रामशरण पुडासैनी, मकवानपुर, ७ असार/
मकवानपुरको चित्लाङमा रहेको बाख्रा फार्म सरकारी उपेक्षाको शिकार बनेको छ ।
स्थापनाको ६ दशकपछि बाख्रा फार्म बनाइएको भेडा फार्म सरकारले नै सहयोग नगरेपछि जेनतेन सञ्चालनमा आएको छ । सञ्चालनमा आए पनि क्षमताअनुरूप सेवासुविधा उपलब्ध गराउन सकेको छैन । उन्नत जातको पाठापाठी उत्पादन गर्ने उद्देश्यले स्थापित फार्मले अहिले मागअनुसार उत्पादन गर्न नसकेको हो । विक्रम संवत् १९९८ सालमा काठमाडौंबाट तर्राई आउने र तर्राईबाट काठमाडौं जाने क्रममा राणाहरूको बासका लागि निर्माण गरिएको संरचनामा बाख्रा फार्म सञ्चालन भइरहेको छ ।
२००८ सालमा सरकारले उन्नत जातको भेडा उत्पादनका लागि भेंडा फार्मको रूपमा विकास गरेकोेमा ५० वर्षपछि २०५८ मा बाख्रा फार्म बनाइएको छ । स्रोत-साधन, लगानी, सुविधा र भौतिक पर्ूवाधारको पर्याप्त व्यवस्था भए पनि फार्मलाई स्थानीय माग नै धान्न हम्मे परेको छ । बाख्रा फार्ममा उत्पादन भएका उन्नत जातका बोका, बाख्रा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ र गोर्खासम्म पठाइएको छ । १ सय ५० वटा बाख्रा उत्पादन गर्ने लक्ष्यविपरीत १ सय ९० वटासम्म बाख्रा उत्पादन गर्दा पनि माग पूरा हुन नसकेको फार्मका प्रमुख पशु विकास अधिकृत सुशीलकुमार झाले जानकारी दिए । फार्मले प्रतिपटक लगभग ५ सय वटा बाख्रा उत्पादनको क्षमता राख्छ तर थोरै दरबन्दी र खर्च पुर्याउन नसक्ने समस्याले क्षमता उपयोग हुन नसकेको हो ।
"सस्तो र उन्नत खालको हुने भएकाले बोकाको माग बढी छ । तर हामीले उपलब्ध गराउन सकेका छैनौं", प्रमुख झाले भने-"विभिन्न जिल्लाबाट माग आउछ । फार्मले स्थानीयस्तरमैं पुर्याउन सकेको छैन ।" अन्य बजारमा मूल्य अकासिए पनि फार्मले ७५ रुपियां प्रतिकिलो बोका उपलब्ध गराएको छ । सरकारको प्रक्रियागत झन्झटका कारण सस्तोमा बाख्रा उपलब्ध गराउनुपरेको प्रमुख झाले बताए । माग बढी भएकै कारण स्थानीय किसानहरूलाई फार्मले उन्नत जातको बाख्रा उत्पादनको तालिम दिने, समूह बनाएर घांसको बीउ उपलब्ध गराउने र प्राविधिक सहयोग पुर्याउने काम गरिरहेको छ । बाख्रापालनका लागि ४ वटा किसान समूह बनाएर बीउ उपलब्ध गराएको र प्राविधिक सहयोग गरेको बताइएको छ ।
चित्लाङको बाख्राफार्मले पोखराबाट ल्याएको सानन जातको बोका क्रस गर्राई पाठापाठी उत्पादन गर्ने गरेको छ । फार्मसंग अहिले ६ वटा ब्याडको बोका रहेको छ । बर्सर्ेे लगभग २ सय पाठापाठी उत्पादन गरेर पाल्नका लागि फार्मको आफनै २७ हेक्टर जमिन र पर्ूवाधार रहेको छ । १६ जनाको दरबन्दी भए पनि ९ जनामात्र अहिले कार्यरत छन् । दरबन्दीमा पशु विकास अधिकृत एकजना, दुइजना प्राविधिक सहायक, दुइजना नायब प्राविधिक सहायक, दुइजना क्षेत्र सहायक, एक क्षेत्रचर, एक खरिददार, एक लेखापाल, पांच गोठाला छन् । फार्मको दाना ओसारपसार गर्ने एउटा भएको गाडी ब्रि्रेर बसेको छ । पर्याप्त कर्मचारी नहुंदा र बजेट नहुंदा भने जसरी काम गर्न नसकेको प्रमुख झाको दुःखेसो छ । मागअनुरूप बाख्रा दिन नसकिए पनि जेनतेन फार्म सञ्चालन हुनुले सरकारको सम्पत्ति संरक्षण भएको प्रमुख झा दाबी गर्छन् ।
भौतिक सुविधाको राम्रो पर्ूवाधार भएको चित्लाङको बाख्राफार्मले सोचे अनुरूप प्रगति गर्न सकेको छैन । मकवानपुरकै चित्लाङमा बाख्राको चीज उत्पादन हुने गरे पनि फार्ममा रहेका बाख्राको उपयोग हुन सकेको छैन । किसान समूह बनाइए पनि प्रभावकारी हुन सकेको छैन ।
सरकारी बेवास्ताले मकवानपुरको चित्लाङमा रहेको बाख्रा फार्म उपेक्षामा परेको छ । राजधानी काठमाडौंसंग जोडिएकोले अन्य कार्यालयसंग समन्वय पनि हुन सकेको छैन । लगभग दुइ सय बाख्रा उत्पादनका लागि सरकारको प्रशस्त पर्ूवाधार र लगानी खर्च भइरहेको छ ।