Posts

कलैयाको तरकारी तथा फलफूल बजारमा क्युआर कोड हस्तान्तरण

Image
प्रस, कलैया, २२ फागुन/ नेपाल राष्ट्र बैंकले अहिले क्युआर कोडमार्फत हुने भुक्तानीलाई अभियानकै रूपमा अघि बढाएको सन्दर्भमा माछापुच्छ«े बैंक, कलैया शाखाले बारा, कलैयास्थित तरकारी तथा फलफूल बजारका ४५ जना व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरेको छ। नेपाल राष्ट्र बैंक, वीरगंज कार्यालयका निर्देशक डा राजनकृष्ण पन्तको प्रमुख आतिथ्यमा सम्पन्न क्युआर कोड हस्तान्तरण कार्यक्रममा निर्देशक पन्त, कलैया उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष प्रदीप साहलगायतले बजारमा सामान खरीद गरी क्युआर कोडमार्फत भुक्तानी गरेका थिए। निर्देशक डा पन्तले नेराबैंकको प्रमुख उद्देश्य स्वस्थ, सुरक्षित र सक्षम भुक्तानी प्रणालीको विकास गर्नुरहेको बताए। उनले यस सन्दर्भमा क्युआर कोड भुक्तानी प्रणाली सुरक्षित, भरपर्दो र विश्वासिलो बनाउन नेराबैंकले क्युआर कोड स्ट्यान्डराइजेशन पे्रmमवर्क र गाइडलाइन पनि जारी गरेको तथा दैनिक विद्युतीय कारोबारको सीमासमेत दोब्बर गरेको बताए। उनले नयाँ नोट छपाइ एवं ढुवानी गर्दा ठूलो धनराशि खर्च हुने भएकोले क्युआर कोड भुक्तानी सेवामार्फत राज्यको खर्च घटाउन सहयोग पुग्नुका साथै ग्राहक एवं खुद्रा पसले दुवैलाई फाइदा ह

खोपबारे ज्येष्ठ नागरिकलाई जानकारी

प्रस, ठोरी, २२ फागुन/ कोरोनाविरुद्धको खोपबारे ठोरी गाउँपालिकाका ज्येष्ठ नागरिकहरूलाई अभिमुखीकरण कार्यक्रम गरी जानकारी गराइएको छ। आइतवार फागुन २३ गतेदेखि सरकारले ६५ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिने कार्य शुरू गर्ने हुनाले ठोरी गाउँपालिकाले गापामा भएका ज्येष्ठ नागरिकहरूलाई जानकारी गराउने अभिप्रायले कार्यक्रम आयोजना गरेको स्वास्थ्य संयोजक रमेश थिङले बताए। गापा कार्यालय घ्याङडाँडामा आयोजित कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्य संयोजक थिङले ठोरी, निर्मलबस्ती, सुवर्णपुरस्थित स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको खोप लगाइने जानकारी गराए। उनले वडा नं १ र २ का ज्येष्ठ नागरिकलाई ठोरी–२ गौतमनगरस्थित स्वास्थ्यचौकी, वडा नं ३ र ४ का ज्येष्ठ नागरिकलाई विजयबस्ती स्वास्थ्यचौकी र वडा नं ५ का ज्येष्ठ नागरिकलाई सोही वडाको सुवर्णपुर स्वास्थ्यचौकीमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको बताए। उनले यो चरणको खोप फागुन २३ देखि २६ गतेसम्म ठोरी गाउँपालिकामा सञ्चालन हुने र त्यसका लागि प्रत्येक केन्द्रमा दुईजना खोप लगाउने स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवकको व्यवस्था गरिएको बताए। उनले अहिले

