प्रस, पर्सा, १३ जेठ/
२५५४ औं बुद्ध जयन्ती वीरगंजमा पनि परम्परागतरूपमा धुमधामका साथ मनाइएको छ । वीरगंज बौद्ध समितिको आयोजनामा गहवामाई मन्दिरबाट बाजागाजासहित र्याली नगरपरिक्रमा गरी बुद्धस्तुप भिस्वा चैत्यबिहार -भीस्वा डा“डा) मा पुगेर सम्पन्न भएको थियो। र्यालीमा राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, र्सवसाधारण, पत्रकारहरूको उपस्थिति थियो।
बुद्ध जयन्तीको अवसरमा आज क्रिएटिभ ग्रुप, पर्साले आयोजना गरेको चित्रकला प्रतियोगितामा वीरगंजका ५ वटा विद्यालयका छात्रछात्राहरू सहभागिता भएका थिए।
यसैगरी वीरगंज पानीटंकी-१० स्थित वीरगंज पब्लिक कलेज नजिक बुद्धको मूर्ति स्थापना गर्नका लागि शिलान्यास गरिएको छ। २५५४ औं बुद्ध जयन्तीको अवसरमा बौद्ध युवा क्लबको सक्रियातामा शिलान्यास गरिएको हो। वीरगंज बौद्ध समितिका अध्यक्ष वीरहर्ष शाक्यले सो शिलान्यास गरेका थिए। करिब ४ लाखको लागत बुद्धको मूर्ति स्थापना गरिने डा.दिपक शाक्यले बताए।
हेटौंडा
मकवानपुरमा बुद्ध जयन्तीका अवसरमा बौद्ध गुम्बाहरूमा विभिन्न कार्यक्रमहरू गरिएका छन्। राङ्तोक पालरी गुम्बा हेटौंडा-१० बाट शान्ति र्याली सुरु भई हेटौंडा नगर परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर समापन भएको थियो।
२५५४ औं बुद्धजयन्ती आयोजक मूल समारोह समिति मकवानपुरले आयोजना गरेको शान्ति र्यालीमा तामाङ घेदुङ -सङघ), ह्याङला तामाङ समाज, याङ्ला गुठी कर्रर्ााबौद्धमणि समिति, सेदोङ गुम्बा बसामाडीलगायत गाउं गाउंबाट आएका बौद्धमार्गीहरू सहभागी थिए।
त्यस्तै बिहीवार सा“झ शान्तिको कामना गर्दै बौद्ध धर्मालम्बीहरूले बौद्ध गुम्बाहरूमा दीप प्रज्ज्वलन गरेका छन्। प्रज्ञा महाबिहार हेटौंडा-१ ले सो अवसरमा शान्ति र्याली निकालेको छ। र्यालीमा ज्ञानोदय बालबाटिका एकेडेमीका विद्यार्थी तथा ज्ञानमाला भजन टोली र नेवाः सांस्कृतिक पुचः हेटौंडाको धिमेबाजा टोली सहभागी रहेको थियो। हेटौंडा-१ प्रज्ञा महाबिहारबाट निकालिएको शान्ति र्याली हेटौंडा नगरको परिक्रमा गर्दै पुनः महाबिहारमा पुगी समापन भएको थियो । यस्तैगरी पदमपोखरी-४ पान्तलेमा रहेको पेम्बा देच्छेन लि गुम्बामा विशेष कार्यक्रम गरिएको छ।
पदमपोखरीका विभिन्न भागहरूको परिक्रमा गरी गुम्बामा आई बुद्धको पूजाआजा गरिएको बुद्ध पूजा आयोजक समितिका संयोजक रामचन्द्र स्याङ्वोले जानकारी दिए।