेक व्यक्ति यस्ता छन् जसले सफलताको त्यस चुचुरोलाई छोएका छन् जुन सामान्य व्यक्तिले कल्पना मात्र गर्न सक्दछ। यी महान् व्यक्तिहरुलाई त्यस क्षेत्रविशेषको सफलताको पर्याय मान्न सकिन्छ।
सफलताको चरम शिखरमा पुग्ने यी विख्यात एवं महान् व्यक्ति सदैव सफलताको चरममा रहंदैनन्। यिनको जीवनमा पनि उकालीओराली आउंछ। उकालीओराली त प्रकृतिको नियम नै हो। जीवन कहिले सफलताको शिखरमा हुन्छ त कहिले असफलताको खाडलमा भासिन पुग्छ। नित्य, निरन्तर सफलताको नयां चुचुरो प्राप्त हुंदा उत्साह, उमङग तथा आत्मविश्वासमा वृद्धि हुन्छ, तर यदि यसलाई सही ढङगले, विवेकपूर्वक जोगाउन सकिएन भने त्यसले असफलताको ढोका पनि उघारिदिन सक्छ। विवेक अर्थात् उचित एवं अनुचितको सूक्ष्म भेद। यसको अभावमा अपार सफलताले अहड्ढारलाई जन्म दिन्छ र अहड्ढारले पतन एवं विनाशतिर धकेल्दछ, जसलाई असफलता भन्दछन्।
सफलता र असपलताको दिशा हेर्नमा त स्थूल प्रतीत हुन्छन्, तर हुन्छन् बडो सूक्ष्मस किनकि सफलताको शिखरमा पुगेपछि सपलता प्राप्त गर्ने त्यो उत्कट चाहना, श्रम लगन र निरन्तर नवीन प्रयास गर्ने इच्छाशक्ति यसै पनि पहिलेजस्तै भइरहनु बडो कठिन छ। लक्ष्यको समिप अथवा लक्ष्य प्राप्त भएपछि यो चाहना सम्भवतः क्षीण भएर जान्छ। अपार सफलताले व्यक्तिमा गतिहीनता उत्पन्न गरिदिन्छ। ऊ त्यसलाई भोग्नका लागि, त्यसको आनन्द उठाउनका लागि शेष समस्त प्रयास एवं पुरुषार्थलाई विराम दिन्छ। जस्तै हातमा राखेको पुस्तक तबसम्म मात्र सुरक्षित र संरक्षित रहन्छ, जबसम्म त्यसलाई आधार प्राप्त हुन्छ। जसै हात तानियो, चीजहरु खस्न सुरु हुन्छ। हुन सक्दछ, खस्नमा समय लागोस्, तर खस्छ अवश्य नै। ठीक यसै प्रकार सफलताको उपलब्धि तबैसम्म टिक्छन् जबसम्म त्यसलाई टिकाइराख्ने प्रयास जारी रहन्छ। प्रयास हट्नेबित्तिकै उपलब्धिहरु पनि विस्तारै विस्तारै लुप्त हुन थाल्छन्।
अपार वैभव एवं ऐर्श्वर्य पनि एकदिन समाप्त हुन्छ। यहीं मानिसको त्यो अदम्य इच्छा समाप्त हुन्छ, जसको बलमा उसले यो सबै प्राप्त गरेको हुन्छ। यहां एउटा अझ गम्भीर समस्या उत्पन्न हुन्छ र त्यो हो अहड्ढार र निरङ्कुशता। अहड्ढार उत्पन्न हुन्छ उपलब्ध सफलताद्वारा अर्जित वैभवबाट। उसलाई लाग्दछ कि ऊ यस सृष्टिको सबैभन्दा समृद्ध धनवान होस्, रूपवान होस्, गुणवान होस्, प्रतिभावान होस्। कुनै पनि गुण वा वैभव अर्जित गरेपछि त्यसको आधारमा आफूलाई ठूलो र त्यो वस्तु जोसंग छैन, उसलाई सानो र तुच्छ ठान्नु भयड्ढर मूर्खता हो। यो यस्तो नादानी र मूढता हो, जसले एक दिन व्यक्तिलाई गहिरो हिलोमा जाकिदिन्छ। यो अहड्ढार धेरै दिनसम्म टिक्दैन, धराशायी हुन्छ।
इतिहास साक्षी छ कि सफलताको शिखरमा पुगेर गर्व एवं घमण्डले कतिलाई पतित बनाएको छ र पतनको छेउसम्म पुर्याइदिएको छ। रावण, जरासन्ध, कंस, दुर्योधन, शिशुपाल आदि अनेक यस्ता व्यक्ति भएका छन्, जसले सफलता पचाउन सकेनन् र त्यसको उद्धत पर््रदर्शन गर्न थाले। विपुल वैभव एवं ऐर्श्वर्यका बावजुद सुनिश्चितरुपले तिनको पतन भयो र कसैले बचाउन सकेन। सुवर्णनगरी लड्ढाका अधिपति रावणको महासभामा पुगेर हनुमानजीलाई बडो आर्श्चर्य भयो। उनको आर्श्चर्यको कारण के थियो भने वैभवको शिखरमा बसेको रावणले चाहेको भए कैयौंको कल्याण गर्न सक्दथ्यो, कैयौंलाई प्रत्यक्ष लाभ दिन सक्दथ्यो, तर सफलताको मदमा चूर ऊ आफना समस्त ऐर्श्वर्य र सम्पदाको उपभोग स्वार्थ, अहड्ढार एवं अनीति र अत्याचारमा नियोजित गर्न थाल्यो। उसको दर्ुर्बुद्धिले नै त जगन्माता सीताको हरण गर्ने कुचेष्टा गर्यो।