भोज भगत माविको भवन उद्घाटन

Image
प्रस, परवानीपुर, २२ फागुन/ भोजभगत माविको नयाँ भवनको उद्घाटन भएको छ। बारा जिल्ला परवानीपुर गाउँपालिका–३ लिपनीस्थित भोजभगत माविमा नवनिर्मित भवनको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले उद्घाटन गरेका हुन्। वीरगंज–पथलैया ६ लेन सडक विस्तारको क्रममा सो विद्यालयको पुरानो भवन भत्काइएकोले नयाँ भवन निर्माण गरिएको हो। २०६४ सालपछि ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको विज्ञान भवनलाई नै विद्यालयको मुख्य भवनको रूपमा सञ्चालन गर्न शुभारम्भ गरिएको छ। करीब एक बिघा क्षेत्रफलमा निर्माण गरिएको विद्यालय भवनको उद्घाटन समारोहमा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, प्रसौनी गापाका अध्यक्ष भोला गुप्ता, परवानीपुर गापाका अध्यक्ष हरिनारायण साह, वडाध्यक्षहरूलगायतको सहभागिता थियो। सो विद्यालयको पुरानो भवनमा प्लस २ सम्मको अध्ययन हुन्थ्यो भने नयाँ भवनमा कक्षा १० सम्म मात्र पठनपाठन गराइने विद्यालयका प्रधानाध्यापक चनरदेव कुशवाहाले बताए। उद्घाटन समारोहमा विद्यालयको लागि जग्गादान गर्ने स्व भोजभगतकी पत्नी स्व अनुपी देवीको सालिकको पनि अनावरण मन्त्री सोनलले ग

अभिभावकहरूलाई शैक्षिक परामर्श

Image
प्रस, वीरगंज, २२ फागुन/ ज्ञानदा एकेडेमीले अभिभावकहरूलाई लक्षित गरेर शैक्षिक कार्यशाला गोष्ठी आयोजना गरेको छ। सो अवसरमा विद्यालयका प्रअ डा सिबी जदलीले अभिभावकहरूबाट बालबालिकाहरूले अनुसरण गर्ने हुनाले अभिभावक जागरूक हुनुपर्ने सुझाव दिए। उनले कुनै पनि क्रियाकलाप गर्दा बच्चाहरूमा असर पर्ने काम नगर्न अभिभावकहरूलाई सुझाए। बालबालिकाहरूको अगाडि हुने क्रियाकलापहरूको उनीहरूले सिको गर्ने हुनाले अभिभावहरूले यसबारेमा विशेष सजगता अपनाउनुपर्ने उनको सुझाव थियो। २१औं शताब्दीमा बालबालिकाहरूको मनःस्थिति बुझेर अभिभावकले महत्वपूर्ण कदम चाल्नुपर्ने प्रअ डा जदलीले बताए। कार्यक्रममा श्रब्यदृश्यमार्फत् पनि अभिभावकहरूलाई बालबालिकाहरूको आत्मविश्वास बढाउने उपायहरूको बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले आआफ्ना जिज्ञासा राखेका थिए।

नारायणी क्रिकेट रङ्गशालामा स्थानीय युवाहरूको दादागिरी

प्रस, परवानीपुर, २२ फागुन/ नारायणी क्रिकेट मैदानमा स्थानीय युवाहरूको दादागिरीका कारण फर्मा क्लबले शनिवार पूर्वघोषित प्रतियोगिता गर्न पाएन। नारायणी रङ्गशालादेखि पूर्व–दक्षिणतर्फ रहेको नारायणी क्रिकेट मैदानमा फर्मा क्लबले प्रतियोगिता गराउनको लागि क्यान पर्सासँग अग्रिम बुकिङ गरेको थियो। बिहान ६ देखि ११ बजेसम्मको लागि क्रिकेट मैदान बुकिङ गरिए पनि स्थानीय युवाहरूले सो मैदान खाली नगरिदिंदा प्रतियोगिता हुन नसकेको फर्मा क्लबले जनाएको छ। गत शनिवारदेखि आगामी पाँचवटा शनिवारका लागि फर्मा क्लबले मैदान बुकिङ गरेको थियो। तर त्यहाँ दैनिक अभ्यास गर्ने स्थानीय युवाहरूले मैदान खाली गरेनन् र आजको प्रतियोगिता स्थगित भयो। वीरगंज–पथलैया औद्योगिक कोरिडोरका १० वटा औषधि उद्योगमा कार्यरत फर्मासिस्टहरूले फर्मा क्लब सञ्चालन गरेका छन्। क्लबले प्रत्येक वर्ष मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गराउँदै आएको छ। क्लबका अध्यक्ष देवानन्द साहले क्यान पर्सासँग मैदान शुल्क तिरेर अग्रिम बूक गरेको भएपनि युवाहरूले अटेरी गर्दा आजको प्रतियोगिता स्थगित गरिएको बताए। प्रतियोगिता हेर्न अतिथि, दर्शक आएका थिए भने मैदानमा टेन्ट, साउन्ड सिस्

