भगवान् बुद्धको धर्मचक्र प्रवर्तनमा वैज्ञानिक अध्यात्मको अन्तर्धारा
स्वतः प्रवाहित भइरहेको थियो। पछिल्लो केही समयदेखि उनी जेतवनमा थिए।
महास्थविर रेवत, भिक्षु महाकाश्यप एवं भदन्त मौद्गल्यायन पनि त्यसताका
त्यहीं उनीहरूका साथ थिए। आनन्दले त तथागतको सेवा गर्नु नै आफनो सम्पूर्ण
कर्तव्य ठानेका थिए, त्यसैले उनी भगवान्का साथ रमण गर्दथे। तथागतको
उपस्थिति जिज्ञासुहरूका लागि चुम्बकीय प्रकाश थियो। यो यस्तो अद्भूत
समुज्ज्वल प्रकाश थियो, जसमा आकर्षा र सम्मोहन एकैसाथ मिसिएको थियो। यसको
वशीभूत भएर थुप्रै जिज्ञासु नित्य बुद्धवाणीको अमृतपान गर्न आउँथे। तथागत
पनि आफनो अनुदान-अवदानमा कुनै सङ्कोच गर्दैनथे। जो पनि जिज्ञासा लिएर
आउँथ्यो, उनकाबीच उनी उदारतापूर्वक बोधिको प्रकाश वितरित गर्दथे। यो पाएर
जिज्ञासुहरूलाई पनि अनौठो तृप्ति-तुष्टि एवं शान्ति प्राप्त हुन्थ्यो।
तर नित्य आउने आगन्तुकहरूमध्ये जिज्ञासु मात्र हुँदैनथे, केही यस्ता पनि
हुन्थ्ये, जो तथागतको तत्वज्ञानको परीक्षा लिन चाहन्थे। केहीको उद्देश्य
उनीसँग शास्त्र-चर्चा गर्ने नाममा वाद-विवाद गर्नु हुन्थ्यो। केहीको रुचि
धार्मिक रीति, मान्यता, परम्परा एवं कर्मकाण्डहरूमा हुन्थ्यो। भगवान्
यस्ता मानिसलाई पनि भेट्थे र आफनो वाणीको प्रकाशले उनीहरूको हठ, भ्रम एवं
आग्रहरूपी अँध्यारो हटाउँथे। जसले साँच्चै बुद्धलाई सुन्दथे, बुझदथे र
उनको सान्निध्यमा रहन्थे, उनीहरूलाई के अनुभव हुन्थ्यो भने शास्ताको
चिन्तनमा यदि वैज्ञानिक दृष्टिको प्रकाश छ भने व्यवहारमा आध्यात्मिक
जीवनमूल्य संवेदित हुन्छन् र उनको चरित्र त यी दुवैको सुखद समन्वयको
समुज्ज्वल परिभाषा नै हो। तथागत पनि पल-पल, क्षण-क्षण ती सबैमा आफनो
बोधको करुणापूर्ण धारा खन्याइरहन्थे।
यस क्षण पनि उनी त्यही गरिरहेका थिए। उनी जेतवनको पूर्वी भागमा
अश्वत्थको छायामुनि सुखासनमा बसेका थिए। उनका सामु अगाडिको पङ्क्तिमा
आर्य रेवत, महाकश्यप एवं मौद्गल्यायन थिए। पछिल्लो पङ्क्तिमा अन्य
भिक्षु, भिक्षुणीहरू बसेका थिए। आनन्द उनीहरूको दाहिनेतिर केही पछि हटेर
उभिएका थिए। तथागत भनिरहेका थिए-"अध्यात्म विज्ञानको प्रयोग जीवनको
प्रयोगशालामा गर्नुपर्दछ। दीर्घकालसम्म निरन्तर प्रयोग र फेरि यसको
नियमित परीक्षणबाट यस्ता सुनिश्चित निष्कर्षप्राप्त हुन्छन्, जसबाट सबै
दुःखको सदाका लागि निवारण हुन सक्दछ।" भगवान् अझ केही भनून् यतिकैमा
बाहिरबाट एउटा तरुण भिक्षुले आएर आनन्दसँग मधुरो स्वरमा केही कुरा भन्यो।
भिक्षुको कुरा सुनेर आनन्दको निधारमा किञ्चित भ·मिा उत्पन्न भयो, तर उनी