सफल हुनु, सफलताको चरम उपलब्ध गर्नु तथा त्यसको सुनियोजन र र्सार्थक उपयोग गर्नु कठिन एवं चुनौतीपर्ूण्ा कार्य हो, तर असम्भव चाहिं होइन। इतिहासमा यस्ता चुनौतीहरुलाई स्वीकार गर्ने शूरमाहरुको कमी छैन, जसले सफलता प्राप्त गर्यो, उसको चरम उपलब्ध गर्यो, तर पनि त्यस्तै विनम्र, सहज एवं शान्त रहयोस अहड्ढार र स्वार्थ उसका समिप आउन सकेन। यस्ता व्यक्ति नै सही अर्थमा सफल व्यक्ति हुन्छन्।
आचार्य चाणक्यले अखण्ड भारतको सीमा सुरक्षित पारेर त्यसको जिम्मेवारी चन्द्रगुप्तलाई सुम्पिदिएर आफू स्वयं झुपडीमा बस्दथे एवं आफनो जीविकाले उपार्जित वस्तुहरुबाट आफनो सामान्य जीवन निर्वाह गर्दथे। उमेरको यस खण्डमा पनि उनी अध्ययन गर्दथे र नवीन विचारहरुसहित अध्यापन गर्दथे। अध्ययनको समय उनी माटोको दियो प्रयोग गर्दथे। उनको सादापन र सरलता अभिभूत गरिदिने खालको थियो। भारतका वैज्ञानिक प्रफुल्लचन्द्र रायले करिब साढे दुइ सय कम्पाउन्डको खोज गरेका थिए। उनको लोकख्याति देश-विदेशमा फिंजिएको थियो। उनी तमाम रिर्सच पेपर आफनो मार्गदर्शनमा काम गर्ने विद्यार्थीहरुको नामले प्रकाशित गराइदिन्थे। यत्रा ठूला वैज्ञानिकको जीवन यति सरल थियो कि एक दिन उनको घर आएका इङगल्यान्डका कुनै वैज्ञानिकले उनलाई नोकर ठाने, तर रायले यस कुरालाई सहजताका साथ हांसेर उडाइदिए।
सफलताका लागि आवश्यक छ, परमात्माको विधानमा अटुट विश्वास एवं आफनो कर्तव्यको समुचित पालन। समयको चाललाई हर्ेर्दै परिस्थितिहरुका साथ सुमेल स्थापित गर्नु एवं भावुकताबाट टाढा रहेर विवेक एवं वैराग्यको अभ्यास गर्नु सफलताको मूलमन्त्र हो। सफलताका लागि विवेक एवं वैराग्य सर्वोपरि आवश्यक छन्स किनकि विवेकले उचित एवं अनुचितको बुझाइ उत्पन्न गर्दछन्। जे गर्ने योग्य छ, त्यसलाई प्राथमिकतामा राखेर पूरा मनोयोगका गर्दा साहस पैदा हुन्छ र अकरणीय एवं वर्जित चीजहरुलाई प्रारम्भमा नै अस्वीकार गरेर त्यसको चर्चा समेत हुन दिंदैन।
सफलताका साथ वैराग्यको भाव अटपटा लाग्न सक्छस किनकि मनले भन्दछ जे प्राप्त भएको छ, त्यसको भोग त गरौं। भोग्नु नराम्रो होइन, भोगसंग लहसिनु नराम्रो हो। त्यसैलर्ेर् इशावास्योपनिषद्को प्रथम मन्त्रले सचेत गराएको छ कि भोगलाई त्यागका साथ स्वीकार गर्नुपर्छ। वैराग्य यसै कारण आवश्यक छ, जसले गर्दा जबसम्म भोगकाल छ, त्यसलाई भोगेर निर्लिप्त भावले अलग हुन सकियोस्। यदि यस्तो नहुंदो हो त सफलताका उपलब्धिहरुमा, त्यसको चमकदमकमा मन अल्भिmरहन्छ र अगाडिको यात्रा सम्भव हुंदैन। अतः विवेकसहित के अभ्यास गर्नुपर्छ भने सफलतालाई रोकिन नदिइयोस्। असीम धर्ैय, कठिन परिश्रम एवं समयका साथ तालमेल गरेर अगाडि बढिरहनर्ुपर्छ।
सफलतामा आनन्द मनाएजस्तै असफलतामा पनि अविचलित हुने हौसला हुनर्ुपर्छ। हामी सफल हुंदा प्रसन्न हुन्छौं भने असफल हुंदा दुःखी हुन्छौं। सुख एवं दुःख दुवैलाई समान भावले अपनाइयो भने मात्र जीवनको र्सार्थकता हुन्छ। सुखको चरममा पनि त्यही आनन्दको निर्झरणी बगोस् र दुःखका क्षणलाई पनि तपमा परिवर्तित गरेर त्यसको आनन्द उठाउन सकियोस्। यस्तो भएमा व्यक्ति सदैव चरममा बांच्न सक्छस किनकि ऊ कहिले पनि तल झर्दैन। सफलताको सुख एवं असफलताको दुःख, दुवैले उसलाई अस्थित तुल्याउन सक्दैनन्। यही सफलताको मूलमन्त्र हो।