प्रस, वीरगंज, १२ जेठ/
बहुप्रतीक्षति वीरगंज विश्वविद्यालयको प्रस्ताव मन्त्रिपरिषद्को बैठकबाट
स्वीकृत भएको छ।
विश्वविद्यालय सञ्चालनका लागि स्वीकृति पाउन प्रस्तावित विश्वविद्यालयका
संयोजक डा. भगवानप्रसाद यादवले नेपाल सरकार समक्ष्ँ पेश गरेको
प्रस्तावलाई आवश्यक अनुसन्धान एवं छानबिनपछि मन्त्रिपरिषद्ले स्वीकृत
गरेको हो।
परिषद्बाट स्वीकृत प्रस्तावलाई विधेयक समितिमा पठाइसकेको
बिनाविभागीयमन्त्री लक्ष्मणलाल कर्णले जानकारी गराएका छन्।
विधेयक समितिबाट पारित भएपछि संसद्मा जाने र संसद्को बैठकले पारित
गरेपछि वैधानिकता पाउने प्रावधान छ।
प्रस्तावित वीरगंज विश्वविद्यालयले केही दिनभित्रै वैधानिक मान्यता
पाउने मन्त्री कर्णले बताएका छन्। विश्वविद्यालय सञ्चालनका लागि पेश भएका
झन्डै एक दर्जनवटा प्रस्तावहरू मध्ये जम्मा दर्ुइवटा प्रस्तावलाई मात्रै
मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। वीरगंज विश्वविद्यालयसँगै मदन भण्डारी
प्रतिष्ठानलाई पनि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ।
विश्वविद्यालय सञ्चालनका लागि सम्पूर्ण पूर्वाधार तयार भइसकेको अवस्थामा
मन्त्रिपरिषद्को निर्णयले खुशी तुल्याएको विश्वविद्यालयका संयोजक डा.
यादवले बताएका छन्।
प्रस्तावित वीरगंज विश्वविद्यालयको तयारी, स्थानीय सहयोग तथा
विश्वविद्यालयको आवश्यकता र पूर्वाधारहरूबारे विश्वविद्यालय अनुदान
आयोगले यसअघि नै स्थलगत जाँचबुझ गरिसकेको छ।
विश्वविद्यालय पर्सा, बारा, रौतहटलतगायत मध्य तर्राईको शिक्षमा
महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।