संयत रहे र शास्तासँग निवेदन गरे-"भगवन् १ विद्वान् आचार्यहरूको एउटा
वर्ग तपाईंसँग भेट्न चाहन्छ।" उत्तरमा बुद्ध मुसुक्क हाँसे र उनले
भने-"उनीहरूलाई सत्कारपूर्वक ल्याऊ।"
केही बेरमा ती सबै विद्वान् आचार्य तथागतसमक्ष आएर आसनमा बसे। तथागतले
मधुरो वचनले उनीहरूको स्वागत गरे र कुशल-क्षेम सोधेपछि भने-"आज्ञा
गर्नुहोस् आचार्यगण १" ती आचार्यमध्ये एकजना वरिष्ठ वृद्ध आचार्यले
भने-"हामी आज्ञा दिन होइन, प्रश्न गर्न आएका छौं।" तथागतले किञ्चित
मुस्कुराउँदै भने-"मेरा लागि तपाईं सबै विद्वान्हरूको प्रत्येक आदेश
शिरोधार्य छ १" बुद्धको विनम्र कथनको प्रत्युत्तरमा विद्वान् ब्राह्मण
केही नम्र त भए तर अहंताको कठोरता उनका मनमा अझै बाँकी थियो। "आत्मा
तथार् इश्वरबारे तपाईंको के विचार छ रु हामीले सुनेका छौं कि तपाईं
वेदहरूका, शास्त्रहरूका र ऋषिहरूका ज्ञानप्रति आस्था राख्नुहुन्न।" वृद्ध
आचार्यको यस उत्तेजित कथनको उत्तरमा बुद्धले शान्त स्वरमा भने-"देव १ म
विचारहरूको वाद-विवाद गर्दिनँ, अपितु आफनो अनुभवलाई व्यक्त गर्दछु। रहयो
कुरा वेदहरूको, शास्त्रहरूको र ऋषिहरूको भने, मैले प्रयोगधर्मितालाई
स्वीकार गरेको छु। मैले स्वयंको जीवनमा अध्यात्म विज्ञानका अनेक
प्रयोगहरू गरेको छु र अहिले पनि यस्ता अनेक युगानुकूल प्रयोगहरू सम्पन्न
गर्ने क्रम जारी छ।"
यति भनेर उनी केही बेर अडिए र भन्न थाले-"गीतामा योगविद्याको अनुभवी
आचार्य योगेश्वर श्रीकृष्णले भनेका छन्-यावानर्थ उदपाने र्सवतः
सम्प्लुतोदके। तावान्र्सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः।।-२/४६)
सबैतिर परिपूर्ण जलाशय प्राप्त भएपछि सानो जलाशयको जति प्रयोजन रहन्छ,
अध्यात्म तत्वको अनुभव गर्ने ब्राह्मणको समस्त वेदहरूमा त्यति नै प्रयोजन
रहन जान्छस अर्थात् पोथीहरूमा सङ्कलित ज्ञानभन्दा अनुभव कहीं श्रेष्ठ
हुन्छस त्यो पोथी वेद नै किन नहोस् १ त्यसैले श्रेष्ठ एवं श्रेयस्कर यही
हो कि र्व्यर्थको वाद-विवादमा अल्झनुको साटो हामीहरू आपसमा आफनो-आफनो
आध्यात्मिक प्रयोग-परिणामहरू एवं निष्कर्षरूको अनुभवबाट एक अर्कालाई
लाभान्वित तुल्याउँ।" बुद्धको यस कथनको उत्तरमा घण्टौं-घण्टा धाराप्रवाह
वेद-शास्त्रहरूको मन्त्र उच्चारण गर्न निष्णात, संस्कृत भाषामा वाद-विवाद
गर्न सक्षम ती सारा आचार्य मौन भए।
निकै बेरसम्म मौन चल्यो। अनि बुद्धले विनम्र भएर भने-"हे विद्वान्
आचार्यगण १ अध्यात्म वास्तवमा यस बहुआयामी मानव जीवनको, यसको कणकणमा
