करोडौंको सार्वजनिक सम्पत्तिमा व्यक्तिको दाबी
प्रस, पर्सा, १५ असार/
स्वर्गीय महन्थ लक्ष्मीनारायण मठ, मठियानी महोत्तरीका महन्थ स्वर्गीय कौशलकिशोर दासको नाममा वीरगंजमा रहेको करोडौं मूल्य पर्ने करिब साढे चार बिघा जग्गामा भू-माफियाहरूको चलखेल बढिरहेको एक स्रोतले जनाएको छ।
स्रोतकै अनुसार स्वर्गीय महन्थ कौशलकिशोर दासको नाममा दर्ता रहेको हाल वीरगंज हाल वीरगंज उपमहानगरपालिका-२ इनर्वास्थित प्रहरी चौकीदेखि पूर्वको जग्गामा भूमाफियाहरूले चलखेल बढाएपछि स्थानीय प्रशासन चनाखो भएको छ।
भू-माफियाहरूले लक्ष्मीनारायण मठ मठियानीका महन्थ जगन्नाथ दासको नाममा सर्वप्रथम सो जग्गा नामसारी गराउने र महन्थको व्यक्तिगत नाममा नामसारी भएर आएपछि आफूहरूले खरिद गरेर पल्टि· गरेर बिक्री गर्ने योजना बनाएका छन्।
मठको नामको जग्गा मठकै नाममा दर्ता रहेको अवस्थामा बिक्री गर्न नपाउने तर महन्थको नाममा दर्ता भए व्यक्ति सरह खरिद बिक्री गर्न पाइने हुंदा भू माफियाहरूले चलखेल गरिरहेको स्रोत बताउंछ ।
रक्सौलस्थित राजदूतावासदेखि ठीक उत्तर नदी किनारसंग टांसिएको र इनर्वा प्रहरी अस्थायी पोस्टदेखि पश्चिम साबिक इनर्वाभाटा गाविस-३, हाल वीउमनपा-२ को कि.नं. ५ को ६ कठ्ठा १५ धुर, कि.नं. ६ को ८ कठ्ठा १० धुर, कि.नं. ८ को २ बिघा ४ कठ्ठा १० धुर, कि. नं. ५६ को ४ कठ्ठा त्यस्तै वीउमनपा-१९ को कि.नं. १२ को ५ कठ्ठा १० धुर, कि.नं. १४ को साढे १९ कठ्ठा गरी कुल ४ बिघा ८ कठ्ठा १५ धुरमा मठियानी मठको नाममा पार्क निर्माण गरिनुपर्ने आमधारणाविपरीत महन्थ जगन्नाथ दासले आफनो व्यक्तिगत नाममा नामसारीको लागि कानुनी प्रक्रिया सुरु गरेपछि करोडौं मूल्य पर्ने सो जग्गामा सबैको आंखा केन्द्रित हुन पुगेको हो।
पर्साका प्रजिअ नागेन्द्र झाले समेत मठको जग्गामा भू-माफियाको चलखेल बढेपछि मालपोत कार्यालय, पर्साको ध्यानाकरर््ष्ाण गराएका छन्।
स्रोतकै अनुसार जगन्नाथ दासले आफनो नाममा दर्ता नामसारी गराउन गुठीका सतीश भन्ने कर्मचारीलाई साथ लिएर आएका छन्।
आफनो नाममा दर्ता कायम भएपछि भू-माफियालाई बिक्री गर्ने उनको योजनाबारे हल्ला फिंजिएपछि मालपोत पर्सा पनि सजग भएकोले आजको मितिसम्म उक्त जग्गाहरू महन्थको व्यक्तिगत नाममा नामसारी हुन सकेको छैन।