आचारसंहिता कुनै पेशा वा व्यवसायको मूल्य एवं मान्यताप्रति इमानदार रहनका लागि आफैंले बनाइने र लागू गरिने नीति हो। आचारसंहिता बनाएर केही हुंदैन, आचारसंहिताको पालना नगर्दा पनि केही हुंदैन यदि व्यक्तिमा इमानदारिता छैन भने। र एउटा पक्का कुरा के हो भने जुन समाजमा जति बढी नीति नियमहरू हुन्छन् त्यहां त्यति नै बढी नियमको अवहेलना हुन्छ। राज्यले नियम बनाएको हुन्छ, समाजको पनि आफनो नियम हुन्छ। राज्यको नियमको पालना गरिएन भने दण्डित हुनुपर्छ। समाजको नियमको पालना गरिएन भने राज्यभन्दा पनि गहिरो र प्रभावकारी दण्ड भोग्नुपर्छ। त्यसैले बरु राज्यको नियमको अवहेलना गर्नुपरे पनि मानिसले समाजको नियमको अवहेलना गर्ने आंट गर्न सक्दैन। त्यसैगरी प्रत्येक व्यवसाय, पेशाको आ-आफनो नियम हुन्छ, जसलाई आचारसंहिता भनिन्छ। यसको उल्लङ्घन गर्दा कुनै दण्ड खेप्नुपर्दैन। हो व्यक्ति आफैं आफनो दृष्टिमा र्झदछ। व्यक्तिमा चेतना छ, आत्मा छ भने त्यसले उसलाई सदैव धिक्कारिरहन्छ। र व्यक्तिलाई उसको आत्माले धिक्कार्नु नै दुनियांमा सबैभन्दा ठूलो दण्ड हो। व्यक्ति इमानदार छ भने उसका लागि कुनै आचारसंहिताको आवश्यकता पर्दैन।
इमानदार हुनुको अर्थ राज्यप्रदत्त, सामाजिक र नैतिक मूल्य,मान्यताको अर्धविराम तथा रेफसम्म नबिर्राई पालना गर्नु हो। किसानको काम कृषि उत्पादनलाई विषाक्त नबनाई बजारमा बेच्नु हो। उद्योगपतिको काम आफनो उत्पादनमा मिलावट नगरी उपभोक्तासम्म पुर्याउनु हो। पत्रकारको काम सही सूचना दिएर रोजीरोटी आर्जन गर्नु हो। शिक्षकको काम विद्यार्थीलाई कम्तीमा पाठयक्रम अनुसार योग्य बनाउनु हो। एवंरीतले समाजको सबै अङगको नैतिक जिम्मेदारी तोकिएको हुन्छ। जब व्यक्ति यी स्थूल नैतिकताबाट विचलित हुन थाल्दछ, उसलाई नियन्त्रण गर्नका लागि थप नियम कानुन लागू गर्न थालिन्छ। तर अफशोच जति नियम कानुन थोपरिंदै जान्छ, व्यक्तिमा उच्छृङ्खलता पनि त्यही मात्रामा बढ्दै जान्छ। यस कुराको उदाहरण खोज्न अन्यत्र जानुपर्दैन। हाम्रो देशमा प्रत्यक्ष देख्न र अनुभव गर्न सकिन्छ। नेपालको अर्थतन्त्रलाई तस्करीले अव्यस्थित बनाएको छ। तस्करी रोक्नका लागि नागरिकलाई इमानदार र योग्य बनाउनुको साटो भंसार, प्रहरी, सशस्त्र प्रहरी, भंसार गश्ती टोली जति नियन्त्रक थपियो तस्करी टोल-गल्लीसम्म व्याप्त हुंदै गयो।
बारा जिल्लाको ब्रह्मपुरीस्थित महावीर नेरामाविमा विद्यार्थीहरूका लागि, शिक्षकहरूका लागि र विद्यालय व्यवस्थापन समितिका लागि छुट्टाछुट्टा आचारसंहिता लागू गरिएको समाचार प्रकाशित आएको छ। सुन्दा कुरा निकै महत्त्वपर्ूण्ा लाग्दछ, महत्त्वपर्ूण्ा छ पनि। तर उनीहरूले लागू गरेको आचारसंहितामा के नयां कुरा छ जुन पहिलेको नियममा थिएन। वि.व्य.सको काम स्कूलको भौतिक संसाधन जुटाउनु र शिक्षण प्रक्रिया सुचारु गर्नु पहिले पनि थियो। शिक्ष्ँकहरूले नियमित कक्षामा उपस्थित हुने नियम पहिले थिएन वा विद्यार्थीहरूले तोकिएको पोशाक लगाएर स्कूल आउने नियम थिएन - थियो भने त्यसैमा इमानदार रहेको भए आचारसंहिता नै किन चाहिन्थ्यो - जो होस् आफैंले बनाएको नियमप्रति मानिसको प्रतिबद्धता बढी हुन्छ, ऊ नैतिकरूपले पनि नियम पालना गर्न बांधिन्छ। महावीर विद्यालयको यो प्रयास समाजमा उदाहरणीय बनोस् भन्ने अपेक्षाका साथ !