बसेको अनगिन्ती शक्तिहरूको सम्पूर्ण अनुभूति एवं अभिव्यक्ति हो। यस
अनुभूति एवं अभिव्यक्तिमा आधारित सरल-सहज-सरस एवं संवेदनशील अचारण एवं
व्यवहारका पद्धतिहरूको समाजमा पर््रवर्तन नै धर्म हो। प्रत्येक युगमा
अध्यात्मवेत्ता महानुभावहरूले यही गरेका छन्। वर्तमान युगमा म पनि यही
गरिरहेको छु।" विद्वान् आचार्यहरूलाई बुद्धको यो कथन वैदिक ऋषिहरूको
मन्त्रवाणीझैं लाग्यो। उनको विनम्रताको वेगपूर्ण प्रवाहमा यी आचार्यहरूको
अहं पत्तै नपाई बगिसकेको थियो। उनीहरू सबैले समवेत स्वरमा एकैसाथ
भने-"भगवन् १ तपाईं हामीलाई जीवनको बोध गराउनुस्।"
उत्तरमा भगवानले हाँसेर भने-"आचार्यगण १ तपाईं सबै विद्वान् हुनुहुन्छ।
तपाईंहरूमा सत्यको बुझाइ छ, सबभन्दा पहिले पूर्ण वैज्ञानिक दृष्टिबाट
जीवनको मूल समस्या खोज्नर्ुपर्छ। यदि तपाईंहरूले यस मूल समस्याको
अन्वीक्षण गर्नुभयो भने के पाउनुहुनेछ भने जीवनको मूल समस्या दुःख होस
भलै यसको कारण एवं प्रकार जति पनि किन नहोस् १ यदि दुःखको अनुभव भयो भने
दुःखको मूल कारण पनि अनुभव हुन्छ, जुनकि तृष्णा हो। यी दुवै अनुभवहरूमा
पारगामी भएपछि अन्वेषण-अनुसन्धानका महत्त्वपूर्ण बिन्दुको रूपमा सामुन्ने
आउँछ-दुःखको निरोध वा निवारणको उपाय। यसै उद्देश्यका लागि अध्यात्म
विज्ञानको सबै प्रयोगहरूको विधान छ। मेरो स्वयंको अनुभवले बताउँछ-निर्वाण
नै त्यो उपाय हो, जसबाट सबै दुःख एक साथ, सदाका लागि शान्त हुन्छन्।
"यसपश्चात् अध्यात्म विज्ञानको अन्तिम अन्वेषण बिन्दु हो-दुःख-निरोधको
मार्ग। मेरो अनुभवमा यो अष्टा·कि छ-१. सम्यक दृष्टि अर्थात् जीवनलाई
विवेकपूर्ण ढ·ले हर्ेर्नुस २. सम्यक सङ्कल्प अर्थात् आफनो विचारलाई सही
राख्नुस ३. सम्यक वाक अर्थात् वाणीलाई दोषमुक्त राख्नु, प्रिय र हितकर
बोल्नुस ४. सम्यक कर्मात अर्थात् सर्त्कर्म व निष्काम कर्मको मर्म बुझनुस
५. सम्यक अजीव अर्थात् आफनो आजीविकाका साधनहरू शुद्ध पार्नु, कसैको
नोक्सानीमा आफनो लाभ नसोच्नुस ६. सम्यक पुरूषार्थ अर्थात् सबै प्रयत्न
तथा पुरूषार्थ सदा संवेदनाको सूत्रमा बाँधिएका रहून्स ७. सम्यक स्मृति,
यसको द्वारा बोधयुक्त भएर स्वयं अनुसन्धानको चेष्टा गर्नु एवं ८. सम्यक
समाधि, यसै अवस्थामा निर्वाण प्राप्ति हुन्छ। अध्यात्म विज्ञानको परम
ध्येय यही हो।" यति भनेर तथागत शान्त भएर मुस्कुराउन थाले। सुनिरहेका
सबैजना एउटा अनिवर्चनीय आनन्दमा डुबे। केही क्षणपश्चात् भगवान् बुद्धले
मधुरो स्वरमा एउटा वाक्य भने-"तीर्थंकर महावीर पनि अचेल सत्यान्वेषणका
केही यस्तै महत्त्वपूर्ण प्रयोग गरिरहनुभएको छ।"