प्रस, पर्सा, ११ जेठ/
नेकपा माओवादीका संयोजक मातृका यादवले मधेसवादीदलहरू सत्ता र भूमिगत सङ्गठन चन्दा असुलीमा मात्र रमाइरहेको बताएका छन्।
रिपोर्र्टर्स क्लब नेपाल पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा संयोजक यादवले मधेस मुक्तिका नाममा आफूलाई भूमिगत भन्न रुचाउनेहरूले मधेसी र मधेसको हितमा भन्दा केवल चन्दा मागलाई प्राथमिकता दिएको बताए। उनले तर्राईमा सशस्त्र सङघर्क्ष चलाउने केही मात्र राजनीतिक सोचका भएका र उनीहरूसँग कार्यगत एकताका लागि वार्ता भइरहेको बताए।
पार्टी अध्यक्ष मातृका यादवले जयकृष्ण गोइत, पवन समूहसँग वार्ता भइरहेको बताए। मातृकाले नेकपा माओवादी भूमिगत नहुने स्पष्ट पारे। हामी जङ्गल पस्दैनौं, आवश्यकता परे जनताको जङ्गलमा जानेछौं यादवले बताए । मातृकाले नेपाली गुप्तचरहरूले गलत सूचना प्रवाह गरी तलब खाइरहेको आरोप लगाए। उनले गुप्तचरहरूले पार्टीले हतियार सड्ढलन गरिरहेको रिर्पोट पठाएका भए पनि ती सब झूटा कुरा भएको बताए। गुप्तचरको मुख बन्द, आँखा-कान खुला हुनुपर्नेमा नेपाली गुप्तचरहरूको मुख खुला र आँखा-कान बन्द भएको तथा भ्रष्टहरूसँग भट्टीमा जाँड खाएर दिन बिताउने र गलत रिर्पोटिङ्ग गरेर तलब पकाउने गरेको
आरोप लगाए। उनले भारतीय माओवादीसँग सहकार्य नभएको पनि बताए। भाकपासँग सहकार्य छैन तर जनताको पक्षमा सङघर्क्ष गर्ने विश्वभरिकै सबैप्रति सहानुभुति रहने स्पष्ट पारेका थिए।
ए. माओवादी अब क्रान्तिकारी पार्टी नभएको र एमालेजस्तै पूँजीवादी पार्टी भएको आरोप लगाए। नेपालको राजनीतिमा भारतको प्रत्यक्ष हस्तक्षेप रहेको बताउँदै यादवले नेपाल सर्न्दर्भमा अमेरिकी दृष्टिकोण भारतीय सरह भएको र युरोपेली मुलुक पनि नेपाल सर्न्दर्भमा भारतका लागि मात्र काम गरी रहेको बताए। उनले नेपालमा विदशी चलखेल निकै बढेको चर्चा गर्दै माधव नेपाल भारतीय शासकको आशीर्वादमा टिकिराखे सरह ए. माओवादीले अमेरिकाको दबाबमा आमहडताल फिर्ता लिएको आरोप लगाएका थिए। उनले वर्तमान सरकार हालसम्मकै सबैभन्दा असफल सरकार भएको टिप्पणी गरे।