तेस्रो सखुवाप्रसौनी गोल्डकप श्री बाराले जिते

प्रस, पंचगावाँ, २२ फागुन/ तेस्रो सखुवाप्रसौनी गोल्डकप फूटबल प्रतियोगिताको उपाधी श्री बारा ११ले जितेको छ। प्रतियोगिताको फाइनलमा टाइब्रेकरमा पर्सा राइडर युथ क्लबलाई ३ को विरूद्ध ४ गोल गरि उपाधि जितेको हो। फाइनल प्रतियोगिताको खेल दुबै बीच बराबरीमा सकिएपछि टाइब्रेकरबाट प्रतियोगिताको निर्णय गरिएको थियो। प्रतियोगितामा विजयी र उपविजयी टिमलाई निलम्बित सांसद हरिनारायण रौनियारले नगद, शिल्ड, कप, प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए। प्रतियोगिताको विजयीलाई १ लाख रउपविजयीलाई ५० हजार प्रदान गरिएको थियो। वडाध्यक्ष्F विश्वनाथ पटवारीको अध्यक्षतामा भएको समापन समारोहमा गापा अध्यक्ष्F प्रदीप जैसवाल, उपाध्यक्ष्F फूलमति देवी चौधरी, नेरामावि सिरही सथवलका प्रअ भागवतप्रसाद थारू, वडासचिव चन्द्रकिशोर पटेल, वडासदस्य पारशमहतो थारूलगायतको सहभागिता थियो।

नेविप्रा वीरगंजमा स्मार्ट कक्ष सञ्चालन

प्रस, परवानीपुर, २२ फागुन/ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजमा एकीकृत सेवा उपलब्ध गराउने कक्षको उद्घाटन भएको छ। नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोजुकमार सिंहले शनिवार कक्षको शुभारम्भ गरेका थिए। प्राधिकरणमा सेवाग्राहीलाई महसूल बुझाउने कार्यबाहेक सबै प्रकारका सेवा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले स्मार्ट सिस्टमयुक्त सोधपूछ तथा एकीकृत कक्ष सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। प्रादेशिक प्रमुख साहले देशका विभिन्न वितरण केन्द्रमा सेवाग्राहीलाई कम समयमा चुस्तदुरुस्त र पारदर्शी सेवा दिने लक्ष्य रहेको र सोको फलस्वरूप वीरगंजमा कक्ष शुरू गरिएको बताए। उनले कुनै प्रकारको सेवाबारे जानकारी, मिटर लिने, मिटर परिवर्तन, नामसारी, ठाउँसारीलगायतका सबै काम अब एउटै कोठाबाट हुने बताए। कुनै फाइल अरू शाखामा लैजानुप–यो भने सो काम वितरण केन्द्रका कर्मचारीहरूले गर्ने बताए। सो कक्षमा अन्य सेवाको राजस्व पनि लिइने वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुसियत रायले बताए। कार्यक्रममा केन्द्रका लेखा प्रमुख राजेशकुमार झा, प्रशासन प्रमुख कृष्णप्रसाद पन्तलगायत प्राधिकरणका कर्मचारीह